• Monday 24th , April 2017 | सोमवार, बैशाख ११, २०७४

वालुवाटारमा देउसी भैलो: धमलासंगै नाचे प्रधानमन्त्री प्रचण्ड-भिडियोसहित

unnamed-1-18

काठमाडौँ- प्रधानमन्त्री निवास बालुवाटारमा देउसी-भैलो खेलिएको छ । देउसी-भैलो खेल्न पुगेको टोलीको आग्रहमा प्रधानमन्त्री प्रचण्ड समेत नाचेका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको नेतृत्वमा ‘संविधान संशोधन, कार्यान्वयन र दलहरुवीच एकता कायम गर्न दबाबमूलक कार्यक्रमसहित पुगेको पत्रकारहरुको टोली बालुवाटारमा देउसी–भैलो खेल्न पुगेका थिए  ।

देउसी–भैलो कार्यक्रम पछी बोल्दै प्रधानमन्त्री प्रचण्डले छिट्टै संविधान संशोधन हुने दाबी गरे । उनले भाषा विवाद, प्रदेशको सिमांकन, नागरिकता लगायतका सबै विषयमा सहमतिमै संविधान संशोधन हुने स्पष्ट पारे ।

प्रचण्डले आफू नेतृत्वको वर्तमान सरकार तीनवटै निकायको निर्वाचन समयमै सम्पन्न गर्नेगरि लागिपरेको बताए । उनले भने,‘संविधान संशोधनको लागि मैले अहोरात्र खटेर काम गरिरहेको छु, साथै तीन वटै निकायको चुनाव समयमै गर्नेगरि सरकारले काम गरिहेको छ, यसको लागि मैले विशेष पहलकदमी लिएको छु ।’

भिडियो हेर्नुहोस