• Wednesday 18th , January 2017 | बुधबार, माघ ५, २०७३

रक्तसञ्चार सेवा भवनका लागि स्वास्थ्य मन्त्रालयले ‘कम्पोनेन्ट मेसिन’ दिने

झापा, झापाको बिर्तामोडमा निर्माण भएको रक्तसञ्चार सेवा भवनका लागि स्वास्थ्य मन्त्रालयले पचास लाख मूल्य वरावरको कम्पोनेन्ट मेसिन (रगत वर्गीकरण गर्ने उपकरण) प्रदान गर्ने भएको छ ।

रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालका अनुसार मन्त्रीस्तरीय निर्णयबाट उक्त उपकरण रक्तसञ्चार सेवालाई प्रदान गर्ने निर्णय भएको र नेपाल रेडक्रस सोसाइटीसंग सम्झौता समेत भइसकेको छ । मेसिन पुस महिनाभित्रै आइपुग्ने सभापति ढकालले जानकारी दिए ।

यसैबीच स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले बिर्तामोडस्थित रक्तसञ्चार सेवा भवनको निरिक्षण गरेका छन् । निरिक्षणका क्रममा उनले मानिसको जीवनसँग जोडिएको रगत आपूर्तिको सेवालाई प्रभावकारी बनाउन जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै कम्पोनेन्ट मेसिन जतिसक्दो छिटो पठाउने बताए ।

कम्पोनेन्ट मेसिनले रगतमा रहेको आरबीसी, डब्लुबीसी, प्लाज्मा, प्लेटलेट जस्ता तत्व छुट्याउने र जसलाई जुन तत्व आवश्यक छ त्यही मात्र दिन सकिने नेपाल रेडक्रस सोसाइटी बिर्तामोडका सभापति सजेश शिवाकोटीले बताए ।

Loading...