• Friday 24th , March 2017 | शुक्रबार, चैत्र ११, २०७३

कहिल्यै नहार्ने बिजयाको जीवनको घतलाग्दो महाभारत

final-zzzz

भौतिक मल्ल, देशमा माओवादी जनयुद्धले व्यापक रुप लिदै थियो । रोल्पा ,रुकुम, जाजरकोट माओवादी जनयुद्धका उर्वर भुमि बन्दै थिए । तत्कालिन सरकारले बिभिन्न बहानामा उक्त भेकका जनतालाई चरम दमन गरिरहेको थियो । त्यसैको मारमा स्कूले बिद्यार्थीदेखि बालबच्चा र बुढाबढी समेत परिरहेका थिए । त्यसैको जिउँदो मारमा परिन् बिजया । उनको बालमनस्थितिमा परेको दुःख,पीडा,युद्ध र संघर्षको अमिट छ । पले अन्ततः उनलाई वास्तविक बिजया बन्न सिकायो । कलिलै अबस्थामा आमा बुवाको काखबाट टाढा हुनुपर्दाको पीडादायी क्षणहरुले उनलाई निरस हैन स्पात बन्न सहयोग गर्यो । उनले जीवनका अनगिन्ती अप्ठयारहरुसंग डटेरै मुकाबिला गरिन् र बनिन् अनिताबाट वास्तविक बिजया ।।

बुवालाई मामा भन्नु पर्दाको पीडा

bijay-old

देशमा भिषण द्धन्द चलिरहेको थियो । द्धन्दमा उनका बाबु मुक्ति र आमुल परिवर्तनका लागि भनेर युद्धमा होमिईसकेका थिए । घरकी जेठी छोरीको रुपमा जन्म लिएकी विजया त्यतिबेला मात्र दुई वर्षकी थिइन् । उनको बुवासंग परिचय थिएन । सानै हुदा बुवा युद्धमा लागेका कारण परिचय हुन सकेको थिएन । माओवादी जनयुद्धले उग्ररुप लिदै गर्दा रोल्पा रुकुम रणभूमिमा परिणत हुदै थियो । उनको बाल मष्तिस्कमा पनि युद्धको अमिट छाप पर्दै गइरहेको थियो । सुरक्षाको दृष्टिले बुवालाई मामा भनेर चिनाइएको थियो । नजिकै प्रहरी चौकी भएको कारण पुलिस प्रशासनको उपस्थिति बाक्लै हुन्थ्यो ।

उनीहरुले बिजयालाई घरमा बुवा आउनु हुन्छ की नाई भन्दा उनी निर्धक्क भन्थिन नाई कहिल्यै आउनुहुन्न ,किनकी उनलाई बुवा भन्ने परिचय नै दिइएको थिएन । तर बेला–बेला मामाको रुपधारण गरेर आउने व्यक्ति नै उनका बुवा थिए । जुनदिन उनलाई आफ्नाे बुवासग भेट गराइयो, मामाको साइनोले चिनाइयो । बाबु भनेर चिनाउदा सेना र प्रहरीबाट उनको ज्यानको खतरा थियो । जब कुनै बाबु आपूmले जन्माएका छोरा–छोरी सामु आफ्नाे साइनो लुकाएर उभिनु पर्दाको त्यो क्षण कुनै हिन्दी चलचित्रको सिन भन्दा फरक थिएन । उनी स्मरण गर्छीन्  युद्धको बेला म २ वर्षकी मात्र थिए, बुवा विदामा आउनुहुन्थ्यो तर बुवा भनेर चिन्न पाउदैन थियौं । बुवालाई मामा भन्थ्यौं ।मामाहरू आउनुहुन्थ्यो, बेलुकी बस्नुहुन्थ्यो भोली पल्ट विहानै जानुहुन्थ्यो ।

जब राज्यले बुवाको टाउकाको मूल्य तोक्यो

dal-jit-with-wife
( बिजयाका बुवा-आमा )

उनका बुवा नेता थिए राज्यले प्रायः माओवादी नेताहरुको टाउकाको मूल्य तोकेको थियो । उनी भन्छीन् –मेरो बुवाको टाउकोको मूल्य ५० हजार तोकिएको थियो । मलाई लाग्थ्यो मेरो बुवाको टाउकाको मुल्य किन तोकीयो होला भन्ने खुलदुली भइरहन्थ्यो ।

