• Saturday 25th , February 2017 | शनिबार, फाल्गुन १४, २०७३

जापानले अन्तरिक्षमा थुप्रिएको फोहोर सफा गर्ने, यसरी तयार पारियो यान

काठमाण्डौ- हामीलाई राजधानीका गल्ली, सडक तथा खोलानालासमेत सफा गर्न हम्मेहम्मे परिरहेको छ । तर, केही परको एशियाली राष्ट्र जापानले भने अन्तरिक्षमा थुप्रिएको फोहोर सफा गर्ने भएको छ ।

अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)का अनुसार अन्तरिक्षमा १० करोडभन्दा बढी टुक्रा ‘स्पेस जंक’ थुप्रिएको छ । यसलाई सफा गर्नका लागि जापानले एक कार्गो यान अन्तरिक्षमा पठाउन लागेको हो । यो यानमा सात सय मिटर लामो जाली जोडिएको छ । सो जाली १०६ वर्षदेखि माछा मार्ने जाल उत्पादन गर्दै आएको जापानी कम्पनी ‘नितो सिमो’ले बनाएको हो ।

के हो स्पेस जंक ?

स्पेस जंक पुराना स्याटेलाइट तथा रकेटका काम नलाग्ने टुक्रा, उपकरणसहितको कबाडी बस्तु हो । यसलाई बेलैमा सफा नगरे ठूलै संकट आउनसक्ने वैज्ञानिकहरुले बताउँदै आएका छन् ।

यदि यी टुक्राहरु कुनै दिन अन्तरिक्ष यान या स्याटेलाइट उपकरणसँग ठोक्किएमा ठूलै क्षति हुनसक्छ । नितो सिमो कम्पनीले जापानी स्पेस एजेन्सी (जाक्सा)सँगको सहकार्यमा १० वर्ष लगाएर यो जाल तयार पारेको हो ।

यस परियोजनाका प्रमुख कोइची इनोले भने, ‘आगामी महिना अनरिक्षको सफाई अभियान थाल्दैछौँ । यो प्रयोग अन्तराष्ट्रिय सफाई मिसनको एक अहम हिंस्सा बन्ने विश्वास छ ।’

यसको उद्देश्य अन्तरिक्ष यात्रीहरु तथा खर्बौँ लगाएर खडा गरिएको अन्तरिक्ष स्टेशनको बचाउ गर्नु हो । अन्तरिक्षमा यी कबाडी सामानहरु २८ हजार १ सय ६५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा घुमिरहेका छन् । यसको सानो टुक्रालेसमेत कुनै पनि कम्युनिकेशन नेटवर्कमा क्षति पुर्‍याउन सक्छ । त्यसैले यसलाई एक ठाउँमा जम्मा पारेर नष्ट गर्न लागिएको हो ।

प्यासिफिक ओशनमा नष्ट गरिने

स्टील तथा आल्मुनियमको तारबाट बनाइएको जालमा जम्मा गरिने कवाडी टुक्रालाई प्यासिफीक ओशनमा नष्ट गरिने छ । जाल निर्माता कम्पनिका एक अधिकारी भन्छन्, ‘जाक्साले एउटा मजबुत जाल निर्माणका लागि हामीलाई आग्रह गरेको थियो । त्यसपछि हामीले आल्मुनियम र स्टील वायरबाट सात सय मिटर लामो जाल तयार पारेका हौँ ।’

नासाका अनुसार अन्तरिक्षमा थुप्रिएका एक्काइस हजार टुक्रा दश सेन्टिमिटरभन्दा लामो, करिब ५ लाख टुक्रा १ देखि १० सेन्टिमिटरसम्मका र बाँकी त्यसभन्दा साना छन् । यी सबै टुक्राहरु पृथ्वीको कक्षमा निकै रफ्तारमा घुमिरहेका छन् ।

यो जालमा लगाइएको लुब्रिकेटेड तथा इलेक्ट्रो डायनामिक तारहरुले फोहोरलाई आफूतिर खिच्ने छन् । त्यसपछि यसलाई जम्मा गरेर ल्याइने छ । यी टुक्राहरुलाई वातावरणसँग धक्का दिँदा आफैँ जल्ने अनुसन्धानकर्ताहरुले बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा