• Tuesday 17th , January 2017 | मङ्लबार, माघ ४, २०७३

विल्सन विक्रम हिन्दी चलचित्रमा नायक, ढाका टोपी लगाएर अभिनय

काठमाडौँ- पछिल्लो समयका चर्चित हाँस्य कलाकार विल्सन विक्रम राईले हिन्दी चलचित्रमा अभिनय गरेका छन् । निर्माण समूहको आग्रहमा नाम सार्वजनिक नगरिएको उक्त चलचित्रमा विल्सनले बलिउड नायिका आयषा टाकियासँग अभिनय गरेका छन् ।

पर्दामा आयषाको जोडी बनेका विल्सनले हरेक दृष्यमा ढाका टोपी लगाएर अभिनय गरेका छन् । १५ सिनका लागि उक्त चलचित्रमा अनुबन्धित विल्सन सबै दृष्यमा आयषासँग प्रस्तुत हुनेछन् ।

भारतको महाराष्ट्रको पुनास्थित एक कोलोनीमा फिल्मको सुटिङ भइरहेको छ । उनले १० दिन सुटिङ गर्ने छन् । केही समयअघि नेपालमा कन्सर्ट गर्न आएका सांगीतिक समूहका सदस्यले विल्सनको चर्चा सुनेपछि विल्सनको सिफारिस गरेका थिए ।

आशुतोष वारङको निर्देशनमा बनेको उक्त चलचित्रमा मिल्ली सिन्नले लगानी गरेका छन् । आयशा र विल्सनसँगै मराठी नायिका सुप्रिया पिलजंकर, नील भुपालान, राजश्री देशपाण्डेलगायतका कलाकारको अभिनय रहेको छ ।

Loading...