• Sunday 23rd , April 2017 | आइतवार, बैशाख १०, २०७४

बालुवाटार पुगेकी ललिताको ‘बालुवामा हराएको सपना’

final-lalita1भौतिक मल्ल, 

स्याङजाको मनकामनाले सबैको मनोकामना पुरा गर्छ । तर के गर्नु दैलेखकी दिलमाया बुढा मगर ललिताको मनोकामना त्यही मनकामनाबाट तहस नहस भइदियो । देशमा भिषण द्धन्द चलिरहेको थियो । उक्त द्धन्दबाट दैलेख जिल्लाको बालुवाटार गाबिस पनि अछुत थिएन । गाँउ पुरै द्धन्दको प्रभावित थियो । त्यही प्रभावले बालुवाटारकी भर्भराउदी ललितालाई पनि छोयो । २०५८ साल भाद्रमा उनी माओवादीको पूर्णकालिन कार्यकता भइन् ।

उनले आफ्ना सम्पूर्ण इच्छा आकाँक्षाहरु पनि एकसाथ पूर्णकालिन गरिन् । आफूसंगै पूर्णकालिन भएका इच्छा आकाँक्षाहरु बोकी उनि जनमुक्ति सेना नेपालमा भर्ना भइन् । उनी मात्र १४ वर्षकी थिइन् त्यतिबेला । माओवादी जनयुद्धले व्यापक रुप लिदैँ थियो । देशमा तत्कालिन शेरबहादुर देउवा सरकारले संकटकाल घोषणा गरेको थियो । उनका लागि त्यो संकटकाल सामान्य बन्यो किनकी उनि हारे मृत्यु जिते मुक्ती भनेर सम्पूर्ण कुरा त्यागी युद्धमा होमिई सकेकी थिइन् ।

लडाँइकै प्रेमबारीमा ललिता

समय बित्दै गयो । उनको जवानी पनि छिप्पीदै गयो उनको दैलेखकै भैरी गाविस दाँडी माडीका रमेश रिजाल उर्फ सोपानसंग माया बस्यो । उनी जनमुक्ती सेनाकै एक सहयात्री थिए उनलाई धेरै मन पराउने सोपान भन्थे हाम्रो प्रेम जनयुद्ध जस्तै अजय होस ।२०६० मा उनिहरुको प्रेम कहानी सुरु भयो हातमा बन्दुक मनमा प्रेमिला सपना साँच्दै उनीहरु दर्जन बढी लढाँइहरुमा संगै सहभागी भए ।

एउटै लडाँइमा एउटै ब्याटलमा एउटै एसाल्टमा उनीहरु लडिरहे, लडाँइका थुप्रै मोर्चाहरु उनका प्रेमबारी बने । उनीहरुले गाँउघर सवै आफन्त भुले , सोपानको मायाले उनले आफन्त सवैको प्यार भुलिन, गाउघर छिमेक साथीभाई भुलिन, उनका प्रेमिला गार्डेन ब्याटलहरु नै बन्थे । लडाँइकै मोर्चामा उनीहरुको प्रेम पनि झाँगिदै अन्ततः प्रेम विवाहमा परिणत भयो । २०६२ मा युद्धकै दौरानमा कैलालीको एउटा जंगलमा जनवादी विहे भयो ।

मनकामनाले लुटेको मनको कामनाz7

२०६१ मा उनीहरु ढाडमा टेकेर टाउकोमा प्रहार गर्ने रणनैतिक प्रत्याआक्रमणको दोस्रो चरणको योजना लिएर पोखरा कब्जा गर्न पश्चिम नेपालतिर हान्निए । पार्टीको मुख्य रणनीति अनुरुप उनीहरु जाजरकोटको बुद्धीडाँडाबाट छैटौँ डिभिजन गण्डक जाने कुरा निश्चित भयो । सोही अनुरुप उनका जोडी पनि गण्डक अभियानमा परे । फरक–फरक प्लाटुनमा रहेका उनीहरुको ब्याटलमा मात्रै भेट हुन्थ्योे ।

उनीहरु कयौँ आरोह अबरोह पार गर्दै गोर्खाको मनकामना पुगे । गोर्खाको मनकामनामा स्थानीयको घरमा क्याम्प जमाएर बसेका बेला तत्कालिन शाही नेपाली सेनाले हेलिकप्टरबाट सेना झार्यो । शाही नेपाली सेनाबीच उनीहरुको भिषण लडाँइ भयो । दुवैको जीवन मृत्युको दोसाँधमा पुग्यो । उनीहरु दुवै एसाल्टमा थिए । प्रायः लडाँइहरुमा संगै इन्फेन्ट्रीमा हुन्थे । तत्कालिन शाही सेना र माओवादी सेनाको मनकामनामा भिषण लडाँइ भयो । करीब पाँच घन्टा चलेको उक्त लडाँइमा ललिताको मनको कामना पनि लुटियो उनका श्रीमान् सोपानले साहदत प्राप्त गरे । उनि बलिन्द्रा धारा आँशुसंगै मोर्चाबाट फिर्ता भइन् ।

