• Thursday 30th , March 2017 | बिहिबार, चैत्र १७, २०७३

नानी ! त्यो कुण्ठा थियो कि प्यास ?

दुई दिनको सह यात्रापछि उनलाई घरछेउको वजारमा छोडेर म काठमाडौं हान्निइ सकेको थिएं । २४ घण्टापछि नै उनले रातिको त्यस्तै ८ वजेको हुँदो हो फोन गरिन् । छुट्टिदाँ उनले मुख बंग्याएर झोक्किदैं मलाई फर्केर पनि नहेरी बाटो लागेकी थिइन् । फेरि भेटेर फकाउनु पर्ला ! भन्ने सोचेर मन नमिठो पार्दै म पनि फर्केको थिएं । केही दिन फोन गर्दिनन् होला भन्ने लागिरहेको अवस्थामा यो फोन आएको थियो ।

फोनमा उनले लगभग रुन्चे स्वरमा भनिन् ‘म त यहाँ बस्न नसक्ने भएं । दुई दिन कहाँ गएकी थिइस् ? राति कहाँ र कोसंग बसिस् ? भनेर परिवारलगायत छिमेककाले समेत सोधेर र्याखर्याखती पारेका छन् । म अब के गरौ ?’

यस्तो होला भन्ने मैले एकमनले पनि साचेको थिइन । मेरो सात्तोपुत्लो गयो, शरीर पसिनाले निथ्रक्कै भिजेको पत्तै भएनछ । जवाफ दिनै नसकेर फोन काटें । भन्नु पनि के ? मेरो कुनै जवाफ थिएन ।

उनी भर्खर ११ कक्षा पढदै गरेकी १७ वर्षीया कोपिला म ४० नाघेको दुई-तीन छोराछोरीको बाउ । गाउँघरमा राम्रै कामले चिनिएको थिएं । मलाई चरित्रको आक्षेप कसैले कल्पना पनि गर्न सक्दैनथें । रातभरी सुत्न सकिन, निद्रा त कता हरायो कता । ‘यो कुराको हल्ला चल्यो भने मैले कसरी समाजमा मुख देखाउने होला ! लौ समाजलाई एउटा जवाफ दिउँला तर, श्रीमती र छोराछोरीलाई के भन्नु ! ८० नाघेकी आमाको के प्रतिक्रिया होला यो सुन्दा !’ यस्तै ..यस्तै सोचेर निद्रा हरायो ।

धन्न त्यस्तो केही अनिष्ट भएन् । त्यही फोनपछि के भयो भनेर न मैले उनलाई फोन गरें न त उनले नै सम्पर्क गरिन् । केही दिन फोन नआएपछि र उनले मुख नखोलेको बुझेर म ढुक्क भएं । आखिर भएको पनि त केही थिएन !

एउटा गोष्ठीमा भाग लिन चितवन गएको मैले कार्यक्रम सकिनुअघिल्लो रात उनलाई फोन गरेको थिएं । कहिलेकाँही भेट भएकी ती किशोरी मसंग निक्कै नजिकिएकाले मैलै फोन गर्ने आँट गरेको थिएं । मैले फोनमा भनेको एकएक कुरा अहिले पनि याद छ । मैले भनेको थिएं ‘म चितवनमा छु । भोली मनकामना जाने विचार छ । के तिमी पनि जान्छौं ? वाइक छ, आउँछौं भने पर्खन्छु ।’ चितवन आउन उनलाई दुई सय किलोमिटरको पूर्वपश्चिमको राजमार्गको बाटो काट्नु पर्थ्यो । मैले उनलाई जिस्क्याएको मात्र थिएं ।

तर, मेरो अपेक्षा विपरित उनले त उल्टो सकारात्मक जवाफ पो दिइन् । उनले भनिन् ‘ आउन त आउँथे, मसंग पैसा छैन । अहिले रात परिसक्यो भोली विहानै हिड्नु पर्छ । कसरी सकिएला ?’ विद्यार्थी केटी घरको अवस्था पनि त्यति राम्रो नभएको कसरी हुन्थ्यो र पैसा । मैले ढाढस् दिदै भने ‘अहिले कसैसंग सापट मागेर आउँ यहाँ आएपछि म दिउँला नी !’ उनले जवाफ फर्काइन् ‘कोशिस गर्छु ।’ मैले उनलाई उक्साउँदै भनें ‘तिमीलाई गाउँघरमा कति पत्याउदा रैछन् ? म पनि हेर्छु । आँटिली भएर आउने भयौ भने बस चढेंपछि मलाई सम्पर्क गर्नु ।’
मैले विश्वास चै गरेको थिइन् । जिस्किएकी होली कहिले काँही साच्चै हो भन्ने गरी जिस्किन्थी मैले यस्तै ठानेको थिएं । ‘मलाई र आफूलाई पनि हेरेकी होली नि ! जोरीपारी मिल्दो भए पो ! मसंग विहे गर्न नै त नसोच्नु पर्ने ! त्यसमा मैले पटकपटक भनेकै हुँ, म त पाए नरमाइलो गर्न पछि नहट्ने नपाए त्यसलाई भाउ दिने होइन । अहिले मैले फोन गरेकै भरमा आउनु भनेको त उसले बुझेरै आउने हो । कसरी आउँली !’

