• Friday 26th , May 2017 | शुक्रबार, जेष्ठ १२, २०७४

विश्व सशक्त राष्ट्रवादमा, नेपाली नेतृत्व विचलनवादमा

काठमाडौं ,
दोस्रो विश्वयुद्ध पछि दुनिया एक पटक फेरि खरो राष्ट्रबादको दिशामा उन्मुख छ । सुचना, प्रविधि, विकास र प्रगति जुनसुकै नाराले पनि मानवीय भावनाहरुलाई लत्याउन सकेन । पुँजीवादको हरेक वस्तु विश्वव्यापीकरण र माक्र्सवादको मानिसको अन्तराष्ट्रिय जातिका सन्देशहरु व्यवहारको मैदानमा ओर्लन सकेनन् ।

इतिहासले फेरि सशक्त राष्ट्रबाद तर्फ विश्वलाई मोडिरहेको छ । रुसमा भ्लाद्मीर पुटीनको निरन्तर वर्चस्व, चीनमा सी जीन पिङको वढ्दो प्रभाव, भारतमा मोदीको उदय र अमेरिकामा ट्रम्पको विजय यसका ज्वलन्त उदाहरणहरु हुन् । यी सवैलाई राष्ट्रबादमा नाप्ने कसी आ–आफ्नै छन् ।

160100-stpua

पुटीन शोभियतकालिन सेना र भुगोलको महत्वाकाँक्षामा छन् ।उनको त्यस महत्वाकाँक्षालाई प्रत्यक रुसीले आफ्नो महत्वाकाँक्षा सम्झेको छ र पुटीनप्रति गर्व गरेको छ । जनताको राष्ट्रबादको रुझानमा हौसिएका पुटीनले क्राइमिया मस्कोमा गाभे, उनले अहिले विकास गरेको आर्थिक वृद्धिदर र सैन्य संरचनाको अकल्पनिय सफलता रुसी महासंघको भुगोल पुनस्र्थापित गर्न उद्दत छ । यतिवेला पुटीन रुसमा स्टालिनको राष्ट्रवादमा वाँधिएको प्रतित हुन्छ ।

bn-nz640_china3_p_201

चीनमा राष्ट्रपति सी जीन पिङको हातमा पार्टी, सत्ता र सेनाको एकिकृत कमाण्डको गहिरो अर्थ छ । दर्शन, राजनीति र अर्थको मामिलामा सी को रणनीति समाजवाद तर्फ उन्मुख हुनसक्ने विश्लेषणहरु उनको आगमनसंगै सुरु भएका थिए । जुन अनुमानहरुलाई उनको कार्यकालको यस अवधिले थप बल पुर्याएको छ ।

तिव्वतमा वलियो शासन, ताइवानमाथि पूर्ण नियन्त्रण,हङकङको शासन व्यवस्थालाई वेइजिङको शैलीमा रुपान्तरणको अभ्यास र साउथ चाइना सी मा इन्टरनेशनल ट्रयुबिनलको फैसलालाई रद्दीको टोकरीमा मिल्काउँदै समन्द्रमा कृत्रिम द्धिप देखि जमिनमा गुड्ने, पानीमा तैरने र आकाशमा उड्नसक्ने सैन्य सामानहरुको निर्माण गर्नुले उनको राष्ट्रवाद चीनको इतिहासकै सर्वाधिक शक्तिशाली वन्दै गएको विश्लेषण गरिएको छ ।वेल्ट एण्ड रोड इनिसियटिभ मार्फत उनले संसारमा चीनको आधुनिक शान्त साम्राज्य विस्तार गर्न चाहेको सहजै अनुमान गर्न सकिन्छ ।

19-indira-gandhi-narendra-modiत्यसैगरि भारतमा हिन्दुत्व, राष्ट्रबाद र विकासको नारामा उदाएका नरेन्द्र मोदी अर्को कार्यकालका लागि काश्मिरमा सर्जिकल स्ट्राइकको वाहाना खोज्दै छन् ।अरुणाञ्चलमा चीनसंग निहुँ खोजेको अभिनय काश्मिरमा पाकिस्तानसंग लडाई,आन्तरिक अवस्था र जेल प्रशासनमा हेर्दा अल्पसंख्यकहरुमाथी भयानाक फाँसीबाद उनको सफलता हुन् । यीनै जगमा टेकेर भारतमाता र जय हिन्दको नारामा मोदी दोस्रो कार्यकालको सुनिश्चित गर्दैछन् ।

भारतीय जनताले, चीनसंग निहुँ खोजेको वाहाना गर्नु र काश्मिरमा सर्जिकल स्ट्राइक गर्नुलाई मोदी सरकारको कट्टर राष्ट्रवादका रुपमा हेरेको छ । गरिवहरुको कन्त विजोगवारे कहिं कतै चर्चा छैन तर फ्रान्स, जर्मन, अमेरिका र रुस संगका अर्वौ डलरका सैन्य सम्झौतालाई त्यहि राष्ट्रवादको कसीमा राखेर भोका नागरिकहरु पनि वाही वाही गरिरहेका छन् ।

trump-roosevelt-sp_

त्यस्तै संसारकै उच्च चेतनाद्धारा लैस र विश्वव्यापीकरणका नमुना मानिने श्वेत अमेरिकीहरुले डोनाल्ट ट्रम्पलाई दर्जनौ स्क्याण्डलहरुलाई वेवास्ता गर्दै विजयको मञ्जिल चढाईदिनुले पनि उनीहरु कट्टर राष्ट्रबादको नेतृत्व खोजीरहेका थिए भन्ने एकिन गर्न सकिन्छ ।

