• Thursday 23rd , March 2017 | बिहिबार, चैत्र १०, २०७३

काम गरेकाे तलब माग्दा कामदारले पाए साउदीमा जेल सजाय

एजेन्सी, साउदी अरबमा बैदेशिक रेजगारीका लागि गएका कामदामरहरू बिना अपराध साउदी अरवकाे जेलमा सजाय भाेग्न बाध्य छन् । जेलका साथसाथै उनीहरूलार्इ काेरा हान्ने सजाय समेत सुनाइएकाे छ । उनीहरूले अाफूले  गरेकाे कामकाे पारिश्रमिक माग्दा नपाएपछि विराेध प्रदर्शन गरेका थिए । केही दिन पहिले साउदीमा विदेशी कामदार अाफ्नाे तलबकाे विषयलार्इ लिएर प्रदर्शन समेत गरेका थिए । यसै सिलशिलामा अहिलेसम्म ४९ जना सजायकाे भागीदार बनीसकेका छन् । साउदी अरबकाे पत्रिका ‘अरव न्यूज’का अनुसार यी कुन-कुन देशका नागरिक हुन् भन्नेबारेमा भने केही बताइएकाे छैन ।

साउदी अरवका विदेशी दुताबासका अधिकारीहरूलार्इ समेत यसका बारेमा केही जानकारी दिइएकाे छैन । उनीहरूलार्इ सार्वजनिक सम्पत्ती नाेक्सान गर्ने तथा हाेहल्ला मच्चाएकाे अराेप लगाएइकाे छ ।मक्का अदालतले कसैलार्इ डेढदेखि ४ महिनासम्मका लागि जेल सजाय ताेकेकाे छ भने कसैलार्इ ३०० काेरा हान्ने सजाय सुनाएकाे छ ।सजाय पाउने अधिकांश कामदार निर्माण क्षेत्रमा काम गर्ने कामदार छन् ।

सञ्चारमाध्यमका अनुसार साउदी अरवमा गतवर्ष भएकाे पेट्रेलियम पदार्थकाे मूल्यमा अाएकाे गिरावटका कारण धेरै कम्पनीहरू घाटामा गएकाे हुँदा कामदारहरूलार्इ समयमा तलब खुवाउन सकेका छैनन् । तलब नपाएर अक्रेशित कामदारहरूले मक्काकाे एक कम्पनीका केही बसहरू जलाएका थिए ।अधिकारीहरूले यस घटनाकाे बारेमा पुष्टि गरेका थिए तर घटनाका बारेमा थप केही जानकारी भने दिएका छैनन् । त्यसपछि कम्पनीहरूले अफ्ना मजदुरहरूलार्इ केही रकम दिएका थिए तर अाफ्नाे सम्पूर्ण पारिश्रमिक नपाएपछि कामदारहरू अन्देलनमा उत्रिएका थिए ।