• Wednesday 18th , January 2017 | बुधबार, माघ ५, २०७३

‘संसदीय व्यवस्था ल्याउनेलार्इ जुत्ताको माला लगाएर घुमाउनु पर्छ’- विप्लव

काठमाडौं, १२४ औ माओ दिवसको सन्दर्भमा ‘महान् अक्टोवर क्रान्तिको एक शताव्दी र सर्वहारा क्रान्तिको उज्ज्वल भविष्य’ विषयक गोष्ठीमा बोल्दै नेकपा (माओवादी)का महासचिव नेत्र विक्रम चन्द विप्लवले संसदीय व्यवस्था ल्याउनेलार्इ जुत्ताको माला लगाएर घुमाउनु पर्ने बताएका छन् । माओ दिवसमा उनको स्मरण गर्दै प्रज्ञा भवनमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले अक्टोबर क्रान्ति सर्बहाराबर्गको राज्यसत्ता स्थापना भएको र दुनियाँ बदलेको इतिहासको अद्भुत परिघटनाको रूपमा हामीसामु जिवन्त रहेको प्रसङ्ग समेत उल्ल्लेख गरे ।

विप्लवले अक्टोबर क्रान्तिले मार्क्सवादको समाजवादी वैज्ञानिक दृस्टिकोणलार्इ व्यवहारिक कार्यान्वयन गर्ने बताए । यस क्रममा उनले लेनिनले ‘क्रान्ति एउटै देशमा सम्भव छ, अहिले सम्भव छ र रुसमा सम्भव छ’ भन्ने कुराको पुष्टि गरेर देखाएको प्रसङ्ग समेत जोडेका थिए ।उनले माओवादी नेपालको गौरव भएको र सबै मओवादीलाई एउटै डालोमा राख्नु नहुने धारणा व्यक्त गरे ।

लँडार्इको जीत हार दृस्टिकोणमा भर पर्ने भन्दै उनले रसियामा ढलेको समाजवादलाई फेरि निरन्तरता दिनु पर्छ बताए । “आफै भित्रबाट हामी हारेका छौं,प्रचण्ड बबुरामले हामीलार्इ हराए ” भन्दै उनीहरूप्रति आक्रोश समेत व्यक्त गरे । पूँजीवादमा चरम संकट भएको तर क्रान्ति नभएको उनले बताए ।

रोल्पा पुगेर ‘एमाले संसदमा आएन’ भन्न प्रचण्डले लाज मान्नु पर्ने उल्लेख गर्दै संसदीय व्यवस्था ल्याउनेलार्इ जुत्ताको माला लगाएर घुमाइदिउँ जस्तो लाग्ने बताए । माओवादीका पूर्व लँडाकुको प्रसङ्ग कोट्याउँदै उनले कसैका कुरा नसुनेर पुरानो शासन फर्केपछी रन्थनिएका माओवादी कार्यकर्ता रक्सिको बोतलको साहारा लिन पुगेको प्रसङ्ग जोड्दै अब उनीहरू चाँडै बीयर र रक्सिका बोतल छोडेर हतियार बोक्न तयार हुने विश्वास व्यक्त गरे ।

Loading...