• Saturday 21st , January 2017 | शनिबार, माघ ८, २०७३

‘प्रचण्ड जस्तै शाशकको कारणले भारतले सिक्किम निलेको हो’-भिडियो

काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले सरकारले संसदमा दर्ता गरेको संविधान संसोधनकोे विधयक भारतीय विस्तारबादीको इसारमा दर्ता भएको बताएका छन् ।

वहुराष्ट्रवादको नाममा देशलाई टुक्राएर सिक्किमीकरण गर्नका लागि भारतले नयाँ लेण्डुप दोर्जेहरु खोजिरहेको भन्दै उनले संघियता नै देशको लागि क्यान्सर भएको बताए । मधेशी दलहरु नेपाललाई सिक्किमिकरण गर्न भारतको खेताला मात्रै भएको बताउँदै केसीले सरकारले दर्ता गराएको संविधान संसोधनको प्रस्ताव पारीत हुन नदिन सम्पुर्ण राष्ट्रवादी शक्तिहरु एक जुट हुनु पर्ने बताए ।

”तराइलाई पहाडबाट अलग गर्ने र अन्तत सिकिमीकरण गर्ने उद्देश्य अनुरुप केपी ओली सरकार विस्तापित गरेर भारतले भनेको एजेण्डा लागु गर्ने सर्तमा देउवा र प्रचण्डको समिकरण भारतले नै मिलाएको पनि स्पस्टैसँग जनताले बुझिसकेका छन ।

वहुराष्ट्रबादको नाममा देशलाई टुक्राएर सिकिमीकरण गर्नका लागि भारतले नयाँ लेण्डुव दोर्जेहरु खोजिरहेको थियो । तिनले प्रचण्ड र देउवालाई भेट्टाए । संघियता नै देशको लागि क्यानसर हो ।

नेपालका मद्येशी दलहरु नेपाललाई सिकिमिकरण गर्न भारतको खेताला मात्रै भए । सरकारले दर्ता गराएको संविधान संसोधनको प्रस्ताव पारीत हुन नदिन सम्पुर्ण राष्ट्रबादी शक्तिहरु एक जुट हुन आवश्यक छ ।

अब लाग्छ,नेकपा एमालेले पनि महाकाली संधीमा गरेको जस्तो गल्ती दोहोर्याउने छैन । मेरो विश्वाश छ । राष्ट्रिय जनमोर्जाले पनि संघियताको विपक्षमा संसोधन प्रस्ताव दर्ता गर्ने छ ।

कुनै पनि हालतमा सरकारले ल्याएको प्रस्ताव पारीत हुन दिन हुँदैन । आमालाई पोइल पठाएर जारी लिन तयार हुने सांसदहरुले मात्रै सरकारले ल्याएको संसोधनको प्रस्तावको पक्षमा मतदान गर्नेछन । ”

चित्र बहादुर केसीको भनाई भिडियोमा हेर्नुहोस

Loading...