• Monday 24th , April 2017 | सोमवार, बैशाख ११, २०७४

‘नेपाली समाप्त गर्ने षडयन्त्र असफल पारेरै छाड्छौ’-भिडियो

‘देशलाई विखण्डन गर्ने षडयन्त्र ‘

bamdev-gautamकाठमाण्डौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अब आफू प्रधानमन्त्री हुने दाबी गरेका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उपाध्यक्ष गौतमले यस्तो बताएका हुन् ।

‘अब म प्रधानमन्त्री बन्छु । पार्टीमा सहमति बनिसकेको छ ।’ उनले भनेका छन्– ‘पार्टी अध्यक्ष केपी ओली, बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले पनि समर्थन गर्छु भन्नुभएको छ ।’

उपाध्यक्ष गौतमले भनेका – ‘अब ७ वटै प्रदेशको सिमांकन उत्तर–दक्षिण बनाउनुपर्छ, यसले मात्रै मुलुकको हित हुन्छ ।’ उनले विगतमा एमालेको नेतृत्वले ५ नम्बर प्रदेशका पहाडी जिल्लाहरुलाई टुक्र्याउेगरि सिमांकन हेरफेर गर्नेगरि प्रस्तावमा हस्ताक्षर गरेर गम्भिर गल्ती गरेको आरोप लगाए ।

‘ओलीले हस्ताक्षर गरेर महापाप गर्नुभयो, सम्वाद समितिमा बुझाएको प्रस्ताव नै गलत थियो ।’ उनले भने– ‘देशलाई विखण्डन गर्न मधेशका केही नेताहरु लागेका छन् ।’

भिडियो हेर्नुहोस