बुवा शहीद भएका खबरहरु निरन्तर ढोकाबाट छिर्न थाले

०५६ सालतिर सुदुुर पश्चिममा बुवा शहीद भएको पहिलो खबर आयो । उनी स्मरण गर्छिन् मन आकुल ब्याकुल भयो छटपटि भयो । त्यतीबेला उनी अलि बुझ्ने भैसकेकी थिइन् । उनीहरुलाई शहिद परिवार घोषणा गरियो । शहिद परिवार भनेर धेरै मान्छेहरू उनको घरमा भेट्न आए । उनलाई लाग्ने गथ्र्यो किन यति धेरै मान्छेहरु हाम्रो घरमा जम्मा होलान् ? बुवा शहिद भएको भन्ने कुरा उनको बाल मष्तिस्कले ठम्याउन सकिरहेको थिएन ।

घरमा आएका मान्छेहरुले उनका बुवाको मृत्यु भएको कुरा गर्दा उनी खुब चासो दिएर सुन्ने गर्थिन् । बुवाको मृत्युको खबरपछि उनकी आमाले पनि ‘घर छोड्ने’ निर्णय गरिन् । देश र जनताको लागि बुवाले बगाएको रगतको बदला लिन भनेर युद्धमा निस्कीइन । जब आमाले पनि घर छोडिन्, उनको काधमा ठूलो जिम्मेवारी आयो । घर समाल्ने आफू सानै भएपनि घरका ठूला–ठूला जिम्मेवारी बहन गर्नुपर्ने अबस्था आइपर्यो उनको काधमा । उनी सकी नसकी घरको काममा लागिन् ।

फेरी एक दिन चिठी र खबर एकसाथ पुगे…

उनकी आमाले पनि घर छोडेको ६ महिना भैसेको थियो । एकदिन बुवाको चिठी आयो ‘आफू आरम रहेको, तर घरमा शहिद परिवार भनेर भेट्न आउने मान्छेहरूको क्रम रोकिएको थिएन । कसरी पत्याउन सक्थिन् र त्यो चिठीलाई उनले । एकातिर शहिद परिवार भेट्नेहरुको लाईन, अर्कोतिर शहीद भनिएको बाबाको चिठी । उनको लागि त्यो वास्तकिता चलचित्रको कथा जस्तै लाग्यो । चिठी उनकी आमाको नाममा आएको थियो । तर आमा पनि घरमा थिइनन् । आमाले पनि घर छोडेको महिनाैँ भइसकेको थियो । आमा आफ्नो पतिको हत्याराको बदला लिन युद्धमा होमिईसकेकी थिइन् । उनका काकाले चिठी पढेर सुनाइदिए । चिठी सुनेर अच्चमित भइन् बिजया ।

उनी भन्छिन् – ‘खै त्यो बेला पत्याउन सकिने अवस्था नै थिएन । तै पनि खुशीको सीमा रहेन ।’ मरिसकेको भनेर आश मारेको बु्वाको पत्र आउदा उनी खुशीले गद्गद् भइन् । मेरो बुवाको चिठी आयो भन्दै गाउभरी एक फन्को मारिन् तर आमा साथमा नभएको कारण मनमा चिसो भने रहिरह्यो । संयोगबस चिठी आएको केही दिनमा शहीद भएका बुवा घरमा आए र आमा पनि टुप्लुक्क घरमै आइपुगिन् । दुवैको जम्काभेट भयो । जीवनको सबैभन्दा खुशीको त्यो क्षण उनको परिवारको लागि कालजयी क्षण बन्यो ।

बुवा–आमासंगै युद्धकी छोरी बनिन् बिजया पनि

०५९ सालमा उनका बुवाले बिजयालाई पनि सूदूरपश्चिम लिएर गए । संगै बस्न सक्ने स्थिति भएन । कोसंग बस्ने ? कोसंग बोल्ने केही थाहा थिएन । बुवाको मृत्युको दोस्रो खबरपछि दिदिबहीनीहरु एकै ठाउमा बस्ने निधो भयो । एउटी बाहिनी कैलाली थिइन् । उसलाई ल्याउने अवस्था मिलेको थिएन । जनयुद्ध झन्झन् चर्किदै गयो । ०५८ सालमा उनका बुवाले वहिनीहरूलाई सुदुरपश्चिम लिएर गएका थिए । सरकारले संकटकाल घोषणा गरेको थियो रोल्पा रुकुमलाई झन तारो बनाएको थियो ।

