• Thursday 30th , March 2017 | बिहिबार, चैत्र १७, २०७३

सेमिफाइनलमा नेपाल भारतसँग भिड्दै,भारतीय प्रशिक्षक भन्छन्-‘यो हाम्रा लागि फाइनल सरह हो’

काठमाण्डौं- भारतको सिलगुढीमा जारी चौथो महिला साफ च्याम्पियनसिपमा नेपालले भोली सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

समूह बि को अन्तिम खेलमा हिजो भारत र बंगलादेशले गोल रहित बराबरी खेलेपछि नेपालले भारतको सामना गर्नुपर्ने भएको हो ।
नेपाल श्रीलंकालाई हराउँदै समुह ए को विजेता बन्दै सेमिफाइनल पुगेको थियो भने बंगालादेशससंग गोलरहित बराबरी खेलेको भारत समुह बीको उपविजेता बनेको थियो ।

भोलीको खेलमा जित निकाल्न सके नेपालले यस पटकको महिला साफ च्याम्पियशिपको उपाधि सहजै उचाल्ने अनुमान गरिएको छ ।
यसअघि नेपाल तीनपटकसम्म भारतसंगै फाइनलमा हार्दै आएको छ । नेपाल समुह चरणका खेलमा भुटान, मलेसिया र श्रीलंकालाई भारी गोल अन्तरले हराउँदै सेमिफाइनल पुगेको हो ।

भारतीय प्रशिक्षक भन्छन्- ‘नेपाली टिम निक्कै बलियो र हाम्रो कठिन प्रतिद्वन्द्वी हो’

थो साफ महिला च्याम्पियनसीप अन्तर्गत नेपालबिरुद्धको सेमिफाइनल खेलअघि भारतीय महिला टोलीका मूख्य प्रशिक्षक साजिद दारले नेपालबिरुद्धको अघिल्लो प्रदर्शनलाई गहिरिएर हेर्नुको तुक नहुने बताएका छन् ।

यसअघि दक्षिण एशियाली खेलकुद अन्तर्गत स्वर्णका लागि भएको प्रतिस्पर्धामा नेपाल भारतसँग ४-० ले पराजित भएको प्रशंग आएपछि साजिदले इतिहासलाई नकार्दै भनेका छन् कि, ‘यस प्रतियोगिताको लागि नेपालले पर्याप्त तयारी गरेको छ ।’

उनले भनेका छन, ‘यसमा कुनै शंका छैन कि नेपाल प्रतियोगितामा सहभागी टिमहरुको तुलनामा सबैभन्दा बलियो छ । साफका लागि उनीहरु पूर्ण रुपमा तयार छन् । नेपाल निक्कै बलियो टिम हो र हमेसा हाम्रो कठिन प्रतिद्वन्द्वी हो ।

मैले सुनेको छु कि नेपाली टोलीले प्रतियोगिताका लागि २ महिनादेखि तयारी गरेका छन् । दुई महिना एकै ठाउँमा रहनु र प्रशिक्षण गर्नुले उनीहरु कति बलियो छन् बुझ्न सकिन्छ । यसबीचमा नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेलेको थियो र त्यहाँ पनि उनीहरु उत्कृष्ट देखिएका थिए । हामीले उनीहरुलाई उच्च स्तरको मानेका छौं ।’