• Thursday 25th , May 2017 | बिहिबार, जेष्ठ ११, २०७४

राज्यको पैसा स्वाहा पारेर आगामी चुनाब जित्ने प्रचन्डको योजना-भिडियो

pushpa-kamal-dahal-prachand

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गाउँ-गाउँमा पैसा पठाएर आगामी चुनाव जित्ने बताएका छन् । उनले बाटोघाटो, पुल बनाउन अहिलेसम्मकै सबैभन्दा धेरै रकम गाउँमा पठाइन लागेको र गाउँमा रकम पठाएपछि आफुले चुनाब जितिने बताए

नेकपा माओवादी केन्द्र र विद्रोही माओवादीबीचको पार्टी एकता सभालाई सम्बोधन गर्दै  माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले पार्टीका धेरै नेता काठमाडौंमा बसेर मन्त्रालय धाइरहेको सुनेको बताए ।

गाउँ-गाउँमा पैसा नपठाई नेताहरु गाउँ नजाने भन्दै उनले भने, ‘कसरी गाउँ पठाउने भन्दा पैसा गाउँगाउँमा पठाइदिने । त्यसपछि साथीहरु दौडिएर जान्छन् र चुनाव जितिन्छ ।’

बाटोघाटो, पुल बनाउन अहिलेसम्मकै सबैभन्दा धेरै रकम गाउँमा पठाउन लागेको उनले दाबी गरे । प्रधानमन्त्री प्रचण्डले बजेट परिमार्जन वा पुरक बजेट ल्याएर भएपनि सरकार र पार्टीलाई उत्पीडित वर्ग समुदायतिर केन्द्रित गर्न खोजेको उनले सुनाए ।

भिडियो हेर्नुहोस