• Tuesday 17th , January 2017 | मङ्लबार, माघ ४, २०७३

धर्म अनुरागबाट धार्मिक आगोमा लपेटिदै मोदी

modi-dakshineswar_

साउन, काठमाडौ । 
हिन्दु कट्टरताका लागि चिर परिचित हुँदै भाजपाको जुनियर नेतृत्वबाट प्रधानमन्त्री पदमा पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धर्म अनुरागबाट धार्मिक आगोमा लपेटिदै छन् ।

शिवसेना, आर एस एस , हिन्दु अध्यात्मिक योगीहरु र हिन्दु जनमतबाट दिल्लीको सिंहासनमा पुगेका उनि पछिल्ला दिनहरुमा बढ्दो पश्चिमा संगतले आफ्ना समर्थक हिन्दु संघ, संगठन संग पनि बिस्तारै टाढिन चाहेको बिश्लेषण भारतीय अध्यात्मिक बृत्तमा बढ्दै गएको छ ।
आइतबार उनले गौरक्षकहरुलाई गौ रक्षाका नाममा गोरखधन्दा बन्द गर्नुपर्ने भन्दै दिनमा गौरक्षक र राती सामाजीक बिकृतीमा लिप्त हुनेहरुमाथि छानबिन गरिनुपर्ने बताएपछि मोदीको उक्त बयान भारतमा निकै बिवादित बनेको छ ।
प्रधानमन्त्री मोदीको त्यस बयानबाट आक्रोसित द्धारिका तथा ज्योतिर्पिठका संकराचार्य स्वरुपानन्द सरस्वतीले प्रधानमन्त्रीलाई खुला चुनौति दिएका छन् । शंकराचार्यले मोदीलाई भाजपा बाट राजीनामा दिएर बिकासको नाममा चुनाव जितेर आउन चुनौति दिएका हुन् ।

कनखलस्थित शंकराचार्य मठमा पत्रकारहरुसंग संबाद गर्दै शंकराचार्यले चुनावी प्रचारका दौरान मोदीले गाइको मासु निर्यातमा भारत बिश्वकै ठूलो मुलुक बन्दै गएको र त्यसले आफ्नो ह्रृदय जलेको बताएको स्मरण गर्दै उनलाई चुनावी बाचा पुरा गर्न सुझाव दिए ।
संकराचार्यले मोदी प्रधानमन्त्री बनेपछि गाइको मासु निर्यात बन्द हुने अपेक्षा गरिए बिपरित भाजपाको सरकार भएका राज्यहरुमा गाइको मासु निर्यात बढेको र त्यहाँ अनुदान पनि केन्द्रित गरिएको आरोप भन्दै भाजपामाथि कडा आरोप लगाए ।

अयोध्या राम मन्दिर, गंगा शुद्धिकरण, समान नागरिक अदालत र कश्मीरबाट धारा ३७० हटाउने शर्तमा मोदी प्रधानमन्त्रीमा निर्वाचित भएको जिकिर गर्दै यदि मोदी बिकासको नारामा प्रधानमन्त्री भएका हुन भने उनले भाजपाबाट राजीनामा दिएर बिकासको नारामा फेरि चुनाव जितेर देखाउन ।

त्यसैगरि अखिल भारतीय हिन्दुमहासभाले गौरक्षाका नाममा गाईको मासु बेच्नेलाई सार्वजनिक गर्न मोदीलाई चुनौति दिदै आगामी निर्बाचनमा त्यस टिप्पणीको मुल्य चुक्ता गर्नुपर्ने चेतवानी दिएको छ । महासभाको अलिगढ शाखाले प्रधानमन्त्री मोदी बिरुद्ध प्रदर्शन समेत सुरु गरेको छ ।

त्यस्तै बिश्वहिन्दु परिषदका कार्यकर्ताहरुले पनि सन २०१९ को चुनावमा मोदीलाई सबक सिकाउने चेतवानी दिएका छन् । बिगतका दिनहरुमा कट्टर हिन्दुबादीको आरोप खेप्दै आएका मोदी अब भने बिभिन्न हिन्दु संघ संगठनको अबिश्वासको घेरामा फँसेका छन् ।

Loading...