• Tuesday 23rd , May 2017 | मङ्लबार, जेष्ठ ९, २०७४

खेलकाे भावनालार्इ बढाउने खालकाे फिल्म भन्दै ‘दंगल’ लार्इ दिल्लीमा कर रहित बनाइयाे


एजेन्सी,
अमिर खानद्वारा अभिनित चलचित्र ‘दंगल’ उत्तर प्रदेश,हिरयाणा तथा छत्तिसगढमा कर रहित भएपछि दिल्लीमा पनि कर रहित भएकाे छ । दिल्लीका डेपुटी सि.एम मनिष सिसाेदियाले ट्विटबाट यसकाे जानकारी दिएका थिए । मनिष सिसाेदियाले ट्विटमा भनेका छन् की- “दंगल फिल्म दिल्लीका सबै सिनेमाघरहरूमा कर रहित भएकाे अादेश दिइएकाे छ । अामिर खानकाे फिल्म ‘दंगल’ खेलकाे भावनालार्इ बढाउने खालकाे एक प्रेरणादायी फिल्म हाे ।”

उत्तर प्रदेश सरकारले यस फिल्मलार्इ यसअघि नै ट्याक्स फ्री गरिदिएकाे थियाे । यसका साथै हरियाणाका पहलमान महाविर सिंह फाेगाट तथा उनका छाेरीहरूकाे जीवनीमा अाधारित फिल्म ‘दंगल’ लार्इ हरियाणा तथा छत्तिसगढमा पनि ट्याक्स फ्री भैसकेकाे थियाे ।

अामिर खानद्वारा अभिनित चलचित्र ‘दंगल”ले बक्स अफिसमा अत्याधिक कमाइ गरेकाे छ । फिल्मकाे विश्वव्यापी संकलन ५२५ कराेडभन्दा बढी भैसकेकाे छ भने भारतमा मात्र ३८० कराेड रूपैंया कमाएकाे व्यापार विश्लेषक तरण अादर्शले ट्विटकार्फत जानकारी दिएका छन् । अष्ट्रेलियामा मात्र ‘दंगल’ले करिब ११ कराेड कमाएकाे भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।