• Tuesday 23rd , May 2017 | मङ्लबार, जेष्ठ ९, २०७४

भारतसँग पराजित भएसँगै नेपाल सेमीफाइनलबाट बाहिरियो

काठमाडौं,  महिला साफ च्याम्पियनसिप अन्तर्गतको सेमी फाइनल खेल नेपाल भारतसँग पराजित भएको छ । नेपाल तीन गोलले पराजित हुँदै खेलबाट बाहिरिएको छ।

यसअघि नेपालले श्रीलंकालाई १–०, माल्दिभ्सलाई ९–० र भुटानलाई ८–० गोल अन्तरले पराजित गरेको थियो। समूह विजेता बन्दै सेमी फाइनल पुगेको नेपालका लागि सावित्रा भण्डारीले उत्कृष्ठ प्रदर्शन गरेकी थिइन्।

पहिलो हाफको अन्त्यतिर कमलादेवीले गोल गर्दै भारलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । दोस्रो हाफमा पनि नेपाल संहालिन सकेन । ५८औं मिनेटमा इन्दुमतीले गोल गर्दै भारतलाई दुई गोलको अग्रता दिलाइन् ।

नेपालले ७५औं मिनेटमा पेनाल्टीको अवसर पाएकाे थियाे । उक्त अवसरलाई स्टार स्ट्राइकर सावित्रा भण्डारीले गोल गर्दै गोलअन्तर कम गर्न सफल भइन् । तर ८४औं मिनेटमा भारतले तेस्रो गोल गर्‍यो । कर्नरबाट प्राप्त बललाई स्ट्राइकर सस्मिता मलिकले गोलमा परिणत गरेकी हुन् ।

यसअघिका तीनै संस्करणमा भारतसँग फाइनलमा पराजित भएको नेपालले एक बर्षअघि साग गेम्सको स्वर्णका लागि भएको स्पर्धामा पनि भारतसँगै पराजय ब्यहोरेको थियो । यसपटकको प्रतियोगितामा सेमिफाइनलमै भारत प्रतिद्धन्दी पाएको नेपालले इतिहास परिवर्तन गर्न सकेन र भारतसँग पुनः निरिह भयो ।आत्मघाती गोलमार्फत् श्रीलंकालाई पराजित गरेपनि अरु दुई देशविरुद्ध शानदार जित हासिल गरेको थियो।