शहीद भनिएको बुवाको स्वर सुनेर हिक्की –हिक्की रोएको त्यो दिन……

उनी भन्छिन्–बुवाको मृत्युको खबरप्रति हामी विश्वस्त थियौं । एक्काशी बुवाको स्वर रेर्कड भएको टेप आयो । बहिनीहरु संगीता, अश्मिता र मनिषा पनि म संगै थिए । टेपमा चार बहिनीलाई सम्बोधन गरिएको थियो । उनलाई पत्यार लागेन । पत्याउन सक्ने कुनै आधार थिएन । यो स्वर पुरानो हुनसक्छ भन्ने भयो । किनकी उनकी बहिनी लिएर कालिकोट जादासम्म बुवा हुनुहुन्न भन्ने नै थियो । उनी भन्छीन– क्यासेट सुन्यौं, क्यासेटमा भन्नुभएको थियो,–‘मेरी जेठी छोरी तिमीलाई धेरै–धेरै सम्झना छ । हामी वर्ग संघर्षमा छौं । जतिबेला जे पनि हुनसक्छ । आफ्नाे ख्याल गर्नु । ममीलाई सम्हालेर राख्नु । युद्धको बेला कुनै कारणबस केही भयो भने परिवारको जिम्मा तिमीलाई सुम्पेको छु । तिमी मेरो जेठो छोरा पनि त हौ । यदि केही भयो भने जुन बाटो मैले रोजेको छु , त्यो राम्रो छ भने कहिले पनि नछोड्नु । सबै बहिनीहरूलाई त्यसरी नै सम्झाउनु ।’ उनी भन्छिन्– ‘यो रेकर्ड अहिले पनि मन मष्तिस्कमा ताजै छ । त्यो दिन त्यो स्वर सुनेर उनि हिक्की हिक्की रोइन ।’

मेरा प्रिय अपरिचित बहिनीहरू..

bijay-with-father-daljit-sherpaaili
( आमा-बुवा र बहिनीहरुका साथमा बिजया )

घर छोडेर सुदुरपश्चिम गइसकेपछि पनि दिदी–बहिनीबीच चिनजान भएको थिएन । उनी भन्छिन्– ‘हामी अछाम जादै थियौं । बुवा बाटोमा विरामी हुनुभयो । हामीलाई कालीकोट छाडेर आफ्नाे कार्यक्षत्र तर्फ जानुभयो । कालीकोटको मालकोटमा पढ्ने व्यवस्था मिल्यो । ’ त्यसपछि बालसंरक्षणलाई कालिकोटकै मम्रा भन्ने स्थानमा लगियो । एकदिन उनकी आमा बहिनीलाई लिन कैलाली गइन् । उनी पनि आमासगै त्यतै गइन् । त्यतिबेलासम्म दिदीबहिनीबीच चिनजान थिएन । सुरक्षाको दृष्टिले पहिले नै उनर्का बुवाले कैलाली छोडेका थिए । उनी निकै आतुर थिइन् आफ्नी प्यारी बहिनीलाई भेटन् । त्यसैले उनी पनि आमासंगै कैलाली मसुरीया पुगिन् । त्यतिबेला बहिनी कैलाली सापकोटा थर भएका मान्छेको घरमा बसीरहेकी थिइन् ।

जब आफनै बहिनीले फुपु भनिन्…….

