• Thursday 30th , March 2017 | बिहिबार, चैत्र १७, २०७३

तेक्वान्दो प्रतियोगितामा नेपाली सेनाका सागर गुभाजु प्रथम

इटहरी- सातौँ राष्ट्रिय खेलकुद अन्र्तगत सुनसरीको इटहरी रंगशालामा भएको तेक्वान्दो प्रतियोगितामा पुरुषतर्फ ५८ केजीमा नेपाली सेनाका सागर गुभाजु प्रथम भै स्वर्ण जितेका छन्  । साथै पुरुष तर्फको ५० केजी तौलमा सेनाकै सक्षम कार्की प्रथम भएका छन् ।

त्यस्तै महिला तर्फ भएको ६७ केजी तौलमा नेपाली सेनाकी प्रतिक्षा भण्डारी प्रथम भएकी छिन  भने ७३ केजी तौलमा पनि नेपाली सेनाकि निशा रावल प्रथम भएकी छिन  । बिजेताहरुलाई सचिव केशव विष्टले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए  ।