• Thursday 25th , May 2017 | बिहिबार, जेष्ठ ११, २०७४

दसैंमा सुनसान काठमाडौं तिहारको तयारीमा

utc-xmas-lights

काठमाडौं,
दसैंमा सुनसान काठमाडौं विस्तारै लयमा फर्किदै छ । सडकमा गुड्ने गाडीको संख्या क्रमश वाक्लीदै छ। राजधानीबाट वाहिरिएकाहरु भित्रने क्रम वढ्दो छ । दैनिक ५०–६० हजारको अनुपातमा मानिसहरु काठमाडौं भित्रिदै छन् ।

काठमाडौंबाट वाहिरिएका झण्डै २५ लाख वढी मानिसहरुमध्य तिहार अघि नै ९० प्रतिशत जति आईपुग्ने गर्छन । दसैंको सुनसान माहौंललाई विर्साउँदै तिहारको रौनकता विस्तारै सुरु हुँदै जान्छ ।

nepal3

तिहारमा प्रयोग गरिने सुपथ र सुलभ चिनिया सामानले काठमाडौं लगायत देशका विभिन्न शहरलाई दिपावलीको अवसरमा अझ झकमक हुने गरि सिंगार्ने प्रवृत्ति वढेको छ । यस वर्ष पनि चिनिया सामानहरु सामान्य दियो देखि झिलिमिलि वत्ति सम्मले दिपावली लाइ पर्खिरहेका छन् । तिहारको रमझम अन्यत्र भन्दा वढी हुने गर्छ काठमाडौंमा ।