• Tuesday 23rd , May 2017 | मङ्लबार, जेष्ठ ९, २०७४

धार्मिक रुझानमा फर्कर्दै बिश्व

om chitra

काठमाडौं । 
पछिल्ला बर्षहरुमा बिश्वभरमै धार्मिक रुझान बढेको छ , आफ्ना संस्कार, सँस्कृति र परम्परा एवं धार्मिक गतिबिधिलाई इतिहासमा लिपिबद्ध गर्ने होडमा बिश्वका बिभिन्न धर्मप्रति आस्था राख्नेहरुले आ–आफ्नो धर्मप्रति रुझान बढाएको अनुमान गर्न सकिन्छ। सबैभन्दा बढी आक्रामक रुपमा बिश्वमा क्रिश्चियानिटी बिस्तारका क्रममा छ । क्रिश्चियन धर्मको प्रचार–प्रसार र मानिसहरुलाई संगठित गर्न निकै ठूलो धनराशी खर्च भएको देखिन्छ । बिश्वका हरेक शहरमा चर्च बनाउने,बाइबल बाँड्ने र पास्टरहरु नियुक्त गर्ने क्रम तिब्र गतिमा छ । यसका लागि यति अथाह पैसा कहाँबाट आँउछ भन्ने बहस नेपालमा पनि सुरु भएको छ । तराई देखि हिमालसम्म चर्चहरु बिस्तारको अभियान जारी छ ।

त्यसैगरि अर्को मुस्लिम धर्म पनि आफ्नो पछिल्लो इतिहासको आक्रामक बिन्दुमा छ । मध्यपूर्वको बेबिलोन आसपासबाट सुरु इस्लामिक स्टेटको अभियान संसारलाई कुरानमै लपेट्नुपर्छ भन्नेमा केन्द्रीत छ । सिरिया, इराक र जोर्डन सिमालाई आफ्नो आधारक्षेत्र बनाएको आई एस ले फ्रान्स, टर्किका आक्रमणले युरोपमाथि आफ्नो पकड र प्रभाव छ भन्ने संकेत देखाएको छ भने बंगलादेशको आक्रमणले उनिहरुको अभियानले दक्षिण एशियालाई पनि नजरमै राखेको छ भन्ने संकेत मिलेको छ ।

पछिल्ला घटनाक्रमहरुलाई आधार मान्ने हो भने हरेक अतिबाट टाढा रहदै आएको हिन्दु धर्म पनि फेरि आफ्नो कट्टरतातिर फर्कर्ने जमर्कोमा रहेको आभाष हुन्छ । भारतमा शिवसेना र आर एस एस को प्रभाव बढ्दै जानु, भाजपा हिन्दुत्वकै नारामा सरकारमा आउनु, भारत–पाकिस्तान सम्बन्ध फेरि तिक्ततातर्फ धकलिनु, जम्बु काश्मिरको झण्डै डेढ महिना लामो तनावमा भारत–पाकिस्तान आमने–सामने देखिनु प्रारम्भीक संकेत हुन् । त्यसैगरि पछिल्ला दिनहरुमा भारतमा चलेको गौरक्षा र गौरक्षकहरु सम्बन्धिको बहस, तिर्थयात्रामा लाग्ने भिड, धार्मिक पर्यटनको संख्यामा देखिदै गरेको बृद्धि बढ्दो धार्मिक रुझानका लक्षणहरु हुन् ।

13936646_1057182827711933_967392363_n

यता नेपालमा प्रतक्षतर्फ एउटै सिट हात पार्न नसकेको राप्रपा नेपालले समानुपातिक तर्फ अनपेक्षित परिणाम हात पार्नुलाई पनि केहि हदसम्म धार्मिक प्रभावका रुपमा लिन सकिन्छ । त्यसैगरि पछिल्ला दिनहरुमा मठ, मन्दिर,कथा बाचन, महायज्ञ जस्ता धार्मिक कार्यमा युवाहरुको सक्रियता पनि जान, अन्जान धार्मिक रुझानकै परिणति हो । विगतका केहि बर्षहरुमा धर्म प्रति उदासिन नेपाली समाज फेरि सक्रिय बन्दै गएको उदाहरण बिभिन्न काम काज छोडेर ब्यस्त जीवनका बावजुद धर्म सँस्कारमा युवाहरु आशक्त हुनु हो । राजनीतिमा कमलथापा र खुमबहादुरको पुर्नोदयलाई पनि त्यहि धार्मिक सहानुभुतिकै कोणबाट हेर्न सकिन्छ ।