जब आफूले पनि आधा शरिर गुमाइन्

गण्डक क्षेत्रका अधिकाँश लडाँईहरुमा उनी अग्रपंक्ती मै लडिन् । युद्धमै श्रीमान् गुमाइसकेकी उनको आफ्नो शरीरको पनि भरोसा रहेन । मनकामनाले लुटेको पीडा सेलाउन नपाउदै नवलपरासीको सुनवल लडाँइले उनको जीवनको पूरै खुशी लुटयो । उनको आफ्नो भन्ने शरिर पनि सग्लो रहेन । तीन दिन देखि लडाँइको मोर्चा कुरेर बसेको उनको डिभिजनको लडाँइको नेतृत्व उदय बहादुर चलाउने दिपकले गरेका थिए ।

उनीहरुले शाहीसेनालाई परास्त गरे, पाँच गाडी हतियार कब्जा गरे । आर्मीहरुलाई कब्जा गरे तर त्योसंगै उनको जिन्दगीको खुशी कहिल्यै नभेटीने गरी कब्जा भयो । लडाँइमा विजय हासील भयो तर उनको हातमा गोली लाग्यो हुनत त्यो भन्दा अगाडि २०५८ सालमा पनि बाँकेको कुसुम ब्यारेक कब्जा गर्दा टाउकोमा बमको छर्रा लागिसकेको थियो । त्यसैको निरन्तरतामा नवलपरासीको सुनवलमा हातमा लाग्यो । युद्धमा गोली लाग्नु अनौठो थिएन तर संयोगहरु अनौठा थिए । उनका जीवनका । त्यही नै जीवनको सबैभन्दा ठुलो अभिसाप बन्यो ।

उपचारमा पराइ भूमि
उनलाई सुनवलमा गोली लागिसकेपछि नेपालमा उपचार हुने संभावना रहेन । गम्भिर घाइते उनको उपचारको लागि भारतको लखनउ लैजाने निधो उनका कमाण्डरहरुले गरे । बाटोमा आउने थुप्रै अप्ठेरा र बाधाहरु छिचोल्दै घाइते अबस्थामा पनि औषधी त परै जावस् खानै राम्रोसंग नपाएर लखनउ पुगिन् । एकातिर श्रीमान् गुमाउनु परेको आलो घाउ अर्कोतिर आफ्नै शरिर आधा । उनको जीवन सारै अत्यास लाग्दो बन्यो ।

उनी सोच्थीन् पार्टीले मलाई उपचार नगरेर मर्न दिए हुन्थ्यो । उनी बेला–बेला मर्ने सोंच बनाउथिईन् । तर मुक्ति र समानताका लागि लडेका हामीले हरेस खानुहुन्न भन्ने सोच्थीन् र मुखमै आएको नैराश्यताको पर्खाल तोडथिन् । उनको जीवनमा प्रहारै प्रहार भए त्यस पछि टाउकोमा रहेको छर्रा हातमा आलो घाउ श्रीमान् गुमाएको पीडा उनी सोच्नै नसक्ने अस्थामा पुग्थीन् । बेला बेला लाग्थ्यो उनका लागि आफ्नो जीवन भन्दा देश र दुनिया ठूलो हो किनकी म दुनिया बदल्न हिडेकी पो हुँ उनी सम्हालिन खोज्थीन् ।

न घर न घाटकी ललिता z4

उनी लखनउबाट र्फिर्कदा उनको पार्टीले काँचुली फेरिसकेको थियो । पार्टीले युद्ध सकिएको घोषण गरेर शान्तिकालिन परिवेशमा आइसकेको थियो । उनी लखनउबाट रुपैडिया भएर नेपालगन्ज ओर्लिईन् । पहिले कै स्थितिमा फर्मेशनमा जान सक्न क्षमता थिएन उनमा । उनी सहयोगी बिना केहि गर्न नसक्ने परिवेशमा थिइन् । नेताहरु काठमाडौँ छिरिसकेका थिए । उनीहरुलाई शहरको रमझम भ्याइ नभ्याइ थियो । उनी संकटमा परिन् घरबाट हिड्दा सग्लो शरिर बोकेर आएकी ललिता फिर्ता हुँदा आधा शरिर बोकेर जानुपर्ने बाध्यता आइलाग्योे । मुक्ति र अधिकार प्राप्त गरी सकेपछि फिर्ता हुने उनको सपना चकनाचुर भयो ।

