• Thursday 30th , March 2017 | बिहिबार, चैत्र १७, २०७३

उनको काखमा हुर्किरहेको मेरो नासो

कथा

%e0%a4%ae%e0%a4%be%e0%a5%88%e0%a4%b8%e0%a4%ae%e0%a4%9c%e0%a5%80

मौसमजी भण्डारी,

शिक्षक सेवामा नाम निस्किए पछि मेरो कार्यक्षेत्र जाजरकोट ढिमे पर्याे अर्थात माध्यमिक लेभलको अध्यापनको लागि मैले जाजरकोट जानुपर्ने भयो । पुष महिनाको चिसो सिरेटोमा पेशालाई आफ्नो कर्तब्य ठान्दै म ढिमे हान्निए । जाजरकोट मेरो लागि नयाँ थियो । जस्तो कुराको कल्पना गर्दै अध्यापनको लागि गएको थिए, त्यो भन्दा सहज सम्मान पाए मैले त्यहाँका स्थानीयहरूको सानिध्यताले मलार्इ भिज्न गार्हो परेन ।

स्कूल नजिक एउटा गाँउमा  भारती सरको घर थियाे ।  त्यही घरमा खानेगरि र मासिक भाडा दिनेगरि कोठाको बन्दोवस्त मिलाए । भारती सर अर्थात बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चन्द्रदेव भारती । भारतीको सरको घरमा भारती सर म्याडम र एउटी असाध्यै सुन्दरी छोरी थिइन् । छोरीलाई देखेर उनको नाम के होला ? यस्तै प्रश्न घुमिरहेको थियो मेरो मनमा पहिलो दिनमै । नाम नसोधी मैले उनलाई सोधे नानुले पढ्ने कतिमा ? उनले दस कक्षा पढ्दै छु भनिन् ।

पहिलो दिन नै मलार्इ उनको रुपले तानेको थियो । तर के गर्नु पेशाले एउटा शिक्षक आफैले पढाउने दस कक्षाकी छात्रालाई गलत नजिरले हेर्नु भएन मनमनै यस्तै सोंचे ।भारती सरका अरु दुर्इ छोरी र दुर्इ छोरा मध्ये जेठा छोरा भारतीय सेनामा रहेछन् र कान्छा अध्ययनको सिलसिलामा काठमाण्डौ , जेठी छोरीको कोहोलपुर बिहे भैसकेको कुरा भारती सरले गिलासको रक्सि स्वाट्टै पारेर आफ्नो पारिवारको बारेमा मलार्इ पहिला नै जानकारी गराएका थिए | घरमा चौपट्टै राम्री कान्छी थिइन्।

नमस्कार ,बिद्यार्थी भार्इबहिनिहरु ।

म तपाँँर्इकाे नयाँ शिक्षक प्रसिद्द शर्मा, मेरो घर दाङ ।

भूमिका सहित पहिलो दिन दश कक्षाको दोश्रो घन्टी क्लासमा मैले यसरि आफ्नो परिचय दिए । र सबैलाई आफ्नो परिचय दिन आग्रह गरे ।सबैलाई परचिय दिन आग्रह गरे पनि मेरो ध्यान भारती सरको छोरीको नाम के होला जान्नुमै उत्सुक थियो । सबैले आफ्नै परिचय दिदै गए …
नमस्ते मेरो नाम:-ज्योती भारती,
फिसिक्क मुस्कान दिदै भारती सरको छोरीले आफ्नो परिचय दिइन् । ज्योती, नाम सुन्ने बित्तिकै कताकता मलार्इ ज्योतीको मिठो बोलीले मनमा स्पर्श गरिरहेको थियो । ज्योती नामको मात्र ज्योती थिइनन्, अध्यारो कक्षामा चम्किने गरि बलिरहेकी ज्योती थिइन् । सिल्की कपाल,मुस्कुराउदा देब्रे गालामा खोपिल्टो पर्ने डिम्पल हिंउ झैँ टम्म मिलेका दाँत साच्चै मेरो लागि साक्षात अप्सरा थिइन् ज्योती ।

