• Sunday 23rd , April 2017 | आइतवार, बैशाख १०, २०७४

देश डुब्न थाल्यो, दलहरू जनतामाथि घात गर्दैछन्: पुर्व सहायक रथी बस्न्यात

काठमाडौँ- नेपालको स्वाभिमान र अस्तित्व बचाउने महेन्द्र राष्ट्रवादलाई गालीगलौजको रुपमा पहिलो प्रयोग गर्ने ब्यक्ति जवाहरलाल नेरु र इन्दिरा गान्धी हुन । अनि नेरु -इन्दिरा गान्धीको भाषा प्रयोग गर्ने नेपालको नेतृत्व तहको ब्यक्तिहरु या बुद्धिजीवीहरु कसको लागि काम गर्दैछन भनेर अब भनि रहनु आबश्यक छैन।  सबै प्रष्ट प्रमाणित भैसक्यो ।

शान्ति सेना सम्बन्धि भारतीय प्रस्ताब नेपाली सेनालाई आत्महत्या गर्न बाध्य बनाउने अचुक उपाय हो ।  नेपाल सेना र भारतिय सेना बीचको मानार्थ प्रधानसेनापति हुने प्रथा सम्मानको प्रथा होइन नेपाली सेनालाई दास बनाउने प्रथा हो अब यसलाई अन्त्य गर्नु पर्छ ।

पुर्व सहायक रथी प्रो. प्रेमसिंह बस्न्यातले शब्दमा आगोको गोला निकाल्दै बोलेका छन , बस्न्यात नै पहिलो ब्यक्ति हुन भारतले नेपाली सेनालाई आफ्नु नेतृत्वमा लिन दक्षीण एशियाली शान्ति सेनाको प्रस्ताब ल्याएको भन्दै सार्वजनिक भण्डाफोर गर्ने तर सुन्ने कसले यहाँ ।

भिडियोमा हेर्नुहोस