• Wednesday 18th , January 2017 | बुधबार, माघ ५, २०७३

भुटानमाथि नेपालको गोल बर्षा, ५ शून्यको अग्रता

काठमाडौं- आजदेखि सुरु भएको चोथौ महिला साफ च्याम्पियनसीप फुटबलमा नेपाल अहिले भुटानसँग भिडिरहेको छ । खेलको ३५ मिनेटभित्रै नेपालले ५ शून्यको अग्रता बनाएको छ ।

कञ्चनजंघा रंगशालामा भइरहेको खेलमा नेपालका लागि खेलको पाँचौं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै टिमलाई अग्रता दिलाईन् ।

भण्डारीले अहिलेसम्म एक्लैले चार गोल गरिसकेकी छिन् । अर्काे एक गोल शर्मिला थापाले गरिन् । नेपालले समूह चरणका अन्य खेलमा आगामी बुधबार माल्दिभ्स र शुक्रबार श्रीलंकासँग प्रतिष्पर्धा गर्नेछ ।

Loading...