• Thursday 30th , March 2017 | बिहिबार, चैत्र १७, २०७३

नेपालमै खुल्यो चीनियाँ अस्पताल, यस्ता छन् उपचार पद्धति

काठमाडौं – चीनका राष्ट्रपति सि जीन पीङले अगाडि सारेको ‘वान बेल्ट वान रोड’को एजेन्डालाई साकार पार्न विभिन्न खालका योजना अगाडि सारिएको छ । भौतिक पूर्वाधारको विकास सँगसँगै शिक्षा स्वास्थ्य तथा आर्थिक समृद्धिको क्षेत्रमा समेत सो नारा सम्बन्धित छ ।

त्यसो त चीन विश्वमै प्राकृतिक उपचारको क्षेत्रमा कहलाएको मुलुक हो । चिनको परम्परागत उपचार पद्दतीलाई आज संसारले अनुकरण गरिरहेको छ । रासायनीक औषधीका कारण मानव स्वास्थ्यमा नकारात्मक असर परेको भन्दै चीनले प्रकृतिलाई मानवसँग जोडेर उपचार पद्दतीको विकास गरेको छ ।

आज चिनको अकुपन्चर, अकुप्रेसर बायो इलेक्ट्रिक थेरापी जस्ता उपचार पद्दतिले विश्व समुदायको ध्यान खिचिरहेको बेला त्यसलाई नेपालमा पनि विस्तार गर्ने लक्ष्यका साथ ‘चाइना हस्पिटल’ स्थापना गरिएको छ । नागरिकलाई सरल र सहज रुपमा सेवा दिने लक्ष्यका साथ स्थापित सो अस्पतालले विभिन्न स्थानमा मानवोचित सेवा प्रदान गरिरहेको छ ।

चिनियाँ पद्दतीको उपचार भित्र्याउने श्रेय चिनियाँ विद्धान डा. ज्या छिन हाईलाई जान्छ । उनले नै नेपालमा चाइना अस्पताल स्थापना गरेर नेपाली जनतालाई चिनियाँ उपचार पद्दति सिकाउन लागिपरेका हुन् ।

पछिल्लो पटक अस्पतालले सुन्दरीजलमा रहेको आश्रय समूहमा त्यस प्रकारको उपचार गरेको अस्पतालकी म्यानेजर सजना रिमाल बताउँछिन् । चिनमा प्रचलित उपचार पद्दतिको विज्ञतालाई नेपालमा प्रचार गर्ने र त्यसबाट लाभ लिने लक्ष्य नै आफूहरुको रहेको रिमालको भनाइ छ ।

नशा च्यापिएको, हड्डी खिएको, सबै प्कारका दुख्ने, पोल्ने पाइल्स, फिस्टुला जस्ता रोगको उपचार पनि प्राकृतिक तवरले नै गरिने चिनियाँ पद्दति रहेको छ । चिनियाँ विज्ञ वाङ सि खः र रङ रेनको स्वयमसेवक टोलीले आश्रय समूहमा रहेको ड्रक्स एडिकहरुलाई पहिलो चरणमा उपचार गरेको थियो । समूहका सञ्चालनक छिरिङ शेर्पा चिनियाँ पद्दतिबाट उपचार पाएर आफूसँग रहेका बिरामी तथा ड्रक्स एडिकहरुलाई उल्लेख्य मात्रामा फाइदा भएको बताउँछन् ।

काठमाडौँका गल्ली गल्लीमा अकुपन्चर सेवा दिने भन्दै खोलिएका स्वास्थ्य केन्द्र तथा उपचार केन्द्रहरुले दिने सेवा देखावटी मात्रै भएको रिमालको भनाइ छ । ‘हामी वास्तविक रुपमा नै चिनियाँ पद्दतिको उपचार गराउँछौ’ चिन सरकारले नेपालमा विशिष्ठ प्रकारको उपचार केन्द्र स्थापना गर्ने वचन समेत आफूलाई दिएको उनको भनाइ छ ।

चिनियाँ उपचार पद्दतिमा कुनै पनि प्रकारको पेन किलरको प्रयोग गरिदैन, भने कुनै शल्यक्रिया पनि गरिदैन । दुख्ने तथा पोल्ने रोगको उपचार मसाजबाटै ठिक गर्न सकिन्छ । आयुर्वेद उपचार प्रणालीलाई नै आफूले विशेष जोड दिएको रिमाल बताउँछिन् ।

अस्पतालमा स्वयमसेवा गरिरहेका चिनियाँ विज्ञ रङ रेन भन्छन् ‘‘ नेपालमा आएर आफूले जानेको ज्ञान सिप बाड्न पाउँदा आफूलाई खुसी लागेको छ । नेपालका जनता उपचार पद्दतिप्रति अत्यन्तै सचेत छन् । हामी नेपाली नागरिकलाई सहज रुपमा आफूले जानको उपचार प्रणाली सिकाउन आएका हौ ।’’

‘डिडिएस टेक्निकल एक्सपर्टिजलाई नै हामीले विशेष ध्यान दिएका छौ,’ चिनियाँ विज्ञ वाङ सिले भने । डा. ज्या छिङ हाईका मित्र समेत रहेका वाङले नेपाली जनतालाई सेवा गर्न पाउँदा आफूलाई असाध्यै खुसी लागेको बताए । एक हजार ६०० वर्ष पहिले भिक्षु थाङ सङले नेपालबाट बौद्ध धर्म चिनमा लगेर प्रचार गरेको स्मरण गर्दै सिले भने हामी अहिले चिनियाँ उपचार नेपालमा ल्याएर प्रचार गर्ने र नेपाललाई गुन लगाउने पक्षमा रहेको बताए ।

चिन सरकारले प्राकृतिक उपचार पद्दतिबाट उपचार गराउने जनशक्ति तयार पार्ने लक्ष्यका साथ पहिलो वर्ष ४० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति समेत दिएको छ ।