• Saturday 21st , January 2017 | शनिबार, माघ ८, २०७३

कसरी पुग्यो नेपाली सालको काठ भारत हुँदै युरोप सम्म ? (सालको वायोग्राफि सहित)

FOREST-JUNGAL

-पुष्प न्यौपाने

काठमाडौ- हिमालयको फेदिमा महाभारतको श्रृङ्खला त्यसमुनि चुरेक्षेत्र र चुरेको फेदिमा तराईका बिशाल फाँटहरु , हावापानी र बनस्पतिका दृष्टीले सम्पन्न मानिने नेपालको सालको काठ निकै मुल्यवान रहेछ। यहि सालको काठमा आँखा लागेपछि भारत देखि युरोपसम्म पुर्याई छाडे ब्रिटीसहरुले नेपाली साल ।

बि.सं १९४० को दशकमा ब्रिटीसहरुले नेपाली सालको अवस्था , काठको आयु र गुणस्तर जाँच्न बन बिज्ञहरुको एउटा टोली नै नेपाल पठाए । पछि राजेन्द्र शाहले लालमोहर लगाएर तोकिएका रुखहरु काट्न दिनु (चौ अद्धि) बाहिरका काटे मलाई रिपोर्ट गर्नु भनि आफ्ना सम्बन्धित निकायलाई उर्दि जारी गरे ।

इतिहास र बनस्पति मामिलामा कलम चलाउने ब्रिटीस लेखक कर प्याट्रिकले बीरगन्ज देखि नुवाकोट सम्म पुगेर स्थलगत भ्रमण पश्चात लेखेको किताबमा नेपाली सालको काठ भारत मात्र होइन युरोपसम्मै पुर्याउन सकिने र पुर्याउनु पर्ने कुरा उल्लेख गरेको एक जना बन बिशेषज्ञले बताए । मध्यमा बीरगन्जदेखि नुवाकोट पुगेका उनिहरु पूर्वमा पहाडको कुनभाग सम्म पुगे र पश्चिममा कहाँ कहाँ सम्म पुगे अझै खोजिको बिषय छ ।

पश्चिममा अछामको भुलु रहफ, भैरबस्थान र रानीबनमा कर्णालीको किनारै किनारका रुख काट्ने ठेकेदार थिए दानसिंह । उनले सालका अग्ला–अग्ला रुखहरु काटेर कर्णालीमा बगाँउदै लगेको कुरा त्यहाँको पुरानो पुस्ताले कथाकै शैलिमा अझै सुनाउने गर्छन । दानसिंहले रुखहरु काट्ने बेला लुकाएर राखेका घैंटी, बेल्चा, साबेल, लगायतका सामानहरु हाम्रो गाँउलेहरुले भेटाएर राखे । जुन सामानहरु अहिले पनि गाँउमा चलाउने गरिन्छ । खासगरी भारतमा रेल वे स्लिपर (रेलको लिक) निर्माणका लागि ति काठहरु काटेर लगियो र युरोपको हाइलेक्स जीवन बिताउने शौखिनहरुका लागि पानी जहाजको बाटो हुँदै बेलायत पुर्याईयो ।

सालको बायोग्राफि
सालको बैज्ञानिक नाम सोरिया रोबिष्टा हो ।
यो तराई र भावरहरुमा पाइन्छ ।
अर्को शिवालिक हिल्स यो दुनहरुमा पाँउछ ।
बढीमा समुन्द्री सतहबाट १५ सय मिटरमाथिसम्म भेटिन्छ साल ।
समुन्द्री सतहबाट एक हजार मिटरसम्मको उचाँई यसका लागि उपयुक्त मानिन्छ ।
सालको अधिकतम उचाँई ४५ मिटर सम्म हुन सक्छ ।
जेठ असारमा परिपक्व सालहरुबाट झर्ने बिजहरुबाट नयाँ उम्रिन्छ ।
सालका बिजहरु झरेको एकहप्ता भित्र रोपिसक्नु पर्छ वा उम्रिसक्नुपर्छ ।
नेपालमा कृत्रिम रुपमा भने साल रोप्ने चलन खासै छैन भन्दा हुन्छ ।
यो ६० देखि ८० बर्षमा पुर्ण रुपमा बिकास हुन्छ ।
साललाई ६० बर्षमा काटिसक्नु सबैभन्दा फाइदाजनक मानिन्छ ।

Loading...