• Wednesday 18th , January 2017 | बुधबार, माघ ५, २०७३

समाजमा केबल महिला हिंसाकाे कुरा गरिन्छ, किन केही बाेलिंदैन पुरूष हिंसाकाे विषयमा ?

लक्ष्मण सिटौला,यतिबेला हामीले महिलाहिंसा बिरुद्धकाे१६ दिने अन्तर्राष्ट्रिय अभियान दिवस मनाइरहेका छाैं । हामी सबैले ब्याच लगाएका छौ, महिला हिंसा अन्त गरौं भन्ने स्लोगान सहितको । कोटको खल्तिमाथि ब्याच भिरेर हिड्ने तिनै पुरुषको प्रातडना सहेका होलान् कतिपय महिला दिदीबैनीहरुले । ब्याच भिर्नु एउटा कुरा, महिलालाई सम्मान माया र सुरक्षा दिनु अर्को कुरा । हामी सधै महिलाको सुरक्षाको लागि चिन्तित रह्यौ र उनीहरूलाई स्वतन्त्र बाँच्ने आधार निर्माणका लागि तयारी रहेनौ र फलतः महिला पुरुषकोमात्र अधिनायकवादमा फसिरहे।

महिलाको बर्बादीको पछाडि पुरुष मात्र जिम्मेवारी छन् त ? के महिला आफै पनि जिम्मेवारी छैनन् ? पुरुष पात्र चाँही महिलाको कारणले के कहिले पनि प्रताडित हुदैनन् ? सबै दोष पुरुष लाई थोपरेर महिला आफू चै सधैं चोखो र पवित्र बनिरहने परम्पराको बारेमा कहिले चासो राखेनौं हामीले । कानुन पुरुषलाई भन्दापनि महिलाको हितमा नै बनेका छन।

कानुनले महिलालाई अत्याधिक सुरक्षित संरक्षित र सम्बर्धित बनाएको छ। हामी सधै आमाको आँसुको कुरा गर्छौ तर खेतको आलिमा कोदाली बिसाएर बुबा रोएको कुरा कहिल्यै गर्दैनौ र बुबालाई कहिले सहानुभूति पनि राखेनै।मानौं बुबाको आँसु पानी हो र आमाको आँसु मोति हो । खेत खनेर नसकि भातको भाग लाग्दैन भान्सामा नआउनु भन्छिन् आमाले बुबालार्इ ,मानौं बुबा त्यो घरका एक हली मात्र हुन्।

पुरुषले सधै ५० डिग्रीको तापक्रममा उसिनिएर घरमा पैसा पठाइ रहेका छन् र पत्नीलार्इ भनिरहेका हुन्छन भो तिमी दुख नगर, म छु पैसा पठाउछु । तिमी आनन्दले बस। कति नारीहरु पतिको कमाइमा रमाउदै बाचेका छन र पतिको अनुपस्थितको फाइदा लुटेर परपुरुषसंग सल्किएर हजारौ घर बरबाद भएको कुरा पनि छन् । महिलालाई बिचरी मात्र बानायौ हामीले किन ? नेपाली समाजले यदि महिलालाई तल मात्र राख्ने सोच राखेको भए शायद यो देशको शासन बागडोरमा महिलाले हालिमुहाली गर्न सक्थैन थिए होलान। तलका सत्य कुराहरू ले अझै पुष्टि गर्छ कि पुरुष पनि कति प्रताडित छन महिलाहरूबाट भन्ने कुरा ।