पत्थरले छाएको चार कोठे घरको माथिल्लो तल्लाको एउटा कोठामा म बस्थें, अर्को कोठामा भारती सर म्याडम सुत्ने गर्नुहुन्थ्यो भने ज्योती तलै सुत्ने गर्थिन् ।अर्को कोठामा सानो खुद्रा पसल थियो र भान्सा दाँयातिरको झ्याल साइडमा बारेर बनाइएको थियो ।
मनमनै मन पराए पनि मैले ज्योतीसंग खुल्न सकिन अर्थात एकतर्फी भित्र भित्रै माँया गर्न थालिसकेको भए पनि ज्योतीलाई भन्ने आँट नै भएन । उनले एस.एल.सी दिइन् यस्तै निरन्तरतामा ४/५ महिना बिते । बर्षा सुरु भएसंगै बिद्यालय केही समयको लागि बिदा भयो ।बिदाको समय घर जाने निर्णय गरे र ज्योतीलार्इ मन मनै वान साइड लभ गरेर म दाङ फर्किए ।

छुट्टी सकिएपछी फेरि आफ्नो कर्मथलाे फर्कनु थियो। मनभरी ज्योतीसंगको अन्तरंग कल्पना गर्दा त यात्रा पनि छोटो जस्तै लाग्थ्यो ज्योतीसंग मैले खुल्नुपर्छ  । मैले तिमीलाई मन पराउछु,माया गर्छु भन्ने हिम्मत गर्नुपर्छ भन्ने सोच्दै ढिमे पुगे ।  सधै जसो चमकधमक हुने भारती सरको घर यसपाली सुनसान थियो । भारती सर घरको डिलमा बसेर छिमेकीसंग रक्सी स्वाट्ट पारिरहेका थिए । सुनसान लाग्ने घरमा केही भवितब्य छ भन्ने मेरो मनले थोरै अनुमान गरेको थियो | साँझको टाइम म्याडम खाना बनाउदै हुनुहुन्थ्यो मैले ज्योतीलार्इ खोजिरहेको थिए ।

ज्योती नानु खोइ ? देखिन नि..घरतिरको सोधपुछ सन्चो बिसन्चो आदानप्रदानको औपचारिकतापछी मैले भूमिका नबाँधी सिधै भारती सरलार्इ सोंधे । छोरीले खुट्टा उचाली, चेली बेटीको जात टिक्दैन रहेछ माइतमा ..छोरी पोइल गैछे बर्दिया मैनापोखरको हो रे । नेपाली सेनामा जागिरी गर्छ रे ।अब गैहाली छोरी ले दुःख नपाइदिए हुन्थ्यो शर्मा सर । भारती सरले फेरी स्वाट्ट पारे । भारती सरको चुस्कीले सबै कुरा बिर्साइदिंदो हो, मसंग त ज्योतीको याद बिर्साउने गरि रक्सिको आदत थिएन ।

सरासर माथि गए । एक खिल्ली सिगरेट निकाले र सल्काए ..बिर्सिन खोजे ज्योतीलार्इ तर अहँ सकिन । त्यो रात भर ज्योतीलाई प्रस्ताब नगर्नुको पश्चाताप भैरह्यो । यसरी एउटा अव्यक्त प्रेम मेरो मनमा गढ़िरहयो । ज्योतीसंग भेट भएन  । दसैं तिहारमा उनी माइत आउथिन् र म घर जान्थे यसरी करिब हाम्रो भेट नभएको डेढ बर्ष भैसकेको थियो ।  म भारती सरकै घरमा बस्थें , ज्योतीलार्इ मैले भुलिसकेको थिए वा भनौ ज्योती सम्झनामा आए पनि मेरो एउटा सयाेग र सामान्य जस्तै बन्न थालिसकेकी थिइन् ।