धेरै लामो समयपछि बहिनीलाई देख्न उनका आतुर आँखा चलबलाई रहेका थिए । त्यहाँ पुगीसक्दा पनि उनलाई थाह भएन की हामी बहिनी भएको घरमा पुगीसकेका छौँ । उनी दिनभर साथीहरुसंग खेलीन् त्यही मध्यकी एउटी उनलाई फुपु भनिरहेकी थिइन् । माओवादीभित्र त्यतीबेला अंकल फुपु चल्तीको भाषा थियो । उनलाई बहिनी कतिबेला चिन्ने भन्ने व्यग्रता मनमा थियो । उनले सुटुक्क आमाको कानमा भनिन् – ‘आमा हाम्रो बहिनी को हो ? ’ आमाले आँखाभरी आँसु पार्दे भनीन्– ‘उ त्यो हो । ’ जो पहिला आमालाई अन्टी भनेर संबोधन गरीरहेकी साथी थिइन्, उनलाई पनि आफ्नी आमा यिनै हुन् भन्ने हेक्का थिएन सायद । बिजया छक्क परिन् अघिसम्म संगै खेलिरहेकी साथी जो फुपु–भदै साइनोले चिनजान भएको थियो, उनै पात्र पो रहेछीन् बहिनी। त्यतिबेला उनलाई निक्कै नरमाईलो लाग्यो । आफ्नो भाईबहिनीलाई पनि चिन्न नपाउने कस्तो जीवन जिइएछ भन्दै खिन्न महशुस गरिन् ।

सापकोटा माओवदी सर्मथक थिए । त्यसैले उनका बुवाले सुरक्षाको दृष्टिले छोरीलाई त्यहा राखेका थिए । उनकी बहिनीलाई लिन उनीहरु आएका थिए तर बहिनी जान्न भनिरहेकी थिइन् । म जान्न मेरो बुवा ममि यतै छन्’ भनिरहेकी थिइन् । उनकी बहिनीले उनीहरुसंग खेल्ने बेला फुलबारीबाट ‘मोटी आन्टी आउनु भएको छ’ भनेर भनेकी थिइन् । आफ्नो नाम अस्मिता सापकोटा भन्थिन् ।

शहीद बुवाको नाममा कविता कारेपछि…..

०५९ देखि उनी कालीकोट बस्न थालिन् । जनयुद्धको बेला शहीद बेपताहरुको लागि जनवादी स्कूल खोलिएको थियो । त्यही उनले संरक्षण र पढन पाएकी थिइन् , उनी त्यही जनवादी विद्यालयमा पढ्न थालिन् । युद्धको बाताबरणले उनलाई बिस्तारै साहित्यतिर उन्मुख गरायो अनि शहीद बुवाको सम्झनामा यसरी कविता लेखिन्  …

को फूल्छ र झरेपछि फूल्ने गरि झर्यौ तिमी
को बाच्छ र मरेपछि बाँच्ने गरि मर्यौ तिमी ।।
सगरमाथा भन्दा माथि नदेखीने आकाश जस्तै
टाढा भई हजार सपना जताततै छर्यो तिमी ।।.

स्कूलको नाम थियो प्रकाश नमुना जनवादी विद्यालय । उनले जनवादी विद्यालयमा ५ देखि सात कक्षासम्म पढीन ।

यसरी बनिन् अनिताबाट बिजया

उनको वास्तविक नाम अनिता थियो । तर माआवादीमा सांकेतिक नाम राख्ने चलन ब्यापक थियो । उनका सरहरुले सबै कुरा बुझेकाले उनको नाम बिजया राखीदिए । उनलाई आफनो नाम परीबर्तन भएकोमा खुशी नै लाग्यो हिनताबोध पटक्कै भएन ।

बुवा आउने खबरको पर्खाइमा जुनदिन…..

उनी भन्छिन्– कहिलेकाही कुवेर अंकल हुनुहुन्थ्यो । उहा भन्नु हुन्थ्यो ‘तिम्रो बुवा केही महिनापछि आउनुहुन्छ, सुदुरपश्चिमको कैलालीमा हुनुहुन्छ । उहा सन्चै हुनुहुन्छ । ’ तर उनी ढुक्क बन्दिनथिन् । केहो – केहो युद्धमा कस्को के भर हुन्छ र ? मनमनै सोच्थिन् । सबै आउने तर मेरा बुवा मात्रै नआउनुको पछाडि कारण के होला द्धिविधा भइरहन्थ्यो ।

