• Friday 24th , March 2017 | शुक्रबार, चैत्र ११, २०७३

अलपत्र धरहरा,इतिहासदेखि बर्तमानको बास्तबिकता कहाँ छ सम्पदा बिभाग ?

१२ साउन, काठमाडौं ।  काठमाडौको सुन्धारा स्थित भिमसेन धरहरा अहिले अलपत्र अवस्थामा छ । बर्षातको पानीसँगै यसैगरि भत्किन दिने हो भने आगामी बर्षसम्म यसको नाम निसाना भेट्न मुस्किल पर्नेछ । संगै भत्किएको हनुमानढोका दरबार स्वायरको मर्मतकार्य सुरु भएपनि धरहरा भने कार्य तत्परतामा परेको छैन ।

hanuman dhoka ra dharahara

गएको असोजमा पदभार सम्हालेर गतसाता पदमुक्त भएका प्रधानमन्त्री केपी ओलीले जनताबाटै निर्माण हुने दाबी गरे तर ओलीको दाबी अनुसार जनताबाट धरहरा निर्माणको बातावरण नै बन्यो, न त महानगरसंग सम्झौता गरेको प्रा. लि लाई नै महानगरले निर्माणको जिम्मा दियो । त्यसैले सामान्य प्लाष्टीकले छोपिनु बाहेक अरु कुनै प्रकृयामा छैन धरहरा ।

पुरातात्विक दृष्टीमा धरहरा 

धरहरा नेपालको महत्वपूर्ण पुरातात्विक सम्पदा हो । यसले एउटा शासन र शासकको विम्ब मात्रै बोकेको छैन, सिंगो युगको इतिहास, कला र संरचनालाई प्रतिनीधित्व गरेको छ । एउटा सिंगो युगको शान र नेपाली पहिचान बोकेको धरहरालाई अलपत्र छाड्नेहरु पुरातात्विक सम्पदा र ऐतिहासिक बिरासतप्रति उदासिनहरु हुन् । पुरातात्विक दृष्टिका हिसाबले धरहराका मुल्यवान इट्टाहरु कहाँ र कस्तो अवस्थामा छन् ? ति सुरक्षित छन् वा वेवारिसे ? त्यसमा प्रयोग भएका धातुहरुको अवस्था के छ ? यसमा सरोकारवाला निकायले नागरिकलाई जानकारी गराइरहनु पर्छ ।

chaya muniko propati

धरहरा ढल्यो छाँयामुनिको प्रोपर्टी के हुने ?

धरहरा ढलेपछि त्यसको छाँयामुनिको प्रोपर्टी ब्यक्तिगत जस्तै छ । काठमाडौ महानगरपालिका र साइडवाकर प्रा लि को सम्झौतामा धरहरा बिग्री, भत्की नासिएमा बनाउने जिम्मा दोस्रो पक्षलाई हुने छ भन्ने उल्लेख छ । यसको अर्थ भत्किएको धरहरा साइडवाकर प्रा. लि. ले बनाउनुपर्छ भन्ने हुन्छ । यद्यपि त्यसमा प्राकृतिक प्रकोपले ढले वा भत्केमा भन्ने शब्द चाँही राखिएको छैन । पुरातत्व बिभागले भने धरहराको डिजाइन तयार पारिसकेको स्रोतले जनाएको छ । भत्केको धरहरा अलपत्र भएपनि साइडवाकर प्रा.लि. को आम्दानी भने सुरक्षित नै छ ।

धरहरा बनोस वा भत्कोस प्रा. लि. ले बार्षिक ३३ लाख रोयल्टी बुझाए आफ्नो दायित्व पुरा भएको ठान्छ । धरहरा देखाएरै महानगर र साइडवाकरबीच भएको सम्झौता अब पनि कायमै रहनुपर्ने कुनै कारण छैन । धरहरा ढलेसंगै सम्झौता पनि स्वतः ढल्छ । दुइृपक्षबीचको पहिलो सम्झौता धरहराकै लागि हो । अरु बाँकी सटर र पसलहरु धरहरासंगै समेटिएका मात्रै हुन् ।

अहिले महानगरले टेण्डर आह्वान गरि साइडवाकरले चलाईरहेको संरचना ठेक्कामा दिने हो भने न्युुनतम बार्षिक ६० देखि ७० लाख रोयल्टी महानगरको खातामा आउँछ । तर महानगरपालिका अझै पनि त्यस्तो जाँगरिलो नभएकाले साइडवाकरलाई धरहरा वरिपरिका संरचनाहरु छोड्नुपर्ने बाध्यकारी दबाव छैन ।

