• Sunday 23rd , April 2017 | आइतवार, बैशाख १०, २०७४

दक्षीण एशीयाकै दोस्रो शान्त मुलुकमा नेपाल

नेपाल दक्षिण एसियाकै दोस्रो शान्त मुलुकको सूचीमा परेको छ । भिजन फर ह्युम्यानिटीले विहीबार सार्वजनिक गरेको सन् २०१६ ग्लोबल पिस इन्डेक्समा नेपाल दक्षिण एसियामा दोस्रो शान्त देश बनेको हो । यो विश्वव्यापी सर्वेक्षणमा भुटान भने पहिलो नम्बरमा परेको छ । नेपाल विश्वका १६३ देशमध्ये ७८ औं स्थानमा परेको छ ।
नेपालले दक्षिण एसियाका भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र माल्दिभ्सलाई पछारेको छ । विश्वकै शान्त मुलुकमा आइसल्याण्ड परेको छ । त्यसपछि क्रमशः डेनमार्क, अष्ट्रिया, न्युजिल्याण्ड र पोर्चुगल रहेका छन् । बंगलादेश तेस्रो, श्रीलंका चौथो, भारत पाँचौ, पाकिस्तान छैठौं र अफगानिस्तान सातौ स्थानमा छ । अर्थात दक्षिण एसियामा अफगानिस्तान सबैभन्दा अशान्त देश बनेको छ ।