१) ०६८ सालको चैत महिनामा जब राजु घले कत्तारबाट आफ्नो घर चैनपुर आए ६ बर्ष काम गरेर पठाको पैसा गर गहना लिएर नाबालक दुई सन्तानलाई छोडेर धर्मपत्नी पोइला गइन।प्रत्येक पटक बिदेश बाट फोन गर्दा श्रीमती घरमा छु बच्चालाई बोर्डस गरेकी छु भन्दिरहिछन तर आँउदा अर्कैको भैसकेकी।
२)समाखुशीमा एक गरिब परिवार ,तर पछि घर जग्गाको कारोबार गरि धन दौलत जोडी आफ्ना बालबच्चालाई राम्रो स्कूलमा राखेर पत्नीको सबै सोख पूरा गरिदिएका एक इमान्दार पुरुष थिए।उनकी पत्नीले एक आर्मी जवानलाई भार्इटिका लगाउथिन् तिहारमा।पछि तिनै भार्इसग सबै सम्पती जग्गा जमिन गरगहना बोकेर पोइला गैदिन। र पतिको कन्तबिजोक पारिदिइन।
३) हिजोआज शहरमा लिभि टुगेदर रिलेसनसीप खुब मौलाएको छ।यो पश्चिमी सभ्यताको उपज हो।बिहे गर्नु पूर्व आफूखुशीले जोडी सम्बन्धमा बस्नु।यस्को सिकार भएका छ्न भैरहवाका किरण बि सि।एक बर्षसम्म आफ्नी केटीसाथीको माग पूरा गर्दै आएका थिए तर पछि जब किरणको काम खुस्कियो अनि उनी बेकम्मा भए र आफ्नै केटी साथीले जवर्जस्ती करणीको मुद्दा हालिन र केटालाई अंश मुद्दा हालिन ।
मन मिलुन्जेल सहमति र मन बिग्रन थालेपछि जवर्जस्ती गर्यो केटाले भनेर आफ्नै केटी साथीले सामाजिक बेज्जती गर्दिन्छिन।बिचरो त्यो किरण अहिले जेलमा छन् र केटी अर्कैसग बिहे गरि सकिन।

४)केही बर्ष अघिको घटना हो गाउँ बाट एस एल सि दिन सदर मुकाम आएको एउटा केटो १० दिनको लागि होटेलमा बस्छ र त्यही होटेलमा केही महिला विद्यार्थी पनि बस्छन्।एकै गाउका त्यो भाइलार्इ म्याथ राम्रो आउथ्यो तर तिनै मध्ये एउटी बैनीलाई म्याथ नआउनी।उनकै अनुरोधमा त्यो बैनी दुई साझ त्यो भार्इसग म्याथ सिक्न गइन् । त्यो भार्इले राम्रो सहयोग गर्यो।जाँच दुवैको राम्रो भयो।

ती बैनीले त्यो भाइलार्इ मन पराइछिन्।बिहेको प्रपोज गर्नि तर केटोले मानेन।पछि तिनै नानीले बेज्जत गरिन् कि यस्ले मलाई सम्बन्ध राख्यो।मलाई यस्ले बिहे गर्नुपर्छ भनेर।गाँउलेले केटीको कुरा सुनी जवरजस्त बिहे गराइदिए।पछि केटोले आत्महत्या गर्यो।पछि थाहा भो एक्लो छोरो धनी देखेर केटीले नै फसाएकी भनेर। र पछि ती बैनीले अपराध स्वीकार गरिन्।

पुरुष मात्र खराब महिला सधैं सोझा निमुखा, कोमल, कलिली, निरीह, नारी उनलाई सम्मान गर्नुपर्छ भनेर भन्नू एक हिसाबले ठिक थियो तर सँगै पुरुषमाथि बज्रेको प्रातडनाको कुरा पनि आउनु पर्यो समाजमा। सधैं महिला हिंसाको कुराले निर्दाेष पुरुषमाथि परेको कयौ ब्यथा नलेखिने कथा बनेका छन समाजमा ।
पुरुषबिना महिला अधुरो अपुरो र महिला बिनाको पुरुष अपुरो । फेरि किन महिलाको शत्रु पुरुष र पुरुषको शत्रु महिला ?

सधैं आमा रोएको कुरा गर्नेले ,कमाएर पालनपोषण गर्ने बुबाको आँशुको पनि कुरा गरून्, अनि पो समानता आउला समाजमा। अनि पो महिला हिंसामा पनि कमि आउला। यी माथिका चार उदाहरण सत्य घटनाका उपज हुन। पुरुषको पनि झर्ने आँसु हुन् पानी होइन।सत पथमा हिड्ने महिला र सतपथ अपनाउने पुरुषको लागि यो लेख तयार पारेको होइन।एक उज्यालो आखाले सत्य निहाल्ने सामर्थ्य सबैमा आवोस अनि मात्र यो सन्सार स्वर्ग बन्छ।

[email protected]

Loading...