• Saturday 21st , January 2017 | शनिबार, माघ ८, २०७३

प्रचण्डसंग नैतिकता छ भने माफी माग्नु पर्छ ,जनमुक्ति सेनासंग

मंसिर ८ अर्थात नेपाली राजनीतिसँग जोडिएको एउटा पृथक एवम् फौजीका लागि एेतिहासिक महत्व बाेकेकाे दिन । मेरो धेरै पुराना मित्रहरूले सामाजिक संजाललाई निकै रङ्ग्याएकाे  देखिरहेको छु र यो स्वाभाविक  पनि हो । यी शुभकामना दिइरहँदा तत्कालिन सुप्रिम प्रचण्ड र उनका तत्कालीन जनरलहरुले शुभकामना दिनुको कुनै अाैचित्य छैन । शुभकामना के का लागि र कसको लागि दिने ? यदि प्रचण्ड अहिले पनि उहीँ पुरानै होसमा छन् भने आजको दिन शुभकामना होइन अाफ्ना जनमुक्ति सेनासंग माफी माग्दा उत्तम देखिन्छ ।

bibash-kumar-sejuwal

सपनाहरू त प्रचण्डले जलाए जलाए तर, जनमुक्ति सेनाको स्वाभिमान र ओजपुर्ण बिराशत नजालाउन म प्रचण्ड र उनका जनरललाई अनुरोध गर्दछु । विज्ञानको एउटा नियम के छ भने रातपछि दिन अाउँछ र दिनपछि रात । तर यहाँ विज्ञानको नियमलाई अप्राकृतिक ठानी आफू नै वैज्ञानिक हुँ भन्ने प्रचण्ड को सुन्यतावादी सोंच जबसम्म  हाबी रहन्छ तबसम्म हाम्रो एेतिहासिक गाैरवसंग  जाेडिएर प्रचण्डलार्इ कुनै हर्कत गर्ने अधिकार छैन । स्कुल पढ्ने लालाबालालाई क्रान्तिको सपना देखाएर आफ्नो भविष्य धितोमा राखी जो लडे उनीहरुलार्इ नै भरखर पेरिसडाँडाबाट सत्ताको बल प्रयोग गरि लालाबाला काखमा राम्रोसँग समात्न नपाउदै पुलिसको अपराधी राख्ने भ्यान मा जुन तरिकाले मेरा सहकर्मीलाई तिमीले अाफ्नाे कानुनी हिरासतमा राखिरहँँदा आज शुभकामना दिनुकाे कुनै अाैचित्य छैन । व्यक्तिगत लाेभ लालसा छाडेर  भविष्य यसैमा छ भनेर हिडाएका ती रक्तबिजका मुनालार्इ आफू कुर्सीमा हुने बेला अरबको भूमिमा उँडको गोठालो बनाउने तिम्रा सपना कुनै दिन त पक्कै तुइने छन् । तर त्योभन्दा पूर्व हामीले निर्माण गरेको इतिहाससित तिमिले भाग खोजेर शुभकामना दिनु र लिनु कुनै जरुरत छैन ।

शुभकामना त तिमीले उहिले दिइसकेको मानव हौ,  जतिबेला तिमीले जनमुतक्ति सेनाका पासाङलार्इ कमान्डरबाट हटाएर उही सत्ताको मालिक बनायौ त्योबेला जनमुक्ति सेनाको इतिहासलाई ज्यूँदै जलाइसकेका थियौ तसर्थ अाज तिम्रो शुभकामनाको कुनै तुक छैन । अन्त्यमा याे भन्न चाहान्छु कि हिक्मत हारेको घोडा र सिकारबाट भागेको कुकुर एउटै हुन्छ । तिमी यही भन्न लायक बाहेक म अरु देख्दिन । त्यसैले प्रचण्ड जि मेरो आग्रह आज शुभकामना नदिनु सकिन्छ भने त्यो पुरानो सत्ताको कुर्सीबाट आतंककारीको उपहार दिए मलाई र मेरो सहयात्री लाई सन्तोसजनक उपहार यहि हुन्छ । किन मेरो सहयात्री आतंककारीको नामबाट त्यही सत्ताले निर्मम हत्या गरेको पीडा छ म सँग ।

अन्तमा महान् शहिदप्रति श्रद्धा सुमन प्रकट गर्दै खाडिमा उँट चराइरहेका मेरो सहकर्मीदेखि अझै पनि क्रान्तिका निम्ति नथाक्ने मेरो सहयात्री अनि ती सुन्दर बस्तीमा उसैगरी बसिरहेका मेरा अपहेलित ती अनुहारहरुमा जनमुक्ति सेना स्थापना दिवस को हार्दिक मंगलमय शुभकामना दिन चाहान्छु ।

Loading...