दिनभरि बिद्यालयमा बिद्यार्थीसंगको किचकिच र धपेडी, उसै त शिक्षकको दैनिकी करायो-करायो पाठ सोर्ह दुना आठ भने झैँ हुन्छ | बिद्यार्थीको क्षमाताको रेखा कोर्ने सामर्थ्य शिक्षकले राख्दछन् भनिन्छ । धेरै पढाउदा पनि बिद्यार्थीले परिणाम केही जानेन भने कति तनाब हुन्छ शिक्षकलार्इ । आजकल भारती सर आफै खाना बनाउछन्  । म्याडम बिमारले थालिएको हप्ता दिन भैसकेको थियो ।  यस्तै धपेडीबीच साझ भारती सरको घर खाना खाइओरि म माथि कोठातिर उक्लिए । दिनभरीको तनाबलार्इ बिश्राम दिन एक छिन ल्यापटप निकाले र फेसबुक लगइन गरे ।

“हाइ सर, हाउ आर यु ? आइ एम ज्योती भारती”
म्यासेज सहितको साथि बन्न अनुरोध आएको रहेछ ।  सर्सर्ती ज्योतीको प्रोफाइलमा गए र हेरे भर्खरै खोलिएको फेसबुकमा तीन वटा मात्र ज्योतीका फोटा थिए ।  अनुरोधलार्इ स्वीकार गरे तर म्यासेजको रिप्लाई गर्न जरुरी ठानिन ।  के-के सोचे त्यो रात त्यत्तिकै निदाएछु ।
भोलिपल्ट खाना खायर कोठामा ल्यापटप खोले र फेसबुक लगइन गरे ।
“सर,बिजी हुनुहुन्छ ? ”
“मामु बिरामी हुनुहुन्छ रे ? कस्तो छ ? माइत तिरको खबर के छ ?” ज्योतीले अनेकौ प्रश्न गरिन् ,अब भने मलाइ बोल्नुपर्ने नै भयो ।
“म्याडम बिरामी हुनुहुन्छ अरु सबै ठिकै छ ”
मैले रिप्लाई गरे ।
“अनि सर हजुरको के छ खबर ?”
“मेरो ठिकै छ तिम्रो के छ ज्योती ? ज्वाई राजा आराम हुनुहुन्छ ” ? मैले भूमिका बाधे …
“सुखी छु खुसि छैन” उनको रिप्लाई आयो ।
“यो कस्तो कुरा सुखी छु खुसी छैन । सुखी मान्छेहरु त त्यसै खुसी हुन्छन् नि होइन र “? मैले कुरालाई अलि कोट्याउन खोजे । कुनै दिन समय आए सबै कुरा भनम्ला सर “!!!
यति भनेर ज्योती अफ लाइन भईन् ।
यसरी हाम्रो दिनहुँ जसो च्याट भैरहन्थ्यो मैले नबोलाए पनि ज्योती आफै बोलाउथीइन् | आज चाँहि मलार्इ ज्योतीको यथार्थ जान्न मन लाग्यो ,  र सिधै भने सधै कुरा नलुकाउ ज्योती तिमी किन सुखी भएर पनी खुसी छैनौ ?
आज पनि उस्तै निरन्तरता “कुनै दिन भनौला” ?
“अह हुँदैन, आज खुलेर भन  । केहि समस्या भने मेरो तर्फबाट हुने सहयोग तिमीलाई हुनेछ”
मैले सहानुभुती दिए ।
“मैले हजुरबाट सहयोग,सद्भाब पाउने आशाले नै यो सब कुरा भनेकी हुँ”
अब भने मलार्इ आज कुरोको चुरो के हो ? आजै थाहा हुन्छ भन्ने लाग्यो । भन अब सबै कुरा…धेरै समय टाइपिंग देखाइरह्यो कुरा लामै रहेछ भनेर प्रतीक्षा गरिरहे………”हजुरको नम्बर सेन्ट गर्नु म फोनमा भन्छु सबै कुरा”  करिब तीन मिनेटपछी रिप्लाई आयो ।