युद्धबाट घर तिर लागियो

14331685_548296112021461_967613481_n

०६३ मा युद्धविरामको घोषणा भयो । त्यसपछि उनीहरु रित्तो मन लिएर भग्नावशेष अबस्थामा रहेको घर गुनाम फर्के । घर पुग्दा घर बास्तविक घर जस्तो थिएन । न्यास्रो लाग्ने घरले नै युद्धको बास्तविकता ओकलिरहेको थियो । कालिकोटबाट उनलाई रोल्पा पुर्याउदा पढाइ पनि सगै लैजानु थियो । उनी भन्छीन् ‘भर्ना गर्न प्रमाणपत्र चाहिदो रहेछ, हामीसंग केही थिएन । सर्टिफीकेट रुकुमबाट लिनुपर्ने भयो । तर सेकेन्ड डिभिजनको । मलाई मन परेन । ममी म बरु पढ्दिन । फर्केर कालिकोट जान्छु । म दोस्रो कहिल्यै भएको छैन’ भनेर जिद्धी गरिन् । जनवादी विद्यालयले ‘हरेक चिजमा जितेर आउछे भनेर मेरो नाम ‘विजया’ राखिदिएको हो । जनवादी विद्यालयमा ५ मा पढ्नेलाई ६ को हिसाब पढाउन लागाए । उनले सोचे जस्तै सबैलाई जितेर देखाइदिइन र प्रथम भइन ।

सरहरूले तिमी कसको छोरी हौ भनेर सोधे । उनले गुनामको दलजीत विकेको छोरी भएको परिचय दिइन । ‘दलजित त यो विद्यालयको सबैभन्दा राम्रो विद्यार्थी हो नी,’ सरले कँडेतार देखाउदै भने, ‘तिम्रो बुवाले विरेन्द्र राजासंग मागेको काडेतार देखेकी छौ ?’भलिबल राम्रो खेलेपछि राजा विरेन्द्रले तिमी के चाहान्छौ भनेर सोधेका थिए रे । हेडसरले स्कुलको लागि ‘तार माग’ भनेपछि । ‘दलजितले तत्कालीन
राजासंग तार मागेको मागेका थिए । हाम्रो स्कुलको सान भनेको तिम्रो बुवा हो,’ त्यतिबेला सरलेहरुले सम्झाए । त्यतिबेला बिजयालाई आफ्नो बुवाप्रति निकै गर्व लाग्यो ।

399398_313691042086276_1351055775_n

एसएलसी पछिका सपनाहरु

०६६ सालमा उनले बिरवल भद्र मा.बी थबाङ्गबाट फस्ट डिभिजनमा एसएलसी गरीन् । उनका बुवा जनसेनाको चौथो डिभिजन भिसि थिए । शहिद घाइतेहरूको केयर गर्नको लागि उनलार्ई स्टाफ नर्स पढाउने कुरा गरे । बुवाको सपना पुरा गर्ने अठोट गरीन । काठमाडौं आएर, चक्रवर्ती कलेजमा छात्रवृतिमा नाम निस्कियो । त्यहीबाट स्टाफ नर्सको पढाइ पुरा गरीनं ।

जब आमालाई मृगौला दिने निर्णय गरिन्……

उता समायोजनको प्रक्रिया चलिरहेको थियो । ६८ साल भदौ २६ गते जनसेना नेपाली सेनामा समायोजन भयो । एक्कासी आमाको स्वास्थ्यमा समस्या देखापर्यो । २५ गते आमालाई आइसियूमा राख्नु पर्ने बाध्यता आइलाग्यो । त्यसै कारण पनि उनका बुवा समायोजनमा गएनन् । यता उनको कलेजमा परीक्षा चलिरहेको थियो एकातिर आमा आईसियूमा ।

