• Friday 24th , March 2017 | शुक्रबार, चैत्र ११, २०७३

भोलिदेखि पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद सुरु हुँदै

The official logo of the 7th National Games scheduled to be held in the Eastern Development Region from November 23-30. Photo: NSC

काठमाडौं, भोलिदेखि पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद सुरु हुँदैछ ।एक सातासम्म चल्ने सो प्रतियोगितामा विभिन्न ३५ खेलमा  एक हजार ३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।जसमध्ये २९४ स्वर्ण, २९४ रजत र ४४७ कास्य  रहेका छन् । सो प्रतिस्पर्धामा तीन हजार ९७२ जना खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताबारे जानकारी दिँदै युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले प्रतिभावान खेलाडीको खोजीमा सातौं राष्ट्रिय खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

उनले सन् २०१९ मा नेपालमा हुने सार्क खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी छनोट गर्नमा पनि यो प्रतियोगिता उपयोगी हुने बताए ।

एक भव्य समारोहबीच विराटनगरको सहिद रङ्गशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतियोगितामा सहभागी हुन खेलाडी र प्रशिक्षकलगायत विराटनगर आउनेक्रम जारी रहेको र सबै तयारी पूरा भइसकेको आयोजक समितिले जनाएको छ ।