• Thursday 30th , March 2017 | बिहिबार, चैत्र १७, २०७३

त्रि वि द्वारा साढे नौ हजार विद्यार्थी दिक्षित


काठमाडौं, त्रिभुवन विश्वविद्यालय द्वारा आयोजित ४२ औं दिक्षान्त समारोह बाट यस वर्ष नौ हजार चार सय छत्तीस विध्यार्थि दिक्षित भएका छन ।

ललितपुरको पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आयोजित एक समारोहमा त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले ती विध्यार्थिहरुलाइ दिक्षित गरे ।

दिक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले त्री वि ले गुणस्तरिय शिक्षा मार्फत सक्षम जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्रीले सवै वर्ग र समुदायका लागि सर्वशुलभ र रोजगारमुलक शिक्षा आजको आवस्यकता भएको समेत उल्लेख गरे ।

दिक्षान्त समारोहका प्रमुख अतिथी वरिष्ठ सस्कृतिविद डा सत्यमोहन जोशीले त्री वि ले पश्चिमा मुलुकवाट सिकेर भएपनी विध्यार्थिहरुलाइ रोजगारमुलक शिक्षा दिनुपर्ने बताए ।

सोही समारोहमा बोल्दै त्री वि का सहकुलपती एवं शिक्षा मन्त्री धनिराम पौडेलले नेपालको ८०५ शैक्षिक जनशक्ती त्री वि ले उत्पादन गर्ने गरेको भए पनि उत्पादित जनशक्तिको व्यवस्थापन गर्न नसकिएको स्विकार गरेका थिए । कार्यक्रममा त्री वि का उपकुलपति डा। तिर्थ खनीया , रजिस्ट्रार , रेक्टर लगाएतको उपस्थिति रहेको थियो ।