• Saturday 25th , February 2017 | शनिबार, फाल्गुन १४, २०७३

महिला साफमा नेपाल अाज माल्दिभ्ससँग भिंड्दै

काठमाडाैं, भारतको सिलगुडीमा जारी चौथो महिला साफ च्याम्पियपनसिपमा शानदार सुरुवात गरेको नेपालले दोस्रो खेलमा बुधबार नेपालले माल्दिभ्ससँग खेल्दैछ । माल्दिभ्सलाई पनि पराजित गरेर सेमिफाइनल नजिक पुग्ने दाउमा रहेको छ । नेपाल र माल्दिभ्सबीचको खेल बुधबार नेपाली समयअनुसार साँझ ७ बजेबाट सुरु हुनेछ ।

सात राष्ट्र सहभागी प्रतियोगिताको अर्को समूहमा भारत, अफ्गानिस्तान र बंगलादेश रहेका छन् । सन् २०१० बाट सुरु भएको साफ महिला च्याम्पियनसिपमा यसअघिका तीन वटै संस्करणको फाइनलमा नेपाललाई भारतले हराएको थियो ।

समुह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा भुटानलाई ८–० गोल अन्तरमा पराजित गरेको थियो । साथै पहिलो खेलमा जित हात पारेको माल्दिभ्सले पनि श्रीलंकालाई ५–२ गोलअन्तरले हराएको थियो ।