• Saturday 21st , January 2017 | शनिबार, माघ ८, २०७३

नेपालमा वर्ग संघर्ष र माअाेवादी


आयुश खड्का,
नेपालमा वर्गसंघर्ष ,विद्रोह र क्रान्ति पटकपटक भैरह्यो तर स्वतन्त्रता र परिवर्तनको खातिर नेपाली जनताले न्याय , मुक्ति र समानता पाएनन् । लामो समयदेखि नेपालमा राष्ट्रियता र स्वाभिमानको आवाज उठ्यो तर विडम्बना भन्नुपर्छ, शासकहरुले स्वाभिमानको आवाज बुलन्द गर्ने अग्रगामी विचार बोकेका नौजवान युवाहरुलार्इ दमन गर्ने,गिरफ्तार गर्ने, धड्पकड गर्ने र झुठो मुद्दा लगाइ जेल हाल्ने जन विरोधी हर्कत कायमै छ।

नेपालमा शान्ति सुरक्षा र जनतालाई सहयोगिको भूमिका निभाउदै सुशासन कायम गरि अघि बढ्नुपर्ने प्रहरी प्रशासकहरु दलाल तथा लम्पसार नेताहरूले जे भन्यो त्यही मान्दै जनतामाथि बर्बरतापुर्ण दमनमा उत्रदा लाग्छ यिनीहरुले पनि नेपालमा युद्ध चाहन्छन् र जनतालार्इ जबर्जस्त युद्धमा धकेल्न चाहेको स्पष्ट हुन्छ। नेपालका शासकहरुको के कुरा गर्ने नेपाललार्इ नै बेच्न तयार छन् ।अंगिकृत (भारतीय )लाई राज्य सत्ताको सर्वोच्च पदमा पुर्याउने गरि कथित संविधानलाई  संशाेधन गर्ने काङ्ग्रेस र केन्द्र माओवादीको खेल दलालीको पराकाष्ठा हो । यो आज सम्मकै उच्च राष्ट्रघात हो । पटकपटक भारतीय हस्तक्षेप तीब्र भैरहँदा नेपालका काला धनवालाहरु, नवसामन्तहरु उनैको जय जयकार गर्दै राष्ट्रिय अस्मिताहरु खुरुखुरु सुम्पिदै छन् ।

राष्ट्रघात,जनघात र भ्रष्टाचारले देस अपांग भएको छ । चौतर्फी रुपमा अराजकता र मनपरी तन्त्र मौलाएको छ । यी र यस्ता खाले गम्भीर प्रकृतिको विषयले देश र जनता आक्रान्त भएका छन् ।अबको निकास के हो त ? कस्ले लड्छ स्वाभिमानको लँडार्इ यहाँ प्रश्न आउन सक्छ । माक्र्सवादी दर्शन र सिद्धान्तलाई आत्मसात गर्दै आधारभूत द्वन्द्वात्मक भौतिकवादमा रुपान्तरण गर्नका लागि नेपालमा एकीकृत जनक्रान्तिमा होमिनुको विकल्प छैन। नेपालको राजनीतिमा एउटा त्यो मात्र शक्ति छ जस्ले सहि विचार ,सहि कार्यदिशा बोकेको छ।सहि नेतृत्व र कार्यकर्ता निर्माण गरेको छ।त्यो भनेको ने.क.पा.(माओवादी )हो।त्येसैले अब यो देशमा भएको अन्योल ,विकृति र विशङ्गतिको विरुद्ध लड्नुको विकल्प छैन।

हो, हामिले धेरै संघर्ष गर्याैं, विरोधका विभिन्न कार्यक्रम गर्याैं,शान्तिपूर्ण जुलुस तथा धर्ना गर्याै नेपाल बन्दसम्मको आन्दोलनको कार्यक्रम गर्याैं तर नेपालका दलाल शासकहरुले नव सामन्तहरुले टेरिरहेको छैन। यस्तो अवस्थामा पार्टीले गम्भीर कदम चाल्न जरुरी छ । सधैभरिको नेता कार्यकर्ता गिरफ्तारी ,धरपकड र दलालहरुको यातना सहेर यहि तरिकाले अघि बढिरहनु गलत हुन्छ । विरोधको राजनीतिले अब अगाडि बढ्न गाह्रो छ। तसर्थ अब बन्दुकको आडमा जन दमन गर्नेलाइ बन्दुकनै प्रयोग गरौं । इँटको जवाफ पत्थरले दिन नसके पार्टीले छलाङ मार्न सक्दैन । यतिबेलाको आवश्यकता भनेकै बल प्रयोग हो। न्याय ,मुक्ति र स्वतन्त्रताको लागि शसत्र विद्रोह र क्रान्ति नै तत्कालिन समयको माग हो । लेखक ने.क.पा.(माओवादी )मलेसियाका प्रवक्ता हुन् ।

Loading...