उनलाई घर जान मन लागेन । यतै बसौँ बस्ने उपयुक्त स्थान छैन । उनी सहयोगी बिना केहि गर्न नसक्ने स्थितिमा थिइन । उता जनमुक्ति सेनाहरु अस्थायी ब्यारेकमा बस्ने तयारी गर्दै थिए । सयुक्त राष्ट्रसंघको मातहतमा बस्ने तयारी व्यापक थियो । तर उनको बिकल्प केही थिएन । न पार्टीले ब्यबस्थापन गर्न सक्ने स्थिति बन्यो न घर परिवारले , दर्दनाक पीडा बोकी उनी अस्थायी ब्यारेकतिरै लागिन् । ब्यारेकमा अन्य घाइतेहरु पनि भएकाले उनलाई दःुख बिसाउने चौतारी मिले जस्तो भयो तर त्यो धेरैबेर टिकेन । समयले कोल्टो फेर्यो ।

बिस्तारै ब्यारेकमा भएका सेना र हतियार पनि तत्कालिन सबोच्च कमाण्डर प्रचण्ड बाबुरामहरुले सरकारलाई बुझाए । उनका श्रीमान्को बलिदान र रगतबाट साटीएका हतियार बुझाँउदा उनले सोचीन् अब सब थोक खत्तम भयो । के गर्ने होला ?? उनको मनमा अनेकन प्रश्न खेल्न थाले उनीसंगै एउटै फिल्डमा लडेका कोही साथीहरु नेपाली सेनामा समायोजन तिर गए । कसैले धोका सम्झेर घर तिर फर्के तर उनी घर न घाटको भइन् । घर जानु कसरी जानु त्यतै बस्नु कसरी ?

अहिले सुर्खेत बहिनीहरुसंग बसिरहेकी छिन् । बहिनी पबित्रा कक्षा आठमा पढीरहेकी छिन् । हालसम्म उनै बहिनी पबित्राले हेरचाह गरीरहे पनि जीवनभर त्यो संभब हुन्छ या हुँदैन उनको मनमा उदेक लाग्दा तर्कना खेल्छन् । उनी बेला–बेला विरक्त हुन्छिन् । आफ्नो जीवन त खेर गयो गयो आप्mनो कारणले बहिनीको भविष्य पनि आफूसंगै बिलिन हुने पो हो की ? भन्ने चिन्ता मनभरी पालेकी छिन् ।

जब आक्रोश र आँशु बोकेर बालुवाटार पुगिन्

20160825_100023

नर्क जस्तो लाग्ने जीवनको भोगाईप्रति खिन्न छिन् उनी त्यो भन्दा बढि क्रान्तिलाई धोका दिने नेताहरु प्रति उदासिन छिन् ।

उनी आफू घाइते भएकोमा हिनताबोध छैन तर नेताहरुले बाटो बिराएकोमा हिनताबोध छ उनलाई । अहिले उनको शरिरले उपचार खोजिरहेको छ तर औषधी किन्ने समेत पैसा छैन । हिड्नलाई खुट्टा चल्दैनन् । बोल्नलाई जिब्रो सक्षम छैन । उनी लाटी जस्तै भएकी छिन् ।

शरीरमा भएको गोली र गोली लागेको घाउका कारण शरिर प्यारालाइसीस भएको छ । तर लरबराइ लरबराई भन्छिन् बाँच्न मन नलागे पनि बाँचिरहेकै छु । कुनै बेलाका उनीहरुका सर्बोच्च कमाण्डर प्रचण्ड यतिबेला देशको प्रधानमन्त्री भएका छन् । उनलाई अरु आशा छैन । उपचार सम्म गरिदिन्थे की ? भन्ने आशा छ भन्छिन् भर छैन ।

उनी मनभरी भारी पीडा लिएर भाद्र नौ गते प्रधानमन्त्री प्रचण्डलाई भेटन बालुवाटार पुगिन् । आफू जस्तै थुप्रै साथीहरुसंग देखा परेकी ललिता प्रचण्डलाई भेटेर खुशी हुनु पर्नेमा झन् दुःखी भइन् । जब प्रचण्डबाट आशा गरे अनुसारको व्यबहार पाउन सकिनन् ।

हजारौं शहीदहरुको रगतको लिस्नो चढेर कैयौं घाईतेहरुको सपनालाई कुल्चेर प्रचण्ड आज जुन स्थानमा छन् उसकै लागि ढुक्क हुने आश्वासन समेत दिन सकेनन् । जुन जगमा उभिएर प्रचण्ड आज प्रधानमन्त्री भए त्यही भावनानुसार काम गर्न सक्छन् वा सक्दैनन् त्यो भने भविष्य कै गर्भमा छ ।

भिडियाे सहित