उनी दुई ढुंगाको तरुल सरी पिल्सीरहिन् भित्र–भित्रै । उता आमा आसियूमा भएको बेला मामाघरकीे हजुरआमा पनि बितीन् । त्यतिबेलै डाइलासिस् गर्नुपर्ने थाहा भयो उनलाईृ परीक्षा विग्रिए जस्तो लाग्यो । तर नतिजा राम्रै आयो पास भइन् । त्यसपछि उनले आमाको रोगको कारण मृगौला प्रत्यारोपण सम्बन्धी विषयमा पढ्ने निधो गरिन् । बनस्थलीमा रहेको राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्रमा ३ महिने कोर्ष गरिन् । आमाको डायलाईसिस नै गर्नुपर्छ भन्ने उनलार्ई लागेको थियो । डायलायसिस गर्नुपर्ने भयो ।

bijayaa-with-mother

उनी भन्छिन् ‘पहिले मैले केही विकल्प हुन्छ की भन्ने सोंचेकीे थिए । डाइलाईसिस गर्दै गयो भने भेन कोल्याप्स हुंदै जान्छ, फेस कालो हुन्छ, निकै गाह्रो हुन्छ । उनको आमाकोे मृगौलाले काम नगर्ने भइसकेको थियो । उनलाई शिक्षण अस्पतालमा भर्ना गरियो । अवस्था निकै चिन्ताजनक हुदै थियो । उनलाई बचाउन कसैको मृगौला दिनुपर्ने भयो ।’ उनलाई लाग्यो ‘मेरो कारणले परिवारको खुशी बच्छ भने मैले परिवारको लागि जस्तो सुकै त्याग गर्न पनि तयार हुनुपर्छ । ’उनको बाबाको रगत मिलेन । उनले नै दिने निर्णय गरिन् । रगत मिल्नुपर्ने हुन्छ । उनी भन्छिन् – ‘रगत जाच गराएं । ममी र मेरो ‘ब्लड’ मिल्यो । म त्यतिबेला निकै खुसी थिए । किन भने मैले आमालाई मृगौला दान गर्न पाएकोमा र बचाउन पाएंकोमा ।

’ पृथ्वीभन्दा महान् आमालाई बचाउन पाउनु उनले सौभाग्य ठानिन । यस्तो महसुश गर्दै थिए, ‘मलाई ममि र बुवाले जन्म दिनुभयो तर म त्यस्तो छोरी हुदैछु, अफ्नै आमालाई पुर्नजन्म दिने छोरी ।’ श्रीमान् वितेको खबर पटक–पटक सुनेकी आमा आफैंपनि पटक–पटक मृत्युसंग जुधेकी थिइन् । त्यो मात्रै होइन, लडाईंको मोर्चाहरुमा कयौं हार बेहोर्दै ब्याटलहरु जितेकी थिइन् । उनले अठोट गरीन आमा अब तपाईंलाई बचाउने मेरो कर्तव्य हो,’ आईसियु कक्षमा रहेकी आमालाई उनले बचन दिइन, ‘जन्माउनुभयो हुर्कानुभयो, युद्धका चरम संकटका बिचमा पनि सुखका साथ मायाममता र त्याग गर्नु भयो, यो मेरो कर्तव्य हो जो मैले छोरी हुनुको नाता पुरा गर्नै पर्छ । ’ चिकित्सकको सल्लाह अनुसार माघमा उनले मृगौला दिने कुरा निधो भयो ।

शिक्षण अस्पतालको शल्यक्रिया कक्षाको ५०९ ए मा भर्ना भए । त्यो दिन जीवनमा खुसीले सगरमाथा चुमेको दिनको रुपमा बुझिन् । आमालाई पूर्ण शरीर दिन नपाएपनि एउटा भाग दिन पाएकोमा खुशी भइन् । त्यसपछि उनी र आमाको भेट अपरेशन थिएटरमा भयो तर बोल्न पाएनन् । ‘विजया सिस्टर तपाईंको हात दिनु न,’ अपरेशन थिएटरमा डक्टरले भने, ‘यस्तो किन सोच्नुभयो ।’ हास्दै मेरो जवाफ थियो,‘ममिलाई बचाउन पनि सोच्नुपर्छ र ?’