श्राबणको बोलबममा सामाजिक सञ्जालमा हिन्दु युवाहरुको सहभागिताले पनि त्यसलाई पुष्टी गर्छ । यहि सन्दर्भमा पाल्पा मदनपाेखरामा स्थित कमलेश्वर महादेब मन्दिरमा  शिवगण  भजनमण्डली नामक युवाहरुको समुहले एउटा अनौठो तरिका अपनाएर बोलबम भन्दै रुरु क्षेत्रमा सक्रियता जनायो । गतबर्ष २, ४ जना युवाले थालेको बोलबम यात्रामा २ सय मोटरसाइकल  र ७–८ ओटा गाडीमा करिब १५ सय मानिसहरु भजन किर्तनसहित रुरु क्षेत्र रिडी पुगे । यसबर्ष पनि मदनपोखरा, बाैघापाेखराथाेक,कसेनी लगायत अासपासका क्षेत्रबाट पाल्पा, गुल्मी र अर्घाखाँचीको  संगमस्थल रुरु क्षेत्रको रिडी  दर्शनका लागि भजन किर्तन सहित भब्य टाेली झण्डै ३, ४ घण्टा गाडीको बाटो त्यहाँ पुगेर  मानव अाेम  निमार्ण गरेका थिए ।

13956985_1057182841045265_2109188610_n

यस बर्ष श्रावण महिनामा ५ ओटा सोमबार परेको भन्दै ५ ओटै सोमबार फरक–फरक स्थानबाट जल ल्याई उनिहरुकै भाषामा महादेवलाई अर्पण गरे । गएको सोमबार मात्रै ३ हजार देखि ३५ सय युवाहरु दर्शनका लागि मन्दिर पुगे । जसलाई उनिहरुले धार्मिक कलशयात्रा नामाकरण गरे । यस अघि श्रावणमा महादेवको मन्दिरमा यति धेरै मानिसहरुले एकैसाथ यात्रा गर्ने प्रचलन थिएन । अब यसलाई प्रचलनमा बिकास गरिदैछ । समयका हिसाबले ब्यस्त आजको पुस्ताले धार्मिक कार्यमा यति धेरै आशक्ति लगाएर समय खर्चनु धर्मप्रतिको रुझान बढेको स्पष्ट संकेत हो ।

बौद्ध धर्मालम्बीहरु पनि पछिल्ला दिनहरुमा आ आफ्ना धर्म संस्कार र परम्परामा सक्रिय छन् । चैत्य, गुम्बा र धार्मिक गुरुहरुको आदेशमा चल्ने क्रम बढ्दो छ । बौद्ध युवा–युवतिहरुको निकै ठुलो पंक्ति गाढा कलेजी रङको बस्त्रमा रहने चलन बढ्दो छ । गुम्बाहरुमा निकै ठूलो संख्यामा अबिबाहित किशोर किशोरीहरु र बौद्ध दर्शनप्रति बौद्ध समुदायका युवाहरुको बढ्दो आकर्षण यसको अर्को प्रमाण हो । तर हिन्दु र बौद्ध दुबै धर्ममा नेपालको हकमा एउटा समानता के छ भने उनिहरुको समुदाय उदार छ र केहि नास्तिक छन र केहि आस्तिक पनि । दुबै धर्मबाट मानिसहरु आर्थिक मोह र प्रलोभनका कारण क्रिश्चियन धर्ममा आवद्ध हुनेहरुको संख्या पनि झण्डै–झण्डै उस्तै छ ।

यद्यपि बैज्ञानिक चमत्कार, उत्पादन र उपभोगको होडबाजी, पैसा र मनोरञ्जनको संसार एबं ब्यस्त जीबनका बीच मानिसहरु किन धर्म सँस्कार र परम्परा तर्फ फर्किदै छन् ? यो एक महत्वपूर्ण जिज्ञासा हो । इतिहास र परम्पराको निरन्तरतासंगै मानिस आजको बिकास र प्रगति भन्दा बिगतको प्रतिशोध र धार्मिक लडाईका बिजय र पराजयलाई फेरि निम्त्याउने चक्करमा छ भने यसका लागि मानव भित्रको कुन तत्व जिम्मेवार होला ? यो पनि खोजिकै बिषय हुन सक्छ ।