तर, सोंच विपरित उसले विहान ७ वजे फोन गरिन् म होटलको ओछ्यानमै थिएं । उनले भनिन् ‘म त बस चढे नि ।’ मैले विस्वास गरिनँ, भने ‘साच्चै ? मलाई कुराउन मात्र भनेको हो भने त फेरि…।’ उनले भनिन् ‘हो क्या साच्चै ।’

नभन्दै बसमा मान्छेहरूको कल्याङमल्याङको आवाज पनि आयो । मलाई विस्वास भयो उनी आउँदै छिन् । मैले फेरि उनलाई भने ‘ ए केटी ! कत्रो मुटु छ ? केही डर लागेन !’ उनले भनिन् ‘के को डर तपाई भएपछि ।’

म मुग्लिनमा पर्खने कुरा गरें । उनले हुन्छ भनिन् । नभन्दै उनी साढे १२ वजे मुग्लिन झरेकी थिइन् । अनि हामीले खाना खायौं र वाइकमा मनकामना हुइकियौं । केवलकारमा पारी मन्दिरमा पुगेर फर्कदा झण्डै साँझ पर्न लागेको थियो । अलमल नगरी वाइकमा फर्कियौं । हेटौंडा पुग्दा झमक्कै रात पर्यो । विपरित दिशाबाट आएका गाडिको लाइटले बाटो देखिन मुस्किल हुन्थ्यो । घर पुग्न अझै लगभग डेढ सय किलोमिटर राजमार्ग भए पनि अब जंगलै जंगल ।

मैले चाहेको पनि यही थियो र भने ‘अब म सक्दिन । उताबाट आएका गाडीको लाइटले बाटो देखिदैन । अर्को आँखामा किराले हान्छ । मर्नु हुँदैन आज यही होटलमा बस्ने भोली विहानै जाउँला ।’ उनले स्वीकृती दिइन् । नदिउन् पनि कसरी ।

होटलको कोठा सानै भए पनि दुइटा वेड थिए र टिभी थियो । उनी एउटामा बसिन् म एउटामा । ढोका बन्द गरेपछि मैले उनलाई अँगाले उनले मेरो हात हटाइन् । यस्तो क्रम केही पटक चल्यो अनि उनै हारिन र हात हटाउन छाडिन् । उनले सुत्ने इच्छा गरिन् । म पनि संगै सुत्न खोजे उनले मलाई धकेलिन ।

मैले जवर्जस्ती संगै सुतेर उनलाई अँगाल्न चाहे । उनले आपत्ति जनाउँदै भनिन् ‘ अब म चिच्याउँछु ।’ त्यसपछि म रिसाएजस्तो गरी आफ्नै खाटमा आएर विपरित दिशा तर्फ फर्केर सुतें । धेरैवेर निद्रा लागेन सोचें ‘मैले मात्र त्यस्तो सोचको हो ? उसले मलाई अभिभावक नै ठानेकी हो ? नहोस पनि कसरी म उसको बाबुको उमेरको उ भर्खरकी कोपिला ।’

विहान उठेर होटलको विल तिरेर बाटो लागियो । उनको घर नजिकैको वजारमा पुगेपछि मैले भने ‘ल अब जाउ । संगै रात विताए पनि सहि सलामत ल्याइदिएको छु ।’

मेरो यस्तो कुरा भूईमा झर्न नपाउँदै उनले मलाई तीन छक्क पार्दै साच्चै झोक्किएर ब्यंग गरेकोजस्तो मुख वंग्याउदै भनिन् ‘मलाई माया गरेको हो कि सानो देखेर हेपेको मलाई थाहा छ । एउटा केटी संगै रात विताउन तयार हुँदा के बुझ्यौ ? नामर्द !’

  • यदुनाथ