उनले एकै चोटी पोस्ट अपरेट वार्डमा ल्याएपछि बुवालाई देखिन् । बुवाको आँखामा आशु देख्दा अप्ठेरो महशुस गरिन् तर त्यो दिन कहिल्यै आशु नझार्ने उनका बुवाको आँखामा आशु देंख्दा मन अशान्त बनाइरहिन् । उनी भन्छिन् – ‘त्यो आशुभित्र खुसी पनि थियो । हामीले आमालाई बचाएका थियौं । तर दुर्भाग्य केही दिनपछि मैले दिएको मृगौला मेरी आमाको शरिरले ‘रिफ्युज’ गरिदियो । त्यो क्षण एकाएक मेरा लागि जिन्दगीकै अन्धकार बनेर आइदियो ।’ मृगाैला दान गर्ने बेला उनका श्रीमानले पनि साथ दिएका थिए । भनेका थिए बिजया अामा र बुवाकाे लागि जस्ताे सुकै त्याग गर्न पनि पछि पर्नु हुन्न ।असल छाेरा छाेरीकाे कर्तव्य हाे बुवा अामाकाे लागि बलिदान गर्नु । मेराे यसमा तिमीलार्इ साथ र सहयाेग रहिरहने छ । ढूक्क संग अामाकाे उपचार सफल पार्नु पर्छ । उनि अाफनाे  जिवन साथीले दिएकाे बचनकाे संधै स्रहन गर्छीन र भन्छिन साेचे जस्तै जिवनसाथी  पाएकी छु ।

बुवा मन्त्री भएको रात …..

daljit-with-daudhter
( बुवा मन्त्री भैसकेपछि सिंहदरवारमा )

उनी ड्युटीमा ब्यस्त थिइन । राती एक्कासी उनको फेसबुक वालमा बुवालाई बधाइका ओइराहरु झर्न थाले ,उनी छक्क परिन् । एकछिन त सपना जस्तै ठानिन् । तर बास्तविकता नै थियो । उनका बुवा दलजित श्रीपाइली युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भइसकेका थिए । उनलाई रात भरी छटपटि भइरहयो । बिहान सपथ कार्यक्रम थियो । उनी पनि सपथमा बुवासंगै गइन् । खुशी र चिन्ता दुवैै कुरा उनका अगाडि उभिएको महशुस गरिन् । तर बुवा मन्त्री भएको बेला उहाका साथीभाईहरुले गरेको व्यबहारप्रति उनी अच्चमित छिन् । मान्छेहरुको स्वार्थीपनलाई यसरी व्यक्त गर्छिन बिजया – ‘आमा बिरामी हुदा प्रायः बुवाका साथीहरु फोन अर्क ैकामले गरे पनि उठाउदैनथिए , किनकी हाम्रोे आर्थिक स्थिति एकदमै नाजुक थियो ।

’ उनी भन्छिन् ‘आमाको उपचार गर्न हामीले के मात्रै गर्नु परेन । आमा बिरामी हुदा सबैभन्दा तनाबमा बुवा हुनुहुन्थ्यो । चाहेर पनि बुवाको तनाबलाई हामीले कन्ट्रोल गर्न सकिरहेका थिएनौं । प्रायः बुवाका साथीहरुले पनि पैसा सापटी माग्छ की भनेर फोन नउठाएको प्रस्टै बुझिन्थ्यो । जब पार्टीले श्रेपाइलीलाई मन्त्री हुने निर्णय गर्यो त्यो रात बुवाको मोबाइल एकसाथ बिजीरहयो । अफ्ठेरो समयमा फोन गर्दा समेत नउठाउनेहरु नै बुवालाई बधाई दिईरहेका थिए । मान्छे चिन्ने भनेको यस्तै बेलामा रहेछ । तर बुवा भने विगतलाई बिर्सिएर सबैलाई समान व्यबहार गरिरहनु भएको थियो । सायद यो नै बुवाको महानता होला ।’

उनलाई भने बुवालाई चुनौती थपिएको महशुस गरीरहेकी थिइन । उनी साेच्थिन् अस्थिर राजनीति र देश अस्तव्यस्त भएको बेला चुनौतीको पर्खालमा बुवा मन्त्री हुन लाग्नु भएको छ । यो बुवाको राजनीतिक जीवनको सबैभन्दा ठूलो अग्नीपरीक्षा हुनेछ । हुन त यो बुवाको लामो समयदेखिको त्याग, तपस्या, बलिदान र राजनैतिक जीवनको प्रतिफल हो । तर पनि सन्तोष ढंगले ग्रहण गर्ने समय नभएकोले उनलाई रातभरी चिन्ताले सताइरह्यो कोल्टो फेर्दै त्यो रात बिहानमा परिणत भयो ।