ढिला नगरी आफ्नो नम्बर पठाईदिए र ल्यापटप बन्द गरि बेडमा पल्टिए ।  समय रातीको एघार बजिसकेको थियो । ज्योतीको फोन आयो-
“भन तिमीलाई के समस्या छ ? मैले के सहयोग गर्न सक्छु” ?
औपचारिकता च्याटमा बाँधिएपछी फोनमा अरु कुरा भन्न जरुरी ठानिंन ।

“के म आमा बन्न पाउदिन ? बच्चा नहुनुमा मेरो श्रीमानको दोष छ त म के गरु ?
ज्योतीको कुरा मैले सोंचे भन्दा अलि फरक थियो ।
“किन नपाउनु मज्जाले पाउछौ ज्योती बुढासंग सल्लाह गर, अनि बच्चा जन्माउ”।  अलि हलुका पाराले बोले मैले ।
“हजुरले कुरा नै बुझ्नु भएन सर ”
“मेरो बुढाको चाहना हुँदाहुँदै पनी उहाँले बच्चा दिन सक्नुभएको छैन । बिहे गरेको डेढ बर्ष भयो | उहाँमा कमजोरी छ बच्चा नहुनुमा ।
के थाहा बच्चा नहुनुको कमजोरी तिमीमा पो छ कि ? ”
“अहँ ममा कमजोरी छैन”
“तिम्रो कमजोरी छैन भनेर कसरी भन्न सक्छौ ?  के तिमीले पहिले अरुसंगको पेट बोकेर गर्भपतन गरेकी थियौ र ?” हल्का पाराले गम्भीर प्रश्न गरे मैले । “अहिले मार्दिन्छु अनि”ज्योतीले नक्कले पारामा भनिन्। विज्ञान र प्रविधिको यस्तो युग छ ।आजको दुनियामा के कुरा असम्भब छ र ? सब कुरा सम्भब छ । बुढालार्इ मनाउ अनि चेकअप गर बच्चा दिन उहाँ अयोग्य भए टेस्टयुब बेबी राख्न सकिन्छ कयाैं बच्चाहरु छन् यस्ता अहिले नेपालमा ।

” बुढा अलि संकीर्ण हुनुहुन्छ । मेरो पेटमा अरुकै बच्चा हुर्किन्छ भन्ने हिनता गर्नुहुन्छ । कयौ पटक मैले प्रस्ताब गर्दा पनि उहाले मान्नु भएको छैन ।  एकचोटी त भैहाल्छ नि ज्योती मान्छेको आठ दश बर्षपछी त हुन्छ | यस्तै दलिल पेस गर्नुहुन्छ अर्जुन” ..अर्जुन गिरि अर्थात ज्योतीको बुढा । ” यस्तै तर्कहरुले कुरा टार्न खोजे पनि बच्चा नहुनुमा मभन्दा धेरै चिन्ता छ उहाँलाई।  बुवा,आमाको नाती खेलाउने उत्कट चाहना को बीच …अर्जुनलार्इ सन्तानको चाहना नहुदो हो त हरेक पटकको ससर्गको पछी न उठ सुति राख बच्चा हुन्छ कि ? भन्ने आसातित भाब व्यक्त हुदैनथ्यो होला “। ज्योती अलि बढी खुलेरै बोलिन ।
“मलाइ तपाँर्इको सन्तानको निधारमा अर्जुनको भाग्य राख्नु छ के हजुरले सहयोग गर्न सक्नुहुन्छ”| अर्थात थाहा नहुने तरिकाले मलार्इ हजुरको सन्तान चाहियो यति काम गरिदिएर मेरो घरको परिवारको खुसी दिन सक्नुहुन्छ ?” तपाइँको बच्चा चाहियो | यति सजिलैसंग ज्योतीले कुरा राखेपछी मलार्इ अनौठो लाग्यो ।
बिहे अरुसंगै सन्तान मेरो चाहिने यो कस्तो अनौठो ? …घर परिवार र श्रीमानको खुसीका लागि अरुकै नासो ग्रहण गरेर दुःख झेल्ने सति सावित्री कि अबैध सम्बन्ध राख्ने चरित्रहिन महिला ?”उनलाई म कसरी बुझौं ? खुब ठूलो नैतिक संकटमा फसे म , समाजले बैधानिकता नदिएको अबैधानिक सम्बन्धको लागि म कसरि राजि हुनु ? राजि नहोउ भने मैले चाहेकी ज्योतीको खुसी फर्काउने मौका मेरो जिम्मामा थियो । “मामुको हेरचाह गर्न भनेर म छिट्टै आउदैछु एक महिनाको लागि ” यत्ति भनेर ज्योतीले फोन राखिदिईन ।

