• Tuesday 28th , March 2017 | मङ्लबार, चैत्र १५, २०७३

दिल भित्र गडेकाे एउटा अधुराे प्रेम

कथा ,

%e0%a4%ae%e0%a4%bf%e0%a4%a8%e0%a4%be

मिना रेग्मी

होलेरीका ति डाँडा पाखामा खेल्दै कुद्दै जीवनले १८ औ बसन्त पार गरेको पत्तै भएन । तन मनमा वैश चढिसकेछ , ति वन पाखामा राताम्ये फुलेका गुरास जस्तै मेरो जवानी फुल्ने क्रम जारी थियो । चोली घागरा नि छोटो छोटो भयको महसुस हुन्थ्यो ! ऐना हेर्दा लाज लाग्ने, त्यो पल आफैलाई लाग्थ्यो मानौ म कुनै अप्सरा हुँ, बान्की परेको शरिर ऐनामा झट्ट हेर्दा राम्री देखिन्थे झैँ लाउथ्यो आफैले आफुलाई हेर्दा । आखा लगाउनेहरु कति आए तर सबैलाई कहाँ खादो रहेछ र मनले….कसैले चोर्नै सकेन यो मन । मेरो मन त रविन मै थियो ! वाल्यकालको साथी रविन वचपनदेखिको निकटता बढ्दो उमेर सँगै प्रेममा झांगियो । हाम्रो माँया दुबो जस्तै फैलिंदै थियो ।

आज पनि याद छ, त्यो बालापनमा गरेका सरारतहरू । होलेरीका ति पाखामा लटरम्म फलेका आलुबखडा चोरी चोरी खाएको , अनि स्कूल गएको बेला स्कूलभन्दा माथिको डॉडा मा फलेका काफल टिपी सॉधेर खाएको अहिले जस्तै लाग्छ।  बालुवाको घर बनाई धुलोसँगै हुर्कियौं । पुतली बनाई पुतलीको बिहे गरीदिन्थ्यौ त्यो बालापन आहा कति मिठो थियो । कतै मेला लागे साथिसँगी गैहाल्थ्यौ, अनि सबै जना ति ढुँगा माथि बसी सुन्तला बदम खान्थ्यौं ।

कठै त्यो वालापन फर्केर आईदिए कस्तो हुन्थ्याे होला ? होलेरीका ति पाखाहरूमा नाँच्दै,गाँउदै, उफ्रदै वाल्यकाल वित्यो , ति पाखा पखेरीसँगै हामीले मितेरी लाएका थियौं घरमाथिको डॉडामा बसेर रापिलो घाम ताप्दै सुन्तला फोक्दै खान्थ्यौ। यसरी हामीले हाम्रो किशोरावस्था पार गरेका थियौ । सुन्तलाको केस्रासँगै निलेको हाम्रो किशोरावस्था उफ..!  यौवनावस्थाका हामी दुई पन्छी माथि-माथि निलो गगन मै हराउथ्यौं । मायाको महासागरमा चुर्लुम्म डुब्थ्यौ, प्रेमि-प्रेमिकाको साईनोलाई विश्राम दिएर विवाह बन्धनमा बाँधिने हाम्रो चाहना पुरा हुनै पाएन जिन्दगीमा यस्ताे ट्रनिंग पोइन्ट आइदियो जसकाे म कल्पना गर्न पनि सक्दिन ।

क्या खेल खेल्याे नियतिले  । सम्बन्धको यति नजिक आएर नि एकाएक पछि हट्नु पर्ने भयो हामीले  ।अलग -अलग धारमा हिड्नु पर्ने भयो । किनकी रविनको ममीले उस्को बिहे तय गरी गरी सक्नु भएछ, उस्ले ‘म बिहे गर्दिन म अरू कसैलाई माया गर्छु’ भन्दा पनि उसको ममीले मान्नु भएन । विवस भयौं हामी । केही लागेन रबिनको… मैले उस्लाई धेरै सम्झाएँ ‘ममीको मन नदुखाउ उहाको चाहना पुरा गरीदेउ ‘ । रबिनले भन्थ्यो “सजिलो छैन उषा म तिमी बिना बाच्न सक्दिन तर मैले सम्झाउथे । “पाउनु मात्र माँया होइन लाटा दुई देह मिलन मात्र पनि त माँया होइन । माँया त त्यो हो, जो हृदयमा कहिले नमर्ने प्यार सिञ्चिएको हुन्छ। तिम्री ममताकी देवि स्नेही ति मातालाई दुखी नबनाउ, प्लिज ।” मैले यति भनेपछि उ केही बोल्नै सकेन । उ घर गयो ।

