• Friday 24th , March 2017 | शुक्रबार, चैत्र ११, २०७३

सम्झनामा कैद भएका सपनाहरू

%e0%a4%ac%e0%a4%bf%e0%a4%b5%e0%a4%b8

बिवश कुमार सेजुवाल ,

एउटा समय यस्तो थियो, जसको मूल्य अतुलनीय भएर बित्यो । त्यो समय ,त्यो मौसम, ती दिनका दैनिकीले हरपल हरक्षण जीवनका परिवर्तित रंगहरुसँग कति ठूलो महत्वबोध भइरहेको हुन्थ्यो । यसको मुल्य झन अतुलनीय थियो । तर, आजाद संसारमा अजिवको प्रेम अहिले पनि मेरो क्यानभासमा नाचिरहेको हुन्छ । सम्झिने यात्राको अति घत लाग्दा अविस्मरणीय क्षणहरु अझै पनि मलाई हिजो जस्तै गरी ती सांस्कृतिक पल्टनको बीचमा घच्घच्याउँदा फेरि एकचोटी इतिहासको एेना हेर्न विवशता तुल्याइरहेको हुन्छ । म अहिले पनि कहिले त्रिवेणी होस वा दोभानको सपना बोकेर उस्तै गरी उही समयको हुलिया भिरेर उभिरहन मन लाग्छ । तलपट्टी सुन्दर तराईको फाँट, माथिपट्टी डाँडा -काँडा हरिया वन जंगलले झकीझकाउ सजिएको एउटा सुन्दर पहाड अनि अलीमाथि आँखाको दृष्टिलाई तन्काएर नियाल्ने हो भने सेती हिउ फुलेका हिमालको लोभलाग्दा मुस्कान, यस्तो लाग्थ्यो हिमाल, पहाड र तराईको अटुट सामिप्यता र खुसीले भरिएका हाँसोको खित्काहरु हाम्रो लागि हुन् । जसरी उछिट्टीएर हाम्रो दैलोमा सजिएको भान परिरहेको हुन्थ्यो । त्यही खुशीकाे बहारसँगै ती सुन्दर मालचरीको बथानहरुले हामीलाई पिछा गरिरहेकै छन् । जसरी मनमा पनि खुसीका रहरहरु निरन्तर बहकिदै थिए । यो माया र प्रेम भन्ने चिज नै कस्तो अजिवको हुने रहेछ । सधै उसैगरी झल्किने ।

गीत गाउने र नाच्ने जोश पनि कतिसम्म चलेको हो वर्ग मुक्ति र वर्ग युद्धका धुनहरु एकोहोरो सुसेल्दै गर्दा कतापट्टी छापामार आफ्नो भौतिक जीवनदेखि जितेर एकोहोरो आफ्नो नियमित ड्युटी खटिरहेकै थिए । उतिसारो उनीहरुले संगीतको धुनमा रमाउने अवसर पाएका थिएनन् । त्यो युद्ध व्यस्तताको कारण थियो । युद्धको गति पनि दिन – प्रतिदिन अलि हिजोेको भन्दा आज भयानक हुँदै रणसंग्राममा फैलिदै थियो । तर, त्यही छापामारको सुरक्षा घेराको बीचमा दुश्मनलाई छल्दै रक्तिम इतिहासको महागाथालाई जनकलाकारहरु निरन्तर गाइरहेकै थिए । जनता भने नयाँ जनवादी सत्ता प्राप्तिको निम्ति आफ्नो अमूल्य भौतिक जीवनको यात्रलाई आन्दोलनको आँधीबेहरीमा सभागिताको लस्करमा हाजिरी जनाइरहेकै थिए । यी यात्रीहरुको निम्ति अब आफ्नो भन्नु केही नि थिएन । थियो त केवल एउटा सुन्दर साम्यवादी सपना थियो । त्यही सपनाको यो राजमार्गमा ती यात्रीहरुलाई त्यो सपनाको आशाले निरन्तर कुदाएकै छ । त्यो सपना चे ग्वेभारासँग मिल्थ्यो । त्यो सपना ल्यू सुन र गोर्कीसँग मिल्थ्यो ।

यात्री निरन्तर यात्रामै व्यस्त देखिन्थे । यात्रामा निस्किएका ती अथक योद्धाहरुलाई भोक प्यास र थकानको कुनै परवाह थिएन । बरु एउटा प्रतिक्षाको घडी कुरेर अविराम यात्रामा व्यस्त ती संघर्षका यात्रीहरु पूर्व क्षितिजको त्यो रातो घामलाई निरन्तर नियालीरहन्छन् । जब कि पूर्व क्षितिजको बिहानीसँगै संघर्षका ती मिठा धुनमा सुरमा सुर मिलाउन आतुर ती यात्रीहरु यात्रामा भने निरन्तर लम्किरहेकै छन् । उतापट्टी जलजला र धौलागिरीको आँगनमा हुर्किएका जलजलाका सपनाहरुले जेलवाङ र थवाङमा भित्रिएका ती मालचरीका बथानहरुलाई ढुक्कले रात कटाउन दिइरहेका छैनन् । प्रत्येक मिठो निन्द्राको झोक्कासँगै वर्ग मुक्तिले सजिएको साम्यवादी दरवारभित्र आफ्नो जग बसालिसकेको थियो । त्यो सपनीमा हाेस् या विपनीमा मुक्ति र विजयको सपनाले सधै घच्घच्याइरहन्थ्यो । यात्रीहरु झन् स्पात बन्दै आफ्नो गन्तव्य पछ्याइरहका थिए ।

