• Friday 24th , February 2017 | शुक्रबार, फाल्गुन १३, २०७३

भर्ना शुल्कमा अत्याधिक वृद्धि गर्ने कलेजमा विद्यार्थीको तालाबन्दी

काठमाडौँ- नेकपा माओवादी ‘विप्लव’ निकट अखिल(क्रान्तिकारी)ले भर्ना शुल्कमा अत्याधिक वृद्धि गरेको भन्दै काठमाडौँको एक निजी कलेजमा तालाबन्दी गरेको छ । अत्याधिक वृद्धि गरेको भर्ना शुल्क फिर्ता नलिएका कारण कलेजमा तालाबन्दी गरिएको छ ।

हाँडी गाउँमा रहेको कलेज अफ वायोमेडिकल इन्जीनियरिंङ एण्ड एप्लाइड साइन्सेज कलेजले विद्यार्थी र अभिभावकलाई मार पर्ने गरि भर्ना शुल्कमा एकै चोटी ९२ हजार ७ सय ७० वृद्धि गरेको थियो ।

विगतमा आफ्नो संगठनसंग भएका सहमति विपरित वृद्धि गरेको भन्दै अखिल(क्रान्तिकारी)ले विज्ञप्ति जारी गरि गत २३ गते २४ घन्टे अल्टिमेटम दिएको थियो ।

अल्टिमेटम दिएको ५ दिनबित्दा समेत कलेजले वृद्धि गरेको शुल्क फिर्ता नलिएपछी प्रिन्सिपलको कार्यकक्षमा तालाबन्दी गरिएको अखिल(क्रान्तिकारी)का रामचन्द्र पुरीले बताए ।

अखिल(क्रान्तिकारी)ले कलेजले गरेको शुल्क वृद्धि फिर्ता नलिएसम्म चरणवद्ध रुपमा आन्दोलन तथा रचनात्मक किसिमका अन्तरक्रिया, छलफल र संघर्षका कार्यक्रम यथावत राख्ने बताएको छ ।

 

कलेज अफ वायोमेडिकल इन्जीनियरिंङ एण्ड एप्लाइड साइन्सेज कलेज (पुर्वान्चल विश्वविद्यालय) बाट सम्वन्धन प्राप्त निजी कलेज हो ।