• Sunday 23rd , April 2017 | आइतवार, बैशाख १०, २०७४

निरन्तर अाेरालाे लाग्दै सुनकाे मूल्य

काठमाडाैं, गत केही समयदेखि निरन्तर अाेरालाे लागेकाे सुनकाे मूल्य आज बिहीबार पुनः घटेकाे छ । अघिल्लाे दिनकाे तुलनामा बिहिबार सुनकाे मूल्य प्रतिताेला २ सयले सस्तिएको छ ।

बुधबार प्रतितोला ५२ हजार रुपैंयामा काराेबार भएकाेमा बिहिबार ५१ हजार ८ सय रुपैंया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य पनि बिहिबार प्रतितोला ५ रुपैयाँले घटेर ७ सय ५५ रुपैयाँ कायम भएको छ।

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले गत साता मात्रै व्याजदर बढाएपछि सुनको मूल्य बढ्न सकेको छैन। व्याजदर बढ्ने चर्चासँगै सुनको मूल्य बढ्न थालेको थियो। अर्कोतर्फ अमेरिकी अर्थतन्त्रकासूचकहरु सुधारिँदै गर्दा पनि सुनको मूल्य ओरालो लागेको हो।