जब यात्रीहरु कठिन यात्रामा निस्किन्छन् अनि बारदलीमा बसेर आमाले ती यात्रीको लस्करलाई चिहाउँदै अनेक अडकल काटेर अडकलवाजी गर्न थाल्छन् । हार र जितको सपना देख्न थाल्छन् । घरी यात्रीहरुबीच यात्रामा विश्राम लिएर यात्रामा नै रुमल्लिएको अडकल काट्न थाल्छन् । आखिर महारणसंग्रामको महान यात्रीहरु देश परिवर्तनको संकल्प बोकेर आफ्नो त्यो महान यात्रा र आदर्शको सुन्दर सपनालाई विपनामा परिणत गर्न र हर मेहेनत गरेर लागि परेकै छन् । आस्था हो निर्विकल्प ढल्न दिएका छैनन । आखिर जित्नको लागि चाहिने साहस हो । लक्ष्य चुम्नको लागि चाहिने एउटा संकल्प हो । सबै चिजबाट यात्रीहरु निपूर्ण हुँदै यात्राबाट विचलित छैनन । कठिनतम संघर्षका ती पहाडहरु छिचोल्दै आफू अघि बढिरहेकै छन् ।

जब पश्चिम चुलीको शिरबाट हर्षबहादुर शाही प्रभातका सपनाहरुले एकोहोरो घोडेकोट मुडभरा, माझफाल र अनेकोटका साम्यवादी रक्तविजहरुलाई काखमा च्यापेर एकै स्वरमा जब यात्रीहरुलाई विजयको विगुल फुक्न आह्वान गर्छन् अनि महासमरका यात्रीहरु पनि अजंगका महा चुनौतीलाई तोड्दै निर्विकल्प विजयको सपना बोकी अघि बढ्छन् । किनकि ती सपनाहरु वर्ग मुक्तिको सपनाहरु थिए र पो यो भौतिक जीवनसँग सपना साटिन थाल्छन। मुल्य यहाँ जीवनको होइन, सपनाको छ । किनकि सपनाको जन्मदिने हस्तीहरु इच्छुक, योद्धा, बहुविर र प्रभात प्रमोदहरु हामीसँग छैनन तर तिनले छोडेका बहुमुल्य सपनाहरु छन् र यो हामीले अहिले भौतिक जीवन जितेर सपना साकारको बाटोमा निरन्तर लागिरहेकै छौ । यो त हामी यात्रीको महान संकल्प थियो ।

भौगोलिक बनावट पनि कति सुन्दर छ हामीसँग चुली, जो आस्थाको विम्वको रुपमा सजिएको छ । त्इसको अलि उतापट्टी सुन्दर गाउँ रामारोश ऊबेलाको समय हो । आज भोलि पनि उस्तै प्रितिको फूल बनि चम्किरहेकै छन् । चुली र रोशनीको अति घनिष्ट आत्मीयता थियो । त्यसै नाचेका थिएनन ती मालचरीहरु रामारोशन सुन्दर तालको आँगनीमा यी चुली र अपिका अजम्मरी सन्तानहरु हुन् । यी राता मान्छेको संकल्प थियो । हारे हत्कडी जिते संसारको कसम खाएका योद्धाहरु आज को कता छन् त्यो थाहा छैन । मलाई त्यो क्षण, त्यो पल घरी घरी पिरोलीरहन्छ । जबकि एउटै गीत एउटै ताल र एउटै सुरमा लस्करै नाचेको रहरलाग्दो ाम्रो त्यो पल्टन आज केवल सम्झनामा मात्र कैद भएको छ । त्यसको स्मरणयोग्य रंगीन सम्झना त छ तर त्यो लस्करमा हिडेका मेरा सहयात्री आज मसँग छैनन् ।
अहिले पनि ताजा छ जब रामारोशन तालको एक छेउबाट हजार माइलको लामो बाटो गीत बज्न सुरु हुन्छ । अनि महान यात्रीहरु एकैचोटी सैनिक पोशकमा आफ्नो अभिनय थाल्छन् ।
हजार माइलको लामो बाटो
एक पाइलाबाट सुरु हुन्छ
हजार माइलाको लामो बाटो
यो गीत जब यो सुन्दर तालमा बाटाे