केहि दिनपछी ज्योती माइत आइपुगिन्। उनी आएपछिका मेरा प्रत्येक रातहरु ज्योतीसंगैका रंगिन रातहरु बने । चुकुल नलगाएर एघार बज्दासम्म म ज्योतीको प्रतिक्षामा हुन्थें । जब ढोका घर्याक्क हुन्थ्यो ज्योती आएको सहज अनुमान हुन्थ्यो । एघार बजे आएकी ज्योती बिहान चार नबज्दै उठेर आफ्नो कोठामा जान्थिन् । यसरी म्याडमको स्याहार सम्भार र ज्योती संगको मेरो सम्बन्धको निरन्तरताले दश दिन नाघेको थियो ।
हजुरको सन्तान मेरो पेटमा हुर्किरहेको छ म प्रेगनेन्ट छु एघारौ दिन ज्योती मेरो अँगालोमा बेरिदै सुनाइन् ।  “अचम्म लाग्यो सम्बन्धको पन्ध्र दिन नपुग्दै कति छिट्टै भएछ फेरी कसरि थाहा पायौ ? ” मैले सोधे ।

“प्रेगनेन्ट टेस्ट मैले बर्दियाबाटै बोकेर ल्याएको थिए ”
अर्थात् योजना बनायर नै ज्योती आएकी रहेछिन् ।

“यसरी हाम्रो लिभिंग टूगेदारका एक महिना बिते | उनी भोलि नै घर फर्किने कुरा सुनाइन् , आजको रात र हजुरसंगको साथ मेरो अन्तिम हो  । आजको रात जति रंगिन बनाउनु छ मर्जी गर्नुस् सर”
“ज्योती अब तिमीले बुढालार्इ छाडीदेउ  । तिम्रो पेटमा मेरो बच्चा छ  । हामी भागेर कतै टाढाको दुनियामा जाउं ”
खासमा मलार्इ अब मेरो सन्तानको माँया लाग्न थालिसकेको थियो ।
“होइन सर तपाइँसंग त हजुरको बन्दै गरेको सुन्दर जीवन छ । मेरो अर्जुनको सपनाको सुन्दर बगैचा उजाडेर बिरूप बनाउन चाहदिन म ।अर्जुन हजुर जस्तै ह्यान्डसम हुनुहुन्छ सन्तान सुख बाहेक धन सम्पती माया सब चिज पाएको छु अर्जुनबाट । अब सन्तानसुख हजुरबाट पाउनेछु सर  । यसका लागि तपाईलाई धन्यवाद ।अबका दिन तपार्इ मेरो एक शिक्षक बाहेक केही हुनुहुने छैन । ज्योतीको खुसिको लागि मैले मौन स्विकृती दिए र अन्तिम रात भरपुर आनन्दीत रात बनाएँ ।

यसरी अरुकै बनेकी ज्योती सपनामा जस्तै आइन्अनि विउझिंदा गायब भए जस्तै भइन्। उनीसंगको स्पर्श खालि सपना बनेर रह्यो मेरो लागि  । भुल्ने प्रयास गर्नु बाहेक अर्थोक बिकल्प थिएन मसंग |

