• Tuesday 17th , January 2017 | मङ्लबार, माघ ४, २०७३

शव्दकाेशकाे दशाैं संस्करणका लागि समिति गठन, नवाैं संस्करणका केही प्रविष्टि सच्याइने

काठमाडौं, नेपाल प्रज्ञा-प्रतिष्ठानले ‘नेपाली बृहत् शब्दकोश’ को दसौं संस्करण तयारीका लागि समिति गठन गरेको छ ।प्रतिष्ठानले कुलपति गंगाप्रसाद उप्रेतीको संयोजकत्वमा संशोधन समिति गठन गरेको हो ।

गत कात्तिक ३० गते बसेको प्रज्ञापरिषद्को बैठकले गरेको निर्णय अनुसार बृहत् शब्दकोशको दसौं संस्करणको तयारीका लागि समिति गठन गरिएको प्रतिष्ठानले जनाएको छ । सो बैठकले नवौं संस्करणका केही प्रविष्टि सच्याउने निर्णय समेत गरेको थियो ।

दसौं संस्करण संशोधन तथा तयारी समितिमा कुलपति उप्रेतीका साथै प्रा. गोपीकृष्ण शर्मा, डा. तुलसी भट्टराई र सह-प्राध्यापक हेमनाथ पौडेल सदस्य रहेका छन् भने डा. कर्णाखर खतिवडालाई प्राविधिक परामर्शदाताका रुपमा मनोनयन गरिएको छ ।

नवौं संस्करणमा भएका केही प्रविष्टि सच्याउँदै नयाँ संस्करण प्रकाशन गरिनुका साथै संशोधित संस्करण प्रतिष्ठानको वेबसाइटमा समेत राखिने कुलपति उप्रेतीले जानकारी दिएका छन् ।

Loading...