• Monday 24th , April 2017 | सोमवार, बैशाख ११, २०७४

मोदीलाई अन्तर्राष्ट्रिय कठघरामा उभ्याउने विद्यार्थी संगठनको चेतावनी-भिडियो सहित

काठमाडौं- संविधान संशोधन विरुद्ध उत्रिएका युवा तथा विद्यार्थी संगठनका नेताहरुले नेपालको आन्तरिक मामलामा हस्तक्षेप नगर्न भारतलाई आग्रह गरेका छन् ।

संसद्मा दर्ता गरिएको संविधान संशोधन विधेयक भारतको इशारामा आएको र राष्ट्रघाती रहेको भन्दै विपक्षी दलका युवा तथा विद्यार्थी संगठनहरुले विरोध कार्यक्रम जारी राखेका छन् । संयुक्त विद्यार्थी संगठनको नामबाट उनीहरुले सो विधेयक फिर्ता लिन र नेपालको आन्तरिक मामलामा चासो नराख्न भारतलाई चेतावनी दिएका छन् ।

शुक्रबार काठमाडौंको शान्तिबाटिकामा भएको विरोध कार्यक्रममा अनेरास्ववियुकी अध्यक्ष नविना लामाले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अन्तर्राष्ट्रिय कठघरामा उभ्याउने चेतावनी दिइन् ।

साथै अन्य नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरु मुलुकको स्वाभिमान गिराउन उद्दत रहेको आरोप लगाए । नेपालको राष्ट्रियता एकता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, सामाजिक एकता, धार्मिक सहिष्णुता जोगाउन आफूहरु सधैं लडिरहने उनीहरुको भनाइ छ ।

भिडियो हेर्नुहोस