• Tuesday 23rd , May 2017 | मङ्लबार, जेष्ठ ९, २०७४

२२ वर्षीया शिक्षिकासँग १४ वर्षे विद्यार्थी भागेपछी !

नयाँ दिल्ली- भारतको बरेलीस्थिती एक १४ वर्षीय विद्यार्थी गत बिहिबार २२ वर्षीया शिक्षिकासँग भागेका छन् । घरबाट ८ हजार रुपैयाँ र केही गहना चोरर ती छात्र घरबाट भागेका थिए । आफ्नो छोरा विद्यालयको मालिककी छोरीसँग भागेपछि छात्रका बालकले शिक्षिकाको परिवारविरुद्ध मुद्दा दर्ता गरेको छ ।

छात्रका बुवा रामवीरले भने, ‘मेरो छोरा घरबाट पैसा र गहना लिएर शिक्षिकासँग भागेका छन् । शिक्षिकाको क्यारेक्टर राम्रो छैन । उनले मेरो छोरालाई यो अपराधका लागि उक्साइन् ,’ एक नीजि संस्थामा काम गर्ने रामवीरले भने, ‘म छोराको खोजीमा यता उता कुदिरहेको छु । ऊ निकै कलिलो छ । यस्तो कदम उठाउन उसले हिम्मत जुटाउनै सक्दैन ।’

रामवीरले आज पुलिसमा मुद्दा दर्ता गरेका हुन् ।यसैबिच शिक्षिकाको परिवारले पनि पुलिसमा मुद्दा दर्ता गर्दै छात्रको परिवारले यो पूरा घटनालाई आफैंले बुनेको बताए । एसपी यमुना प्रसादले भने, ‘यो निकै अचम्मको घटना हो ।

शिक्षिकाको परिवारले छात्रलाई अपहरणको आरोप लगाएको छ । हामीले बालकविरुद्ध मुद्दा दर्ता गरेका छौं । सरसर्ती हेर्दा यस्तो लाग्दैन तर दुबै कुनै सम्बन्धमा रहेको र उनीहरु एकैसाथ भागेको सम्भावना प्रबल छ ।’