• Saturday 21st , January 2017 | शनिबार, माघ ८, २०७३

अाज २१ डिसेम्बर अर्थात् वर्षकाे सबैभन्दा छाेंटाे दिन

एजेन्सी, विज्ञानका अनुसार पृथ्वीले अाफ्नाे कक्षमा घुम्ने क्रममा २३. ५ डिग्रीमा पर्ने भएकाले दिनमा यस्ताे अन्तर अाएकाे हाे । अब पृथ्वी उत्तरायण हुन्छ । वर्षका ४ दिन विशेष महत्वपूर्ण हुन्छन् । यी दिनबाट समयकाे गणना गर्न सजिलाे हुन्छ । अाजबाट दिन लामाे हुने क्रम सुरू हुन्छ र याे क्रम अबकाे ६ महिनासम्म चल्दछ ।

२१ मार्च रात र दिन बराबर हुने समय हाे भने २१ जुन वर्षकाे सबैभन्दा लामाे दिन हाे । त्यसपछि दिन छाेंटिन सुरू हुन्छ तेस्तै २१ सेक्टेम्बरका दिन पुनःरात र दिन बराबर हुन्छ ।

याे समयमा पृथ्वीकाे दक्षिणी गाेलार्धमा दिन लामाे हुँदै जान्छ । यस समयमा सुर्य देवता मकर राशीमा रहने विश्वास गरिन्छ । पृथ्वीकाे उत्तरी गाेलार्धमा सुर्यकाे कारण जाडाे माैसम सुरू हुन्छ ।अार्यभट्ट प्रेक्षण विज्ञान शाेध संस्थान (एरिज) का वैज्ञानिकका अनुसार पृथ्वी अाफ्रनाे कक्षमा झुक्ने र सुर्यकाे भ्रमणका कारण दिन-रातकाे प्रक्रिया चलिरहन्छ ।

Loading...