निशुल्क धरहरा बनाइदिने प्रस्ताब पनि अस्विकार

भत्केको भिमसेन स्तम्भलाई निशुल्क बनाइदिने प्रस्ताव लिएर महानगरको कार्यालयसम्म पुग्यो जगदम्बा समुह । जगदम्बाको त्यस्तो अफरबारे ब्यापक छलफल भयो महानगरमा । धरहरा राज्यले नै बनाउनु पर्ने वा जसले बनाईदिएपनि हुन्छ भन्ने बिषयमा मत बाझिएपछि बिवादसहितको प्रस्ताब प्रधानमन्त्री समक्ष पुग्यो । प्रधानमन्त्री पनि के कम जल्दा बल्दै थिए ।

भिमसेन थापा पछिका अर्का राष्ट्रबादी कहलिएका उनि गर्जिए यो धरहरा जनताले नै बनाउछन् । बिपक्षिहरु पनि के कम उनिहरु पनि चर्किए । आफैलाई ओत लाग्ने छानो बनाउन नसकेर त्रिपालमुनि गुजारा गरिरहेका जनता कसरी बनाउँछन धरहरा ? यस्तै बहस र सवाल जवाफमा दुई बर्ष हुन लाग्दा पनि धरहराको पुननिर्माण हुन सकेन ।

बनाउन नसकेपछि के गर्न सकिन्छ धरहरालाई ?

धरहरा बनाउन नसकेपछि त्यसलाई शिसाले छोपेर राख्नु पर्छ ।
वाँकी रहेको धरहराको भग्नावशेषलाई खण्डहरमा परिणत हुनबाट जोगाउन पर्छ ।
गलेका इटा र माटोका डल्लाहरुलाई अझै सुरक्षित र संरक्षण गर्न केहि समय बाँकी छ । तर यी सबै कार्यकालागि सरोकारवाला निकाय उदासिन छन् । काठमाडौ महानगरपालिकाले या त साइडवाकर प्रा.लि. संगको सम्झौता रद्द गरी आफैले संरक्षणको जिम्मा लिनुपर्छ या त सोहि प्रा. लि. लाई तत्काल भग्नावशेषको बाँकी अंश नष्ट हुनबाट जोगाउन निर्देशन दिन सक्नुपर्छ ।

saglo dharahara

अग्लो र सग्लो रहेसम्म यसरी खाइयो रोयल्टी

२०५५ साल कार्तिक १ गते नेपाल सरकारबाट आफ्नो स्वामित्वमा लियो काठमाडौ महानगरले धरहरा ।
२०६१ बैसाख ३१ गते प्रति महिना ६० हजार रोयल्टी दिने र ३ महिनाको अग्रिम भुक्तानी दिने सहमतिमा धरहरा लियो साइड वाकर प्रा.लि. ले । त्यसमा धरहरामा चढ्न पाइने सम्झौता पनि राखियो।
२०६७ माघ ४ गते नागरिक स्तरबाट त्यसको मुद्दा अदालतसम्म पुग्यो ।
२०६८ माघ २२ मा साइड वाकर प्रा.लि. संग का.म.न.पा. को पुरक सम्झौता भयो । जसमा महिनाको २ लाख ५० हजार रोयल्टी बुझाउने र प्रत्यक दुई बर्षमा १० प्रतिशतका दरले रोयल्टी बृद्धि हुने, एकपटकमा १५ जना भन्दा बढी आगन्तुकलाई धरहरा चढ्न नदिने , नेपालीलाई रु ५०, सार्क राष्ट्रका लाई रु ९९ र अन्य बिदेशी पर्यटकका लागि रु २९९ शुल्क निर्धारण ।
पर्यटकका लागि शौचालय निर्माण गर्नुपर्ने, सुन्धाराको समेत मर्मत गरि पानी झार्नु पर्ने,धरहरा मर्मत र भिमसेन स्तम्भ बनाइनु पर्ने सर्तहरु रहेता पनि फाइदा नहुने भएकाले भिमसेन स्तम्भ बनाइएन । बि.सं. २०६९ माघमा पुरातत्व बिभागले पुरानो सर्तलाई पुनरावलोकन गरि धरहरा चढ्न पाउने संख्यामा बृद्धि गर्ने र पसल राख्न पाउने सहमति दियो ।

purano dharahara

धरहराको इतिहास

धरहराको निर्माण कार्य आरम्भ बि.सं. १८३२
धरहराको निर्माण कार्य सम्पन्न बि.सं. १८८२
धरहराको उँचाई ६१. ८८ मिटर, ११ तले
पत्नि त्रिपुरा सुन्दरीको सम्झनामा भिमसेनद्धारा धरहरा निर्माण
त्रिपुरा सुन्दरीको नाम अपभ्रंश भइ त्यस क्षेत्रको नाम सुन्धारा रहन गएको ।
बि.सं.१९९० माघ २ को भुकम्पले क्षतिग्रस्त भएपछि ११ तलाबाट घटाइ धरहरालाई ९ तलामा सिमित गरियो ।
बनावट मुगल शैली , दोस्रो पटकको पुनर्निर्माणका इट्टाहरुमा श्री ३ जुद्ध शमशेर लेखिएको ।