रविनको अगाडि जति नै लेक्चर दिए पनि केटी मान्छे म …मेरो कोमल मनमा ज्वालामुखि बिस्फोट भैरहेको थियो । भित्र- भित्रै म खरानी वन्दै थिए, विछोडको पीडा सहन सारै गारो हुँदोरहेछ। यो ठाँउ छाडेर धेरै दुर जान मन लाग्यो तर सकिन ।उस्को मायाले न जिउन दिन्छ न त मर्न केही समय पश्चात उस्को बिहे भयो | मेरो रविन अरू कसैको भयो  । अधुरै रह्याे, उस्को नामको सिन्दुरले सिउदो सजाउने सपना … ।

त्यो ठॉउमा बस्न मन लागेन  । बाबालाई भनेर म मामाको घर दाङ गएँ । त्यो ठॉउ छोडेर, रविन लाई छोडेर ….। दिनहरू क्रमशः बित्दै गैरहेको थियो । एकदिन म छतमा बसेर घाम तापिरहेकी थिए, मोवाईलमा नयाँ नम्वरबाट कल आयो मैले हेलो भनेकी मात्र के थिएँ, उता बाट मलिन स्वरमा “उषा सन्चैछौ ? कस्तो छ तिमीलाई ? ” स्वर कता-कता सुने झैँ जस्तो लाग्यो | “ठिकै छु” मैले भने उस्ले भन्यो “म रविन के।” “कस्तो छ रविन तिमीलाई?  ममीलाई अनि निशालाई ? ” मैले प्रश्न गरे । “सबैलाई ठिकै छ”उसले जवाफ दियो । निशा उसकी पत्नी थिईन्।

कहिलेकाँही कल गर्थ्यो सारै रून्थ्यो । मलार्इ माफ गर । म चाहिँ “त्याे कुरा अब नगर म खुसी छु”भन्दै टार्थे उसलार्इ …तर हर रात सिरानी आँसुले भिजिरहेको हुन्थ्यो मेरो । मैले त्यो ठॉउ छोडेपछि उ त सराबी भएछ । नशामै झुम्थ्यो अरे । मेरी साथी कोमलले भन्ने गर्थी उसको हालत सुन्दा अथाह पीडा हुन्थ्यो ।

मैले समझाउथें रबिनलार्इ आफ्नो बारेमा नसोचे पनि निशा र भावी सन्तती को बारेमा सोच भन्थे । तर उसले मेरो कुरा मानेन | हरपल नशा मै डुविरहयो अरे …….नशाकै तालमा एक दिन मलाई कल गर्यो | “उषा हामीले देखेको सपना बसाउन चाहेको घर संसार त अधुरै रहयो  । तर आज मेरो र निशाको पहिलो सन्तानले जन्म लियो । कास निशाको ठॉउ तिमी भैदिएको भए म आँफूलाई संसार जितेको ठान्ने थिएँ” भन्दै धेरै बेर रोयो | “कसरी मनाउ ? मेरो खुसी त तिमी थियाै, मेरो ओठको मुस्कान तिमी थियौ भन्दै भक्कानो छाडेर रोयो उ ।

म केही बोल्नै सकिन फोन राखीदिंए । नम्बर चेन्ज गर्ने निर्णय गरे । अन्तिम कल गरे …सरि रविन आफ्नो जीवनमा अगाडि बढ । मलाई बिर्सिदेउ ! त्यसपछी म सबैसँग सम्पर्कविहीन भै अन्जान ठॉउमा आएर बसें । रबिनदेखि धेरै टाढा अझै पनि म रबिन कै सम्झनामा आफू मैन झै पग्लीरहेकी छु र सदा उसकै यादमा बाँचीरहने छु । सदा-सदा अपूर्ण प्रेम बनेर ………..।