• Sunday 23rd , April 2017 | आइतवार, बैशाख १०, २०७४

विप्लव माओवादीका भातृसंगठनको उपत्यका वन्द, कार्यकर्ता पक्राउ

काठमाडौं,   विप्लव नेतृत्वको (नेकपा माओवादी)का भातृ संगठनहरुले आज उपत्यका बन्द आह्वान गरेका छन् ।

पार्टीको सहायक संगठन राष्ट्रिय युवा जनस्वयंसेवक, विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तीकारी र मजदुर संगठन अखिल नेपाल टे«ड युनियन संगठनले पेट्रोलिय पदार्थको मुल्यवृद्धि विरुद्ध संयुक्त रुपमा वन्द आह्वान गरेका हुन् ।

वन्दको कारण खुलाउन र प्रदर्शन गर्न विहानै सडकमा उत्रिएका अखिल क्रान्तीकारीका ५ जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।

संगठनका केन्द्रीय सचिब रामबहादुर विश्वकर्मा, उपत्यका संयोजक लोकेश विश्वकर्मा, केन्द्रीय सचिवालय सदस्य केशव सञ्ज्याल, कृष्ण सेवा र प्रज्ज्वल शाही रत्नपार्कबाट पक्राउ परेको अध्यक्ष पूर्णबहादुर सिंहले जानकारी दिए । शान्तीपूर्ण वन्द र प्रदर्शनमा कार्यकर्ता पक्राउ गरेकोमा भत्र्सना गर्दै अध्यक्ष सिंहले गिरफ्तार कार्यकर्ता यथाशिघ्र रिहाइको माग गरेका छन् ।

त्यसैगरि राष्ट्रिय युवा जनस्वयंसेवकका अध्यक्ष झकबहादुर मल्लले अन्तराष्ट्रिय बजारमा मुल्य घट्दा ५० प्रतिशत घटाउने र बढ्दा दुई गुणा वढाउने माफियागिरी अन्त्य गर्नुको साँटो सरकारले वल प्रयोगलाई प्राथमिकता दिएकोमा आपत्ति जनाए ।

त्यसैगरि विहानै पक्राउ परेका अखिल क्रान्तीकारीका सचिव रामबहादुर विक ले आफ्नो स्टाटसमा एकथरीलाई प्रहरी प्रशासनले टायर वाल्न र सडकमा यात्रुलाई रक्ताम्य हुनेगरि कुट्पिट्मा सहयोग गर्ने र अर्कोथरीको शान्तीपूर्ण वन्दमा धरपकड र गिरफ्तारी गर्ने राज्य कसैको पैतृक सम्पत्ति र विर्ता हो ? भन्दै प्रश्न गरेका छन् ।

उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर मा वन्दको प्रभाव परेको छ । स्कुल कलेजहरु पूर्ण रुपमा ठप्प छन् । सडकमा सवारी साधनहरु चलेका छैनन् ।