• Friday 24th , February 2017 | शुक्रबार, फाल्गुन १३, २०७३

किन आवश्यक छ काठमाडौं हेरिटेज वे ?

 

काठमाडौं

old-ktm-
काठमाडौको पुरानो नाम काष्ठमाण्डप बारे आज मानिसहरु बिर्सदै गएका छन् । हिमालयको काखमुनिको यस शहरका थुप्रै बिशेषताहरुले प्राचिन समाजको झलक दिन्छन् । मन्दिरै–मन्दिरको शहरका रुपमा परिचित काठमाडौं काष्ठ कलाका लागि पनि बिश्व प्रसिद्ध छ ।

old ktm 4ktm old 9

काठमाडौका टुँडालहरु देखि बिभिन्न बुट्टाहरु कुँदिएका मन्दिर, दरबार पुराना घरहरु चैत्य, गुम्बा आदिले यस शहरको प्राचिन अवस्था र कला, संस्कृति एवं इतिहाँसको बोध गराउँछन् । हावापानी देखि बसोबासका हिसाबले सदाबाहर अनुकुल यस शहरको परम्परासंग पुर्बिय दर्शन र सभ्यताको एउटा गज्जबको अंश छ ।

old ktm 6

यसको प्रचार –प्रसार ब्यापक गर्न सके पर्यटकहरु काठमाडौमा घुइचो लाग्ने संभावना छ । चीनको तिब्बत घुम्ने पर्यटकको २० देखि ३० प्रतिशत मात्रै आकर्षित गर्न सके पनि नेपालको बिकासमा पर्यटनले अनपेक्षित योगदान पुर्याउन सक्छ । भारत उत्तराखण्डको बद्रिनाथ, केदारनाथ,हरिद्धार जस्ता क्षेत्रमा जाने तिर्थ यात्रि एवं धार्मिक पर्यटकलाई नेपालको पशुपतिनाथ देखि मानसरोबर पुर्याउन सके देशको निकै ठूलो हिस्सा पर्यटनले ओगट्ने निश्चित छ ।

old ktm 2

जहाँसम्म काठमाडौंमा पर्यटकहरुका लागि बिद्यमान संरचनाहरु छन् त्यसको सहि ब्यवस्थापन र ति संरचनाहरुमा मात्रै पनि पर्यटकलाई ओगट्न सके एक दिन काठमाडौ घुम्ने पर्यटक तीन दिन सम्म बस्न सकोस र सबै काठमाडौं एकै दिन घुमेर फर्कन चाहने पर्यटक पनि त्यो आनन्द लिन सकोस भन्ने कुरालाई मध्यनजर गर्न जरुरी छ । त्यसको एउटै सुत्र हुन सक्छ काठमाडौ हेरिटेज वे । old ktm 7

के हो हेरिटेज वे ? 

हेरिटेजको अर्थ सामान्य बोलिचालीको भाषामा पुरानो, प्राचिन वा ऐतिहासिक भन्ने हुन्छ । त्यसलाई ऐतिहासिक बिरासत बोकेको एक चिर परिचित पुरानो ठाँउ पनि बन्न सकिएला । आधुनिक भाषामा त्यसलाई पहिचानयुक्त अर्थात ब्रान्डेड पनि भन्न सकिएला । जस्तै बेलायति हेजेमोनि वा प्रभुत्व नै आज हेरिटेजका रुपमा हेरिन्छ । अमेरिकी शक्ति र सामथ्र्य भन्दा ब्रिटीश हेरिटेज मानिसहरुका लागि चाखलाग्दो छ। इतिहासको बोध उसको पुरानो ब्रान्ड अर्थात हेरिटेज हो । जर्मन, फ्रान्स र बेलायतका अघि अमेरिकी ब्रान्ड इतिहासका लागि केहि होइन । इतिहास मानव जातिको उद्भव र बिकासका लागि महत्पूर्ण कडि हो । त्यसैले हेरिटेजको बहु आयामिक परिभाषालाई कुनै साँघुरो दायराको ब्याख्याभित्र कैंद गर्न सकिदैन ।

के छ काठमाडौं हेरिटेजमा ?

काठमाडौ हेरिटेजमा धरहरा, भिमसेनथापाको दरबार,हनुमानढोका दरबार,नारायणहिटी दरबार,स्वयंभुनाथ, पशुपतिनाथ, बौद्धनाथ, चाँगुनारायण,साँखुको बज्रयोगिनी,भक्तपुर दरबार स्क्वायर, ललितपुरको पाटन दरबार स्क्वायर, खोकना, कालमोचन घाट, किर्तिपुरको चोभार, दक्षिणकाली ,बाघभैरबक्षेत्र,कालुपाण्डेको शालिक, गोपालबंशको पहिचान दिने मच्छेगाँउ लगायत बीचमा पर्ने बिभिन्न धार्मिक र साँस्कृतिक क्षेत्रहरुको प्याकेजमै अवलोकन भ्रमण गर्न सकिन्छ । यति क्षेत्रको भ्रमणका लागि ५ देखि ६ घण्टासम्म समय लाग्न सक्ने अनुमान गर्न सकिन्छ । सामान्यतया सबै क्षेत्रहरुलाई एक पटक दृष्यावलोकनका लागि एक दिनको समय रहन्छ भने गहिरो रुची राखेर समय लिन चाहनेहरुका लागि अवलोकन भ्रमणमा ३ दिन लाग्न सक्छ । पुरातत्व बिभागले यसलाई टेक्निकल सपोर्ट र महानगरले खर्च आँकलन तथा बजेट बिनियोजनका आवश्यक प्रकृया मिलाई बिधुतिय भेहिकल सहितको यस्तो मार्ग निर्माण गरे काठमाडौको पहिचान र पर्यटन बेग्लै स्थानमा पुग्ने देखिन्छ ।

हेरिटेज वे का चुनौति 

हेरिटेज वे का केहि चुनौतिहरु भने पक्कै छन् । यी सबै साँस्कृतिक, धार्मिक र ऐतिहासिक संरचनाहरु अगाडीबाट बाटो जोडन सकिने उपयुक्त रोडम्यापको जरुरी ।
यी सबै सम्पदाहरुलाई नेटवर्किङ भित्र राख्दा भबिष्यमा हुनसक्ने लाभ हानिको ब्यवस्थित र तर्कसंगत बिश्लेषण
बिभिन्न बिकास समिति, गुठी र संस्कृति मन्त्रालय अन्तरगतका निकायहरुबीचका फरक–फरक स्वार्थहरुलाई एक ठाँउमा ल्याउने, ति निकायहरुबीच समन्वय गर्ने र कार्यपालिका, ब्यवस्थापिकालाई यस प्रस्ताबका पक्षमा खडा हुन सक्ने बातावरण बनाउने ,
एक आधुनिक पहिचानको प्राचिन शहर बनाउन यस शहरलाई काठमाडौ हेरिटेज वे एक अनिवार्य बनिसकेको देखिन्छ । महानगरले यसको लबिङ नै नगर्नु दुखद पक्ष हो । या महानगरसंग यस बिषयमा उपाय छैन या महानगरले यस्ता प्रस्ताबहरुबाट फाइदा देख्दैन यो भने बुझ्न सकिएको छैन ।