• Friday 24th , February 2017 | शुक्रबार, फाल्गुन १३, २०७३

अरुण काबेली पावर लिमिटेडकाे सेयर बाँडफाँड, हेर्नुहाेस् कसलार्इ कति पर्याे ?

काठमाडौं, अरुण काबेली पावर लिमिटेडले मंगलवार सेयर बाँडफाँट भएको छ । कम्पनीले तीन सय ५० कित्तासम्म हाल्नेलाई गोलाप्रथाबाट छनौट गरेको छ भने त्यसभन्दामाथि ५० हजारसम्मका लागि २.६७ प्रतिशतको दरमा र ५० हजारभन्दामाथी सबैलाई १.९७ प्रतिशतको दरमा समानुपातिक रुपमा सेयर वितरण गरिएको छ ।

३० लाख कित्ता (३० करोड रुपैयाँ)को सेयर जारी गरिएकोमा ४३ गुणा (१२ अर्ब रुपैयाँ)को आवेदन परेको थियो । हाल कम्पनीमा १ लाख ६५ हजार सर्वसाधारणले लगानीकर्ताको रुपमा प्रवेश पाएका छन् । कम्पनीको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको थियो ।