• Saturday 29th , April 2017 | शनिबार, बैशाख १६, २०७४

पूर्वाञ्चलमा सञ्चालित आजको खेल

इटहरी,पूर्वाञ्चलमा सञ्चालित सातौं राष्ट्रिय खेलकुदअन्र्तगत शनिबार भएको भलिबल खेलमा पुरुषतर्फ ३ वटा खेल भएको थियो । पुर्वाञ्चल र मध्यमाञ्चलबीच भएको पहिलो खेलमा मध्यमाञ्चल विजयी भएको छ । त्यस्तै नेपाल पुलिस र सुदुरपश्चिमाञ्चलबीच भएको दोस्रो खेलमा नेपाल पुलिसले विजयी हात पारेको छ ।त्यस्तैगरि पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलबीच भएको तेस्रो खेलमा पश्चिमाञ्चल विजयी भएको छ भने अन्तिम खेलमा आर्मी क्लबलाईै हराउँदै एपिएफ वीजयी भएको छ ।

आज भएको महिलातर्फको भलिबल प्रतियोगिताको पहिलो खेलमा पूर्वाञ्चललाई हराउँदै आर्मी क्लब विजयी भएको छ । त्यस्तै दोस्रो खेल एपिएफ र मध्यमाञ्चलबीच भएको थियो जसमा एपिएफ विजयी भएको छ भने तेस्रो खेल पश्चिमाञ्चल र मध्यमाञ्चलबीच भएको मा मध्यमाञ्चललाई हराउँदै पश्चिमाञ्चल विजेता बनेको छ ।त्यस्तै अन्तिम खेल नेपाल प्रहरी र सुदुरपश्चिमाञ्चलबीच भएकोमा नेपाल प्रहरी विजेता बनेको छ ।

आजै भएको तेक्वान्दो खेलमा पुरुषको ५४ केजी समूहमा नेपाली सेनाका ताराप्रसाद माझी पहिलो,मध्यमाञ्चलका कपिल थापा दोस्रो,गणेश चौधरी र एपिएफका चन्द«बहादुर मगर तेस्रो भएका छन् ।

त्यस्तै महिलातर्फ ४९ केजी समूहमा यम कुमारी चौलागाईै प्रथम,रेजिना ठाकुर दोस्रो,कोपिला बोहोरा र अस्मिता कुँवर तेस्रो भएका छन् ।त्यस्तै महिलातर्फ ४६ केजी समूहमा नेपाल प्रहरीका रेजिना कार्की प्रथम,नेपाली सेनाकी काजोल श्रेष्ठ दोस्रो भएकी छन् भने पश्चिमाञ्चलकी सरिता श्रेष्ठ र एपिएफकी संगिता श्रेष्ठ तेस्रो भएका इटहरीबाट एसियन समाचारका संवाददाता मीना दनुवारले जानकारी गराइन् ।