• Sunday 23rd , April 2017 | आइतवार, बैशाख १०, २०७४

कक्षा ११ को नतिजा सार्वजनिक, ५१ प्रतिशत विद्यार्थी उतिर्ण

काठमाडौँ- राष्ट्रिय परिक्षा वोर्ड (तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद) ले गत जेठमा सञ्चालन गरेको कक्षा ११ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार साँझ परीक्षाफल सार्बजनिक गरेको हो ।

कक्षा एघारको परीक्षामा सहभागी विद्यार्थीमध्ये ५१ दशमलव ७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षामा नियमिततर्फ २ लाख ६६ हजार एक सय तीन जना सहभागी भएका थिए ।

ती मध्ये एक लाख ३६ हजार ६ सय ६५ जना उत्तिर्ण भएको बोर्डले जनाएको छ । ३३ जना परीक्षार्थीको नतिजा रद्द गरिएको पनिकाले जनाएको छ ।आंशिकतर्फ सहभागी भएका परीक्षार्थीको नतिजा भने गत मंगलबार सार्वजनिक भएको थियो ।