सुन्दर तालमा बज्न सुरु हुन्छ अनि एक ठाउँको किनाराबाट प्रमोदहरु आफ्नो अभिनयको माध्यमबाट यात्राको बयान र्गन थाल्छन् । उसो त प्रमोदले पनि हामीलाई बहुमुल्य सुन्दर सपना बाँडेका छन र रुकुम खाराबाट युद्धको आगो ओकल्दै सधैका लागि विछोडिएका छन् । ऊ समयको प्रमोद झनै सेतीमहाकालीको सांस्कृतिक पल्टन भित्रको बहुमुल्य प्रतिभाको धनी थिए । प्रमोदसँगका विस्मरणीय क्षणहरु अहिले पनि मेरो क्यानभासमा ताजै छन् । त्यो कुनै समय लेखौला ।

अति सुमधुर सम्बन्ध थियो अपि र चुलीको अहिले टाढिएको जस्तै मात्र देखिएको हो । झन सुमधुर सम्बन्ध थियो । जलजला धौलागिरी र अपि चुलीको कैयौ पटक गभिएका छन् । जलजला को कखमुनी हुर्किएका साँस्कृतिक पल्टनहरु र चुली र अपि को आगनमा हुर्किएका साँस्कृतिक पल्टन हरु बिच कस्तो आत्मिएता थियो । त्यो क्षण त्यो पलको अहिले ती सबै सबै म बर्णन गर्न सक्ने अबस्थामा छैन अझै पनि बेला बखत यो महान बिराशत ले चसक्क मन दुखाउछ । र पुन प्रभात इच्छुक र प्रोमोद हरुलाइ सम्झिन पुग्छु र म आफै भाब बिहल बनेर मेरो सगल होस नै हराउन पुग्छु । जब होस हुन्छु अनि झसङ्ग झस्किएर पुन त्यही साम्यवाद को बाटो समात्न पुग्छु।

कत्रो सपना बोकेका थियौ ती सपनाहरू हराए जस्तै भएका छन् । युद्ध का नायक भनिने हरु बिछ यात्रामा घुडा टेकेर सास न बाँस का भएका छन् । साँस्कृतिक क्रान्ति मार्फत हामीले संसार परिबर्तन गर्ने संकल्प बोकेका थियौ । र अहिले पनि संकल्पित यात्रामा निरन्तर हिडिरहेका छौ । हामीले धेरै सहयोद्दा हरु लाई सधै सधै को लागि छोडेर आएका छौ । हामी थोरै मात्र बचेका छौ तर अहिलेसम्म उसै गरि उहीँ बगाल मा मिसिएका छैनौ । कता होलान ती सुमधुर स्वर का धनी डम्बर रोकाया राकेश शक्ति बि. क हिमशिखर अमोध संगिता एलिना धिरेन्द्र र शिलाहरु कस्तो गित गाइरहेका होलान् । कस्तो अबस्थामा आफ्नो दैनिकी टारिरहेका होलान् अत्तो पत्तो छैन नृत्य र गिटार को तार रेट्नमा पनि कामी का थिए स्वर्णिम प्रबत सुमन निर्देश दिपलहर विवश, निशाना, दर्शना, भूमिका, आवेग, राधिकाहरु यी सबै आत्मीय मित्रहरुको सम्झनामा म आफै लेखिरहने भाग्यमानी नै ठान्छु । धेरैको अनुहार याद छ । नाम यादमा रहने धेरैको नाम याद छ । अनुहार यादमा रहने, यो समय पनि कस्तो निष्ठुरी जस्तै बनेको होला कति टाढा टाढासम्म पुर्याइदियो आखिर लक्ष्यको यो यात्रामा भेट कुनै न कुनै दिन पक्कै होला ।

जलजला चुली र अपिसँगका बाचा पूरा गर्न नपाउँदै हामीबाट इचछुक प्रभात र प्रमोदहरु सदाका लागि विछोडिएका छन् । थवाङ जुनि कम्युुन र रामारोशन अनि कालिकोटको पलाता जसले मेरो जीवनमा घतलाग्दो गरी छाप छोडेका छन् । यही कालिकोट को पलाताले जसले नयाँ जीवनको मार्ग देखाउने सहयात्री भेटाएको कति सुन्दर लाग्थ्यो । त्यो अध्यारो रात डम्बर रोकाया राकेशसँगको पहिलो भलाकुसारी सबै -सबै घतलाग्ने कहानी बने ।

सबै उस्तै -उस्तै देखिन थाले जब यात्रा नियात्रा नै थियो । कोही अरबी भूमिमा पुगे उट चराउँदै संघर्ष रुपी जीवनको आन्द लिइरहकै छन् । कोही भारतको गल्लीमा जुठाभाडा माझेर आफ्नो दैनिकी गुजारा धानिरहेका छन् । बाँकी रहेका सबै युद्धका कष्ठकर कहानी सुनाउँदै सिंहदरवार वरिपरि वेरोजगारीको पीडाले छट्पटाई रहेका छन् । जो जस्तो अवस्थामा छन् यात्रीका सपनाहरू मरेका छैनन् । यात्रीहरु जहाँ सम्म जिबित छन् अब एक पटक उहीँ पुरानो सगल भेटको प्रतीक्षा मा बसिरहेको म बिबश समय पनि बिबश आखिर सबै बिबसताले भरिएका हामी सबै बिबश बिबश जस्तै सपनाको लक्ष्य चुमिरहेका छौ ।