• Tuesday 23rd , May 2017 | मङ्लबार, जेष्ठ ९, २०७४

शैक्षिक सुधारका लागि मेडिकल कलेजमा अखिल क्रान्तीकारीको अनिश्चित तालावन्दी


काठमाडौं , विप्लव माओवादी निकट अखिल क्रान्तीकारीले मेडिकल कलेजहरुमा अनिश्चितकालिन तालावन्दी गरेको छ ।

त्रिभुवन विश्व विद्यालय, काठमाडौ विश्व विद्यालय, मेडिकल कलेजका लेखाशाखाहरु सम्मको तालावन्दी मागहरुको सुनुवाइ नभएसम्म यथावत रहने अखिल क्रान्तीकारीका अध्यक्ष पूर्णबहादुर सिंहले वताए ।

शिक्षामा सुधार र त्यसभित्रका विकृति विरुद्ध सुरु गरेको संघर्षलाई निष्कर्षमा पुर्याएरै छोड्ने अध्यक्ष सिंहको प्रतिवद्धता छ । सिंहले भोली पुस ३ गतेबाट मेडिकल कलेजमा आफुहरुले संघर्षलाई नयाँ ढंगले अगाडि वढाउने वताएका छन् ।

वर्षेनी हजारौं विद्यार्थिहरु मेडिकल शिक्षाका लागि वाहिरिने क्रम तिब्र भएकोले देशको ठूलो धनराशी युवा र ज्ञानसिपको अवसर संकुचित हुँदै गएकोले आफुहरुले प्रत्यक अञ्चलमा मेडिकल कलेज विस्तार, भएका मेडिकल कलेजहरुको कोटा वृद्धि, शुल्क घटाउनुपर्ने र एकरुपता कायम गरिनुपर्ने, छात्रवृत्ति २० प्रतिशत पुर्याउनुपर्ने लगायतका मागहरु उठाएको उनले एसियन समाचारलाई जानकारी दिए ।

स्वदेशको पुँजी र युवा वाहिर पनि नजाओस, गरिब विद्यार्थिहरुले पनि पढ्न पाउन हामी त्यसैका लागि संघर्षरत छौं उनको भनाई छ ।