नौ महिना पछी ज्योतीले छोरालाई जन्म दिइन् , भारती सरले भनेका थिए – छोरीले आठ महिनामै नातीलाई जन्म दिइछे । आठ महिना होइन मसंगको एक महिना सहित नौ महिना ठिकै त हो नि मन मनै सोचे पनि बाहिर भन्ने कुरा भएन | ज्योतीको स्वास्थ कस्तो छ ? मैले भारती सरलाइ सोधे “राम्रै छ शर्मा सर” भारती सरले ज्योतिको बारेमा जानकारी गराए ।
सरासर कोठामा छिरे र एक खिल्ली सिगरेट निकालेर सल्काए अनि फेसबुक लगइन गरे ।
“छोराको मामु भएकोमा तिमीलाई बधाई छ। ” ज्योतीलार्इ म्यासेज गरे ।
ज्योतीले म्यासेज हेरे पनि रिप्लाई केहि गरिनन् । बेला-बेलामा उनलाई च्याटमा बोलाउथें, म्यासेज हेरेर पनि उनले कहिल्यै म्यासेज रिप्लाइ गरिनन् | खै उनले किन रिप्लाई गर्न जरुरी ठानिनन् । उनले वास्ता गर्न छाडेपछी मैले पनि उनलाई च्याटमा बोलाउन छाडें ।

दसैं बिदापछी म दाङ फर्किए , घरमै बसिरहेको थिए । पछिल्लो समय युटूबमा भएका नेपालि प्रांक भिडिओ हेरेर मज्जाले हास्ने गरेको थिए । ल्यापटप खोले र आसिशको नयाँ प्रांक भिडिओ हेरें । आशिष प्रांक गर्दा रिस्क लिएर गर्छन् असाध्यै मन पर्छ मलार्इ । प्रांक हेरिसके पछी फेसबुक खोलें । ज्योतीको फेसबुकमा बच्चा सहितको ज्योतीको एउटा फोटा ट्याग भएको थियो अर्जुन नामको फेसबुकबाट । ज्योतीको काखमा हुर्किरहेको मेरो नासो पहिलो पटक फेसबुकमा देखें मैले  धन्न मभन्दा बेसी ज्योतीसंग अनुहार मिलेको पाए बच्चाको । मन कस्तो-कस्तो भयो र सिगरेटको तल-तल लाग्यो सिगरेट सल्काए अनि कमेन्टमा लेखे-
“कपि अफ अर्जुनजी”
“हुनु परेन त अर्जुनको छोरा भएपछी”
केहि समयपछी अर्जुनको रिप्लाई आयो |म भने एक्लै मुसुमुसु हासे ।
भनिन्छ – पाउनु मात्र माँया होइन,गुमाउनु पनि माया हो । मैले ज्योतीको माँयामा गुमाएको मात्र थिए,ज्योतीको खुसिको लागि , पहिला ज्योतीलार्इ गुमाए,फेरि ज्योतीको काखमा हुर्किरहेको मेरो नाशो गुमाए । सायद यही नै लेखेको थियो मेरो भाग्यमा ।

रातको दुर्इ बजिसकेको थियो अब निन्द्रा लाग्यो के तपार्इले मेरो कथा लेखेर छाप्न सक्नुहुन्छ त लेखकजी ? उनले मलार्इ प्रश्न गरे,..अवस्य लेख्छु तर कथा बन्छ कि के बन्छ मलाइ थाहा छैन । मैले जवाफ फर्काए .. काठमाण्डौ भेट भएका साथी संग एक रात संगै बस्ने मौका मिलेको बेला उनको कथा सुन्ने अवसर मिलेको थियो मलार्इ…उनको कथाको टाइटल टिपेर कापि कलम बन्द गरेर म पनि निदाएँ ।