• Tuesday 17th , January 2017 | मङ्लबार, माघ ४, २०७३

५०० के जी ताैल भएकी महिलाले पाइनन् प्लेनकाे टिकट

एजेन्सी, इजिप्टकाे राजधानी कायराेमा बस्ने ५०० किलाेग्राम ताैलकी ३६ वर्षिया र्इमान अहमन अाफ्नाे अपरेशनका लागि मुम्बै जान चहान्थिन् । तर भिजा नलागेका कारण दुःखी बनेकी थिइन् । उनकाे  गुहार जब भारतीय विदेशमन्त्री शुष्मा स्वराजसम्म पुग्याे उनले इमानकाे अवस्थाकाे सहयाेग गर्ने अाश्वासन दिइन् । ३६ वर्षिया अहमनकाे यस कुरामा दुखित छन् की अत्याधिक ताैलका कारण कुनैपनि एयरलाइन्स उनलार्इ मुम्बै लैजान चाहादैनन् ।

इमान चल्न चटपटाउन सक्दिनन् । अघिल्लाे २ दशकदेखि उनी बिस्तारामै छिन् । कायराेदेखि मुम्बैका लागि डाइरेक्ट फ्लाइट छैन । सबै प्राइभेट फ्लाइटले उनलार्इ लैजान नसकिने बताएपछि अहिले उनी तनाबमा छिन् । मुम्बै मिररका अनुसार कुनै पनि एयरलाइन्स इमानलार्इ मुम्बै लैजान तयार छैनन् । यदि काेही तयार हुन्छ भने त्यस फ्लाइटमा उनकाे ताैल देखेर निर्णय बदल्न सक्छन् ।

जेट एयरवेजकाे वेबसाइटका अनुसार उसकाे फ्लाइटमा जुन स्ट्रेचर छ त्यसले केबल १३६ केजीसम्मकाे ताैलकाे बिरामीलार्इ मात्र लैजान सक्छ । तर एयर इंडियाकाे फ्लाइटमा ताैलकाे कुनै लिमिटेसन राखिएकाे छैन । विशेषज्ञका अनुसार इमानले फ्लाइट पाउनका लागि प्रतिक्षा गर्नै पर्छ र याे निकै गाह्राे छ । एयर इंडियाका मेनेजिङ डाइरेक्टर अश्विनी लाेहाेनीले यदि यसका लागि अाैपचारिक रूपमा अनुराेध अायाे भने विचार गर्नुपर्ने बताए ।

Loading...