• Wednesday 22nd , February 2017 | बुधबार, फाल्गुन ११, २०७३

अम्मली चिम्पाञ्जी ! (फोटो-भिडियो)

smoking-chimpangi

एजेन्सी- मान्छे अम्मली हुनु नौलो कुरा होइन तर चिम्पान्जी अम्मली भएको देख्नु सुन्नुभएको छ ? यस्तै अम्मली चिम्पाञ्जी भेटिएको छ रहस्यको देश भनेर चिनिने उत्तर कोरियाको एक केन्द्रीय चिडियाखानामा ।

यो पोथी चिम्पाञ्जीले दिनको एक बट्टा अर्थात २० खिल्ली चुरोट पिउने गरेको छ । १९ बर्षीया अम्मली चिम्पाञ्जीको नाम अजाली हो ।

अजालीले लाइटर भेटे आफैं बालेर चुरोट सल्काउने र नभेटे आफैंले खाइरहेको चुरोटको ठूटोले अर्कौ चुरोट सल्काउने गरेको रिपोर्टमा उल्लेख छ । राजधानी प्योङयाङमा रहेको चिडियाखानामा अजिलालाई तालिम दिइरहेका व्यक्तिले उक्सायपछि उसले चुरोट सल्काइहाल्छे ।

जनावरहरुलाई अव्यवस्थित रुमा राखिएको भन्दै बन्द गरिएको चिडियाखाना गएको जुलाइमा पुनः खुलेको हो । अहिले चिडियाखाना घुम्न आउनेहरुका लागि अजिला आकर्षणको केन्द्र बनेकी छिन् ।

भिडियो हेर्नुहोस