• Sunday 23rd , April 2017 | आइतवार, बैशाख १०, २०७४

लिखित सहमतिपश्चात कलेजमा लगाइएकाे ताला खुल्याे

काठमाडाैं,  कलेज अफ बायाेमेडीकल इन्जिनियरिङ एण्ड इप्लाइड साइन्सकाे प्रिन्सिपलकाे कार्यालयमा लागेकाे ताला खाेलिएकाे छ । पुस २८ गते विप्लव माअाेवादी निकट क्रान्तिकारी विद्यार्थी संगठनले कलेजले भर्ना शूल्कमा अत्याधिक वृद्धि गरेकाे विराेधमा प्रिन्सिपलकाे काेठामा ताला लगाएका थिए । २०७२ सालमा अाफ्नाे संगठनसंग भएका १० बुंदे सहमतीकाे बेवास्ता गर्दै कलेजले एकैचाेटी भर्ना शूल्कमा भारी (९२,७७० रूपैंया) वृद्धि गरेकाे थियाे ।

बढेकाे शूल्क तत्कालका लागि स्थगन गरि यसै शैक्षिक सत्रदेखि ‘विश्वविद्यालय शूल्क निर्धारण समिति’ले ताेके बमाेजिमकाे शूल्क लागु गर्ने, विगत (२०७२) मा भएका सबै (१० बुंदे ) सहमती अक्षरसः पालना गर्ने लगायतका ३ बुंदे सहमतीपश्चात ६ दिनदेखि प्रिन्सिपलकाे काेठामा लागेकाे ताला खाेलिएकाे नेकपा माअाेवादी निकट अखिल क्रान्तिकारी सिबिर्इएएस अध्यक्ष रामचन्द्र पुरीले जानकारी दिए  ।