अमेरिकामा श्वेतहरुको राष्ट्रवाद, अश्वेत र एसियालीहरुको वढ्दो उपस्थिती विरुद्ध थियो । जुन सतहमा व्यक्त नभएपनि सुसुप्त अवस्थामा त्यो विकराल वन्दै थियो भन्ने कुरा ट्रम्पको विजयले सावित गरेको छ । आप्रवासीहरुमाथि नियन्त्रण, गैर कानुनी रुपमा वसोवास गर्नेहरुलाई स्वदेश फिर्ता, रोजगारीमा वहुसंख्यक श्वेतहरुको अग्राधिकारको आशय ट्रम्पका नारा थिए । जसलाई वहुसंख्यक श्वेतहरुले निकै राष्ट्रवादका रुपमा हेरे ।

यसको निष्कर्ष के हो भने गएको दशक यता संसारका अधिकाँश मानिसहरुमा राष्ट्रवादको अपनत्व सवार छ । ति अधिकाँश मानिसहरुको मन र मतको प्रतिनीधित्व गर्नेहरु सत्तामा छन् र उनीहरु पनि सशक्त राष्ट्रवादमै छन् । यहि राष्ट्रवादले उग्र रुप लिदै गर्दा एक पटक विश्वका सीमारेखाहरु पुनः हेरफेर हुने गरि तेस्रो विश्वयुद्ध अनिवार्य जस्तै वन्दै छ ।

jung-bahadur-rana

कुनै समय एशियाको टाइगर एक सार्वभौमसत्ता सम्पन्न मुलुक जसले थुप्रै मोर्चामा इष्ट ईण्डिया कम्पनी अर्थात व्रिटीसलाई समेत हराएको थियो त्यो अहिले इतिहासकै लाछि छ । जनतामा राष्ट्रवादको भावना उर्लदो गतिमा छ । भारतको नाकावन्दी थेग्न नेपालसंग कुनै उपाय र औजार थिएन मात्रै जनताको राष्ट्रवादी भावनाको कदर केपी ओलीले गरिदिएको महसुस भएपछि सरकार विरुद्ध कुनै दिन सडकमा नारावाजी भएन ।

ओली पछि प्रचण्डले जुन दिनबाट सरकारको नेतृत्व गरे आम जनता उनको विपक्षमा छ । भारतसंग उनले गरेको २५ वुदे सहमति, दिल्लीका नाजायज चासो संवोधन हुने गरि संविधान संशोधनको वाचा, संविधानमा हिन्दी भाषालाई सम्पर्क भाषाको मान्यता, भौगोलिक संरचनामा पुनः हेरफेर आदिले आम नागरिक उनीसंग चिढिएको छ ।

आफुमाथि चौतर्फि आक्रमण भएकोमा प्रचण्ड हैरान छन् । तर उनको रक्षा गर्न आम जनता र सचेत नागरिकलाई कुनै वाध्यता छैन । किनकी उनले दोहोरो सुविधा पाउन सक्ने छैनन् । भारतीय शासकबर्गबाट पद ,प्रतिष्ठा र शक्तिको रक्षा उनलाई प्राप्त भएसम्म नेपाली जनताले उनको विपक्षमा आवाज उठाइरहन्छन् । शासकको रक्षा पहिलो जनताले गर्छन् र नजिकका मित्रहरुले गर्छन ।

दोस्रो भोली अनिष्ठ निम्त्याउने गरि वदनियत राख्ने शक्ति केन्द्रहरुले । प्रचण्ड जनता र मित्र संग नगएर एकै चोटी नेपालमाथी वदनियत राख्ने शक्तिकेन्द्रको शरणमा पर्न पुगे । जनता चिढियो । यो सिक्कीम विलय गर्दाको अवस्था होइन जनता जागरुक छन् । भारतीय शासकका हरेक कदमप्रति नेपाली जनता संका गर्छन,निगरानी गर्छन र अन्तिम घडिमा प्रतिवाद गर्छन । नाम्गेलको भूमिका खेल्ने कसैको चाहाना भए त्यो नेपाली माटोबाट पुरा हुने छैन ।

त्यो संविधान संशोधनका रुपमा आएपनि, प्रवुद्ध समुहको सीमा अध्ययनका नाममा आएपनि,विदेशनीतिमा समान धारणाका नाममा आएपनि वा हिन्दी भाषालाई सम्पर्क भाषाका नाममा आएपनि जनस्तरबाट त्यसको प्रतिवाद हुने छ । भारतीय शासकबर्गको इशारामा आउने कुनै पनि एजेण्डा स्वीकार्न नेपालको जनता वाध्यकारी छैन ।